Pairabi logo

कात्तिक ०८, २०८३, शनिबार                    

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

डेक्स

डेक्स

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम
ADVERTISEMENT

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा प्रारम्भिक बालविकास शिक्षकहरूका लागि तीनदिने शैक्षिक सामग्री निर्माण तालिम दिइएको छ । 

तालिमको मुख्य उद्देश्य प्रारम्भिक बालविकास केन्द्र तथा विद्यालयहरूमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा सहज रूपमा उपलब्ध स्रोत–साधनहरूको प्रयोग गरी कम लागतमा बालमैत्री, सिर्जनशील तथा सिकाइमैत्री शैक्षिक सामग्री निर्माण र प्रभावकारी प्रयोग गर्ने सीप विकास गर्नु रहेको थियो। साथै, बालबालिकाको सर्वाङ्गीण विकासलाई टेवा पुग्ने गरी स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोचक, सहभागितामूलक तथा गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूलाई उत्प्रेरित गर्नु पनि तालिमको प्रमुख उद्देश्य रहेको थियो।

तालिममा मधुवन नगरपालिकाका विभिन्न विद्यालय तथा प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत १६ जना ईसीडी शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले बालकेन्द्रित शिक्षण विधि, उमेरअनुकूल सिकाइ क्रियाकलाप, कक्षा व्यवस्थापन, बाल मनोविज्ञान तथा स्थानीय स्रोत–साधनको प्रयोग गरी शैक्षिक सामग्री निर्माण सम्बन्धी ज्ञान र व्यवहारिक सीप हासिल गरेका थिए।

तालिमका क्रममा शिक्षकहरूले काठ, कागज, कपडा, बीउबिजन, बोतल, डोरी लगायत स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग गरी वर्णमाला, संख्या, आकार, रङ पहिचान, भाषा विकास, सामाजिक तथा भावनात्मक विकास, शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने विविध शैक्षिक सामग्री निर्माण गरेका थिए। निर्माण गरिएका सामग्रीहरू प्रत्यक्ष रूपमा कक्षाकोठामा प्रयोग गर्न सकिने गरी तयार गरिएको थियो।

तालिमको सहजीकरण प्रशिक्षक हसना चौधरी ले गर्नुभएको थियो। उहाँले सहभागितामूलक तथा व्यवहारिक अभ्यासमार्फत शिक्षकहरूलाई बालमैत्री सिकाइ सामग्री निर्माण, प्रयोग तथा व्यवस्थापनका विविध पक्षबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। अधिकांश सत्रहरू व्यवहारिक अभ्यासमा आधारित भएकाले सहभागीहरूले सिकाइसँगै प्रत्यक्ष अनुभवसमेत प्राप्त गरेका थिए।

तालिमको समापन कार्यक्रम मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाट को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, बाँके युनेस्को क्लबका उप–कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने, परियोजना संयोजक ईश्वर बिके, लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सावित्रा भाटले गर्नुभएको थियो।

समापन समारोहमा परियोजना संयोजक ईश्वर बिके ले परियोजनाको उद्देश्य तथा गतिविधिबारे जानकारी गराउँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा रूपान्तरण गरी बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो। उहाँले गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षाको प्रवर्द्धनमा शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नवप्रवर्तनशील र बालमैत्री अभ्यासहरूको अवलम्बन आवश्यक रहेको बताउनुभयो।

बाँके युनेस्को क्लबका उप–कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने ले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै बालबालिकाका लागि सिर्जनशील, सुरक्षित र सिकाइमैत्री वातावरण निर्माण गर्न शिक्षकहरूलाई प्रेरित गर्नुभयो। उहाँले प्रारम्भिक बालविकास शिक्षा नै बालबालिकाको उज्ज्वल भविष्य निर्माणको आधार भएकाले यस क्षेत्रमा लगानी र प्रतिबद्धता अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल ले बालबालिकाको सर्वाङ्गीण विकासमा प्रारम्भिक बालविकास शिक्षाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शिक्षकहरूलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले मधुवन नगरपालिकाले ईसीडी शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक सहयोग, समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापन समारोहका अध्यक्ष तथा मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाट ले बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको यस पहलको प्रशंसा गर्दै प्रारम्भिक बालविकास क्षेत्रमा गरिएको लगानी नै भविष्यमा सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक निर्माणको आधार हुने बताउनुभयो। उहाँले स्थानीय स्रोत–साधनको अधिकतम प्रयोगमार्फत बालमैत्री तथा नवप्रवर्तनशील सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूलाई आग्रह गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक तथा प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले स्थानीय सामग्री प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्ने सीप, दक्षता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै आगामी दिनमा प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा ईसीडी केन्द्रहरूमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए। साथै, यस्ता क्षमता विकासमूलक कार्यक्रम सञ्चालन गरेकोमा आयोजक संस्था, प्रशिक्षक तथा सहयोगी निकायहरूप्रति आभार व्यक्त गरेका थिए।

तीन दिनसम्म सञ्चालन भएको उक्त तालिम गुणस्तरीय, समावेशी, बालमैत्री तथा दिगो प्रारम्भिक बालविकास शिक्षाको प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतासहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

ताजा

सबै

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…