Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डिजिटल साक्षरताको आवश्यकता बढदो

डेक्स

डेक्स

डिजिटल साक्षरताको आवश्यकता बढदो
ADVERTISEMENT

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रमका सहभागीले बताएका छन । 

डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा नेपालगन्जमा सम्पन्न भएको ‘डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशालाका सहभागीले सूचना प्रविधीको विकाससंगै डिजिटल साक्षरताको आवश्यकता बढेको बताए । 

कार्यक्रमका सहभागीले अब हरेक मानिस इन्टरनेटको पहुँचमा रहेकाले विभिन्न विषयबस्तुबारेको सूचना प्राप्त गर्न र आफ्नो धारणा सार्वजनिक गर्न सामाजिक सञ्जालको प्रयोगलाई प्रभावकारी बनाउनुपर्ने जोड दिएका थिए । नागरिक सहभागितालाई डिजिटल प्लेटफर्ममार्फत विभिन्न सार्वजनिक सरोकारको विषयलाई पैरवी गर्नमा सहज हुने विश्वास लिइएको छ । 

समापन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोविन्द रेग्मीले युवाहरुलाई डिजिटल साक्षरताबारे क्षमता अभिबृद्धि भएपछि वडा कार्यालयका सूचना प्रबिधीका कार्यमा यी युवाहरुलाई प्रयोग गर्न मद्दत पुग्ने बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले सरकारी कामकारवाही पनि अब बढी डिजिटल फ्रेममा आउने भएकाले यहाँ उत्पादित जनशक्तिले सहयोग पुग्ने बताउनुभयो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले डिजिटल अधिकार तथा कानून बारे सचेत भई समुदायमा पैरबी गर्नुपर्नेमा जोड दिदै डिजिटल अभियन्ताको खाचो रहेको बताउनुभयो । 

तालिम पश्चात युवाहरुले डिजिटल प्लेटफर्ममा सार्वजनिक सरोकारका विषयबस्तु पहिचान गरी सामाजिक सञ्जाल तथा वेभसाइटमा प्रकाशन प्रशारण गर्नेछन भने डिजिटल च्यम्पियनको रुपमा तयार भई पैरवी गर्ने छन । तीनदिने तालिममा बाँकेका ३५ जना युवा युवतीहरुको सहभागिता रहेको थियो । 

कार्यशालामा संबैधानिक कानूनी अधिकार, आधारभुत डिजिटल साक्षरता, डिजिटल विभाजन, डिजिटल सुरक्षा, नागरिक प्रविधी उपकरण, वकालतका लागि सामाजिक सञ्जाल, विषयबस्तुको पहिचान तथा उत्पादन लगायतका विषयमा अधिबक्ता विश्वजित तिवारी, रामु वली, राम प्रसाद आचार्य र राकेशकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…