Pairabi logo

असोज २१, २०८३, बुधबार                    

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

डेक्स

डेक्स

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि
ADVERTISEMENT

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को उपाधि सुपरस्टार दोजाङ्ग जित्न सफल भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरस्थित सुपरस्टारले ६ गोल्ड, ३ रजत र ५ काश्य पदक जित्दै प्रतियोगितामा उपाधि जित्न सफल भएको हो । 

प्रतियोगितामा खजुरा गाउँपालिकास्थित जिगाउँ तेक्वान्दो द्धित्तीय स्थानमा चित्त बुझाएको छ । जिगाउँले प्रतियोगितामा ३ गोल्ड, ४ रजत र २ काश्य पदक जित्न सफल भएको हो । यस्तै प्रतियोगितामा कोहलपुरको पिपरीस्थित मदन नगर तेक्वान्दो तृतीय स्थान रहन सफल बन्यो । मदननगरले ३ गोल्ड र ३ रजत जितेको छ । 

यसैगरी प्रतियोगितामा पुरुषतर्फ इशाक परियार र महिलातर्फ सविता थारु बेस्ट प्लेयर बन्न सफल रहनुभयो । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगर, आयोजक आदर्श तेक्वान्दो दोजाङ्ग बाँकेका अध्यक्ष प्रकाश लामिछाने, जिल्ला खेलकुद विकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले प्रमाण पत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो । 

प्रतियोगितामा सहभागि २२ दोजाङ्गमध्ये शम्शेरगन्ज दोजाङ्गले २ गोल्ड, ३ रजत र ५ काश्य, धम्बोझीले ३ गोल्ड र २ काश्य, लाइट दोजाङ्गले १ गोल्ड, भृकुटीले १ गोल्ड र आदर्शले १ गोल्ड जितेको सहआयोजक तेक्वान्दो दोजाङ्ग एण्ड स्पोर्टस क्लब नेपालगन्ज १७ का अध्यक्ष संजय कुम्हारले जानकारी दिनुभयो । 

लामो समयदेखि नेपालगन्जमा कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिता संचालनका लागि निजी क्षेत्रसंग सहकार्य गरिएको थियो । आयोजकका अनुसार प्रतियोगितामा तीन सय बढी खेलाडी सहभागी भएका थिए ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…