Pairabi logo

असोज २१, २०८३, बुधबार                    

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक

डेक्स

डेक्स

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक
ADVERTISEMENT

नेपालगञ्ज, २३ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक ‘टि–शर्ट’ आज नेपालगञ्जमा सार्वजनिक गरिएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा भारत र नेपालका गरी आठ टीमको सहभागिता रहने जनाइएको छ । 

नेपालगञ्जमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले टि–शर्ट सार्वजनिक गर्नुभएको हो । कार्यत्रममा मन्त्री अग्रवाललाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सार्वजनिक गरिएको टि—शर्ट प्रदान गर्नुभएको थियो । 

त्यस अवसरमा मन्त्री अग्रवालले नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबलले खेलाडीको सहभागिता बढाउन ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

नेपालगञ्जमा खेलकुदको विकासका लागि सम्बद्ध पक्षको भूमिका सशक्त बन्न नसकेको उल्लेख गर्दै उहाँले सरकारले पनि बोल्नेकै कुरा सुन्छ, तसर्थ नगरिकस्तरवाट बोल्न सक्नुपर्छ भन्नुभयो । 

फुटबललगायत समग्र खेलकुदको विकासका लागि आपनो तहवाट आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत जनाउदै मन्त्री अग्रवालले भन्नुभयो—‘मैले एक्लैले गरेर मात्र हुँदैन्, यसमा सबैको सामूहिक प्रयास हुनुपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके जिल्ला अध्यक्ष नवीन गिरी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द र नेपलागञ्जका पूर्व उपमेयर उमाथापा मगरले लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सफल बनाउन सबै पक्षवाट सक्दो सहयोग हुनु जरुरी छ भन्नुभयो । 

अन्तरालका प्रमुख कार्यकारी शाहको अध्यक्षतामा भएको टि—शर्ट सार्वजनिक कार्यक्रममा फुटबल प्रशिक्षक, खेल पदाधिकारी, पत्रकार, कानुन व्यवसायीलगायत नेपालगञ्जका लव्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । 
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…