Pairabi logo

पुस २३, २०८२, बुधबार                    

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक

डेक्स

डेक्स

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–शर्ट सार्वजनिक
ADVERTISEMENT

नेपालगञ्ज, २३ चैत । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको आधिकारिक ‘टि–शर्ट’ आज नेपालगञ्जमा सार्वजनिक गरिएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी बैशाख ५ गतेदेखि नेपालगञ्जमा लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा भारत र नेपालका गरी आठ टीमको सहभागिता रहने जनाइएको छ । 

नेपालगञ्जमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले टि–शर्ट सार्वजनिक गर्नुभएको हो । कार्यत्रममा मन्त्री अग्रवाललाई अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सार्वजनिक गरिएको टि—शर्ट प्रदान गर्नुभएको थियो । 

त्यस अवसरमा मन्त्री अग्रवालले नेपालगञ्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबलले खेलाडीको सहभागिता बढाउन ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । 

नेपालगञ्जमा खेलकुदको विकासका लागि सम्बद्ध पक्षको भूमिका सशक्त बन्न नसकेको उल्लेख गर्दै उहाँले सरकारले पनि बोल्नेकै कुरा सुन्छ, तसर्थ नगरिकस्तरवाट बोल्न सक्नुपर्छ भन्नुभयो । 

फुटबललगायत समग्र खेलकुदको विकासका लागि आपनो तहवाट आवश्यक पहल गर्ने प्रतिवद्धतासमेत जनाउदै मन्त्री अग्रवालले भन्नुभयो—‘मैले एक्लैले गरेर मात्र हुँदैन्, यसमा सबैको सामूहिक प्रयास हुनुपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके जिल्ला अध्यक्ष नवीन गिरी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्द र नेपलागञ्जका पूर्व उपमेयर उमाथापा मगरले लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सफल बनाउन सबै पक्षवाट सक्दो सहयोग हुनु जरुरी छ भन्नुभयो । 

अन्तरालका प्रमुख कार्यकारी शाहको अध्यक्षतामा भएको टि—शर्ट सार्वजनिक कार्यक्रममा फुटबल प्रशिक्षक, खेल पदाधिकारी, पत्रकार, कानुन व्यवसायीलगायत नेपालगञ्जका लव्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । 
 
ताजा

सबै

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

लोकप्रिय

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…