Pairabi logo

कात्तिक १०, २०८३, सोमबार                    

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल

डेक्स

डेक्स

राप्तीसोनारीको सञ्चार नीतिको मस्यौदामाथि छलफल
ADVERTISEMENT

नेपालगन्ज, १२ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको सञ्चार नीतिको मस्यौदामाथि नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिसँग छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा आज छलफल गरिएको हो । 

राप्तीसोनारी गाउँपालिकाले नेपाल पत्रकार महासंघलाई सञ्चार नीति निर्माणको जिम्मा दिएको छ । त्यही अनुसार आज कार्यसमितिमा छलफल गरिएको महासंघ बाँकेका अध्यक्ष गिरीले बताउनुभयो । महासंघले अध्यक्ष गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । 

समितिमा महासंघका सचिव कृष्ण ओली र पत्रकार प्रियास्मृति ढकाल सदस्य रहनुभएको छ । प्रारम्भिक मस्यौदामाथि कार्यसमितिमा छलफल गरिएपछि अब बाँकेका अग्रज पत्रकार र पालिकासँग छलफल गरिने अध्यक्ष गिरीले बताउनुभयो । स्थानीय मिडिया र मिडियाकर्मीको व्यवस्थापनका लागि संचार नीतिले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ । 

मस्यौदा समितिका सदस्य समेत रहेका पत्रकार प्रियास्मृति ढकालले मस्यौदा प्रस्तुत गर्नुभएको थियो । त्यसक्रममा सहभागिहरूले स्थानीय मिडिया र मिडियाकर्मीको संरक्षण मस्यौदाको प्राथमिकतामा पर्नुपर्ने बताए । 

छलफलमा महासंघ बाँकेका सचिव कृष्ण ओली, कार्यसमिति सदस्यहरू कृष्णराज अधिकारी, आशा विक, शम्भु थारू लगायतले सुझाव दिनुभएको थियो । सञ्चार नीतिको मस्यौदामा पत्रकारहरूको सुझावपछि कार्यपालिकासँग छलफल गरेर पालिकाले पारित गरी कार्यान्वयनमा आउनेछ ।

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…