Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डेक्स

डेक्स

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम
ADVERTISEMENT

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा  सुरक्षा  परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स” तालिम सकिएको छ ।

तालिममा २ दिन कन्टेन्ट क्रियसन तथा १ दिन  कृतिम बौद्धिकता ब्क्ष् सम्बन्धी सिकाइ र प्रयोगात्मक अभ्यास गरिएको थियो ।डिजिटल सञ्चार क्षमता, सिर्जनात्मक कथा प्रस्तुतिकरण, सामाजिक सञ्जालमार्फत सचेतनामूलक अभियान सञ्चालन, तथा उपकरणहरूको जिम्मेवार प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने  उद्देश्यले संचालित तालिमका प्रमुख विषयहरूमा डिजिटल कन्टेन्ट निर्माण, फोटोग्राफी तथा भिडियोग्राफी, स्क्रिप्ट लेखन, सामाजिक सञ्जाल व्यवस्थापन, प्रभावकारी सन्देश निर्माण, टुल्सको प्रयोगमार्फत कन्टेन्ट निर्माण, डिजिटल सेफगार्डिङ, तथा सामाजिक परिवर्तनका लागि प्रभावकारी कथा प्रस्तुतिकरण समावेश रहेका थिए ।

सहभागीहरूले व्यावहारिक अभ्यासमार्फत छोटा भिडियो, क्याप्सन, तथा जनचेतनामूलक सामग्री समेत तयार गरेका थिए । तालिममा युवा एम्बासडर तथा परियोजना कर्मचारी गरी ४० जनाको  सहभागीता रहेको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका प्रविधिका सल्लाहकार बिनोय दिल लामाले अहिलेको युग डिजिटल युग भयकाले समय संगै प्रबिधि मैत्री हुन जरुरि छ ,साथै युवाहरुले समुदायमा संदेश प्रबाह गर्न कन्टेन्ट क्रेसन मार्फत संदेश दिन जरुरि भयको,साथै प्रयोग गर्दा साबधानी अपनाउने कुरामा समेत जोड दिनुभयो।

तेसै गरि सस्थाका उप निर्देशक गोविन्द प्रसाद लामिछानेले समुदायमा मानब बेचबिखन रोकथाम तथा नियन्त्रण गर्न ,बाल बिवाह बिरुद्ध संदेश प्रवाह गर्न युवा दुतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकिले  शुभकामना सहित सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भयको थियो ।

कार्यक्रममा प्लान इन्टरनेसनल नेपाल का बिभुराज आचार्य, हसरत अली कसगर, ऋचा ज्ञवाली र  दुर्गा क्षेत्रीले सहजीकरण गर्नुभएको थियो भने समग्र व्यवस्थापन तथा समन्वय ईश्वर बिक र सबित्रा भाट र प्रमिसा थारुले गर्नुभएको थियो। तालिम पश्चात सहभागीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई बाल संरक्षण, मानव बेचबिखन विरुद्ध सचेतना, सुरक्षित आप्रवासन, लैंगिक समानता तथा सकारात्मक सामाजिक परिवर्तनका लागि जिम्मेवार रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…