Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक स्वास्थ्य विवरण तयार गर्न सुरु

डेक्स

डेक्स

मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक स्वास्थ्य विवरण तयार गर्न सुरु
ADVERTISEMENT

नेपालगन्ज २१ चैत  ः लुम्विनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा मोबाइल (एप्लीकेशन)मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न थालेको छ । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको अभियान यसअघि लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा सुरु भैसकेको छ । 

एक कार्यक्रमका विच आज यहाँ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अभियानको शुभारम्भ गर्दै जटिल अवस्था र दुई वर्ष मुनिका बालबालिकाहरुको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने बताउनुभयो । 

मन्त्री सारुले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका बाँके, पाल्पा र अर्घाखाँचीमा मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न यो अभियान सुरु गरिएको बताउनुभयो । 

प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरीले सबैको समन्वय र सहकार्यबाट मातृ र शिशु मृत्युदर घटाउन सकिने बताउनुभयो । 

प्रदेशसभा सदस्य सन्जु कुमारी थारुले लुम्बिनी प्रदेशमा बढ्दो मातृ र शिशु मृत्युदर घटाउन संसदमा बहसको बिषय बनाइएको भन्दै स्वास्थ्य क्षेत्रको सुधारमा स्वमसेविकाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई प्रदेश सरकारले प्रोत्साहित गर्नु पर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य अम्बिका काफ््लेले मातृ तथा नवजात शिशु सुरक्षाका लागि यो अभियान उपयोगीपूर्ण हुने भन्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रबाहका लागि मन्त्रालयले गरेका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले किशोरीहरुमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) को पहुँच नपुगेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले बाँकेमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुग्ने भन्दै गर्भवती महिलाले नियमित चेकजाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर र बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बनेको औल्याउनुभयो । 

लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम संचालन मार्गनिर्देशन अनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियान अन्तर्गत अभियान सुरु गरिएको बताउनुभयो । 

अभियान शुभारम्भ कार्यक्रमको सहजीकरण गर्दै लुम्बिनी प्रदेशका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको बताउनुभयो । बाँकेमा १४ प्रतिशत गर्भवतीले गर्भ जाँच नगराउने र २७ प्रतिशत महिलाले सुत्केरी पश्चात गराउनु पर्ने जाँच समेत नगराउने गरेको पाइएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार प्रदेशमा ८० प्रतिशत महिलाहरुको मृत्यु सुत्केरी भए पश्चात् हुने गरेको तथ्यांक छ । पारिवारिक विवरण संकलनका लागि बाँकेका १ लाख २९ हजार ३०७ घरधुरीमा स्वास्थ्यकर्मी पुग्ने स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य निरिक्षक अंगदबहादुर शाहीले बताउनुभयो । 

यो अभियान अन्तर्गत गर्भवती महिलादेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत् जटिल अवस्थाका गर्भवती महिलादेखि खोपबाट बञ्चित बालबालिका र पोषणबृद्धि अवस्थाको अनुगमन गरिनेछ । नियमित सेवामा ल्याउनका लागि हरेक परिवार घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरुले पारिवारिक स्वास्थ्य विवरण तयार पार्न यो पाइलटिङ् कार्यक्रमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र बहादुर चौधरी, सम्पुर्ण स्थानीय तहको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर उप प्रमुख कमरुद्दिन राई, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा निराजन सुवेदी लगायतले आ–आफ्नो धारणा राख्नुभयो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…