Pairabi logo

असोज २१, २०८३, बुधबार                    

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

डेक्स

डेक्स

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं
ADVERTISEMENT

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा  नेपालगन्ज यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगन्ज र इन्टीग्रेटेड एकेडेमी खजुरा सैनिक विच हुनेछ । 

दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगन्जबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता भदौं २१ देखि २७ गते सम्म चल्नेछ । प्रतियोगितालाई बाँके जिल्ला स्तरीय यु–१४ छनोट फुटबलको रुपमा लिइएको छ । प्रतियोगिताको विजेता टिमले प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो । 

बाँके जिल्ला फुटबल संघको आयोजना र अखिल नेपाल फुटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिता स्वः खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानिया, प्रियान्स आचार्य र साइमन  योन्जनको स्मृतिमा आयोजना हुन लागेको हो । गत वर्ष असोज महिनामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा गएको पहिरोमा परी एन्फा एकेडेमीमा रहेका ६ जना खेलाडीको मृत्यु भएको थियो । प्रतियोगितामा छात्र तर्फ १७ विद्यालयको सहभागिता रहेको छ भने छात्रा तर्फ खेल तालिका केहि दिन पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताको  सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला महिला फुटबल समिति अध्यक्ष नितु  चन्द शाहले बताउनु भयो । विद्यालय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनु भयो । संयोजक चन्दले भन्नु भयो,‘यो प्रतियोगिता नयाँ खेलाडीहरुको लागि महत्वपुर्ण छ । विद्यालय स्तरबाटै नयाँ खेलाडी उत्पादन हुन्छ । हामीले विद्यालय स्तरबाट प्रतिभा छनोट गर्ने, उनीहरुको प्रदर्शनलाई निर्खान सहयोग पुगोस भन्ने हाम्रो लक्ष्य रहेको छ ।’

प्रतियोगिताले बाँके जिल्लाको फुटबलको स्तर वृद्धिमा पनि सहयोग गर्ने उहाँले बताउनु भयो । प्रतियोगिताको छात्र तर्फ समुह ‘ए’ मा वेस्टजोन मावि, इन्ट्रीग्रेटेड, नेपालगन्ज मोडेल एकेडेमी, सिद्धार्थ विद्यासदन, मैटहवा मावि सैनिक, ग्रीनपिस मावि, मनकामना मावि, ब्राइटल्याण्ड स्कुल रहेका छन् । समुह ‘बी’ मा सेन्ट थोमस, युनाइटेड एजुकेशनल, दिप ज्योती, होलिल्याण्ड, नेपालगन्ज  सेन्ट जेभियर्स, बालज्योती, गुराँस चाल्डहुड, कोहलपुर बागेश्वरी, शिखा एकेडेमी रहेका छन् । 

विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’ 
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…