Pairabi logo

माघ १८, २०८२, शनिबार                    

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

डेक्स

डेक्स

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम
ADVERTISEMENT

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । 

तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । 

साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ । 

सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्खेतका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले अनुगमन भ्रमण गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले सहभागी युवतीहरूलाई उत्साह प्रदान गर्दै यो तालिम उनीहरूको व्यवसाय प्रवद्र्धन र प्रचार–प्रसारका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । 

तालिमको समापन सत्रमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर संजिता रिजालले सहजीकरण गर्नुभएको थियो । तालिमका सहभागीहरू पूजा कुस्मा थारु र अस्मिता कुमारी चौधरीले तालिमले हरित फोटो तथा भिडियोग्राफीसम्बन्धी आफ्नो ज्ञान र सीपमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । 

उहाँहरूले सिकेका सीपहरू डिजिटल प्लेटफर्ममार्फत आफ्नो व्यवसाय प्रवद्र्धन तथा विस्तारमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यसैगरी, तालिमका अधिकांश सहभागीहरूले सो अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा जनचेतना अभिवृद्धि गर्न हरित दृश्य सामग्री उत्पादन गर्ने र प्रमाणमा आधारित सामग्रीमार्फत स्थानीय सरोकारवालालाई संलग्न गराउने बताउनुभयो । 

सो तालिम सुमित घिसिङले प्रदान गर्नुभएको थियो भने परियोजना प्रमुख राधेकृष्ण थारुले परियोजनाका उद्देश्यबारे जानकारी गराउँदै सिकेका सीपको अधिकतम उपयोग गर्न अनुरोध गर्नुभयो । तलिमको व्यवस्थापनमा क्लबका फिल्ड सुपरभाइजरहरू संजिता रिजाल र कञ्चन दहितले सहयोग पु¥याउनुभएको थियो ।

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन…

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति २० वटा संघसंस्थाको विरोध

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति २० वटा संघसंस्थाको विरोध

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति विभिन्न २० वटा संघसंस्थाहरूले विरोध जनाए…

भुकम्प पुर्व तयारी बारे नेपालगन्जका विद्यालयमा कृतिम घटना अभ्यास

भुकम्प पुर्व तयारी बारे नेपालगन्जका विद्यालयमा कृतिम घटना अभ्यास

नेपालगन्ज ९ फागुन । विपद् न्युनीकरणका लागि भूकम्प पुर्वतयारी बारे कृत्रिम घटना अभ्यास …

बर्दियाका शिक्षकलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

बर्दियाका शिक्षकलाई एकिकृत शैक्षिक सुचना तथा ब्यवस्थापन प्रणाली तालिम

बर्दिया, ५ फागुन । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उदेश्…