Pairabi logo

असोज २६, २०८३, सोमबार                    

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

डेक्स

डेक्स

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम
ADVERTISEMENT

बर्दिया, पुस ६ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । 

तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । 

साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ । 

सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्खेतका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले अनुगमन भ्रमण गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले सहभागी युवतीहरूलाई उत्साह प्रदान गर्दै यो तालिम उनीहरूको व्यवसाय प्रवद्र्धन र प्रचार–प्रसारका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । 

तालिमको समापन सत्रमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर संजिता रिजालले सहजीकरण गर्नुभएको थियो । तालिमका सहभागीहरू पूजा कुस्मा थारु र अस्मिता कुमारी चौधरीले तालिमले हरित फोटो तथा भिडियोग्राफीसम्बन्धी आफ्नो ज्ञान र सीपमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । 

उहाँहरूले सिकेका सीपहरू डिजिटल प्लेटफर्ममार्फत आफ्नो व्यवसाय प्रवद्र्धन तथा विस्तारमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यसैगरी, तालिमका अधिकांश सहभागीहरूले सो अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा जनचेतना अभिवृद्धि गर्न हरित दृश्य सामग्री उत्पादन गर्ने र प्रमाणमा आधारित सामग्रीमार्फत स्थानीय सरोकारवालालाई संलग्न गराउने बताउनुभयो । 

सो तालिम सुमित घिसिङले प्रदान गर्नुभएको थियो भने परियोजना प्रमुख राधेकृष्ण थारुले परियोजनाका उद्देश्यबारे जानकारी गराउँदै सिकेका सीपको अधिकतम उपयोग गर्न अनुरोध गर्नुभयो । तलिमको व्यवस्थापनमा क्लबका फिल्ड सुपरभाइजरहरू संजिता रिजाल र कञ्चन दहितले सहयोग पु¥याउनुभएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…