Pairabi logo

असोज २६, २०८३, सोमबार                    

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

डेक्स

डेक्स

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु
ADVERTISEMENT

नेपालगन्ज, जेठ १ । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धि अभिमुखीकारण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको चार दिने तालिमको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले डिजिटल युगको प्रतिस्पर्धामा पत्रकारलाई अझ सक्षम, दक्ष र आत्मविश्वासी बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विष्टले नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघसंग सहकार्य र समन्वय गरेर पत्रकार कल्याणकारी कोषु स्थापना गर्न लागेको जानकारी समेत दिनुभयो ।

त्यसका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । अब हामी छिट्टै सुरुको मूलधन १५ लाख हुने गरी अक्षयकोष खडा गर्दैछौं, त्यसमा प्रत्येक वर्ष ५ लाख थप्दै जान्छौं, उहाँले भन्नुभयो(जेठ १५ गते गणतन्त्र दिवसको दिन हामी घोषणा गर्छौं । नगर प्रमुख विष्टले मिडिया प्रवर्द्धन कार्यक्रमलाई पनि व्यवस्थित बनाउन कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबदेखि आर्थिक वर्षको प्रारम्भदेखि नै कार्यान्वयनमा जाने बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले यस अघि नै संचार नीति भने बनाइसकेको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताउनुभयो । चौलागाईले पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै तालिमले सीप र आत्मविश्वास विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बाँके शाखा अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकासका लागि एआई तालिम आयोजना गरिएको बताउनुभयो । आज विश्व तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको छ । पत्रकारिता पनि अब परम्परागत सीमा भन्दा बाहिर पुगिसकेको छ, गिरीले भन्नुभयो समाचार लेखन, तथ्य जाँच, भिडियो सम्पादन, सामग्री निर्माण, अनुसन्धान तथा सूचनाको विश्लेषणसम्म ब्क्ष् को प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नु अत्यावश्यक बनेको छ, त्यसैले यो तालिमको महत्व छ ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, कार्यपालिका सदस्य वसन्त कनोजिया, वरिष्ठ प्रशासकीय अधिकृत कृष्ण प्रसाद जोशी, प्रशिक्षक जीवन भण्डारी, महासंघ बाँकेका पूर्व अध्यक्षहरु झलक गैरे, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी लगायतको उपस्थिति थियो । 

तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको सचिव कृष्ण ओलीले जानकारी दिनुभयो । तालिममा भण्डारी र उमंग निरौलाले सहजीकरण गर्ने ओलीले बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…