Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक स्वास्थ्य विवरण तयार गर्न सुरु

डेक्स

डेक्स

मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा पारिवारिक स्वास्थ्य विवरण तयार गर्न सुरु
ADVERTISEMENT

नेपालगन्ज २१ चैत  ः लुम्विनी प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न बाँकेमा मोबाइल (एप्लीकेशन)मार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्न थालेको छ । महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको अभियान यसअघि लुम्बिनी प्रदेशका पाल्पा र अर्घाखाँचीमा सुरु भैसकेको छ । 

एक कार्यक्रमका विच आज यहाँ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अभियानको शुभारम्भ गर्दै जटिल अवस्था र दुई वर्ष मुनिका बालबालिकाहरुको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने बताउनुभयो । 

मन्त्री सारुले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिएर काम गर्दै आएको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका बाँके, पाल्पा र अर्घाखाँचीमा मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न यो अभियान सुरु गरिएको बताउनुभयो । 

प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरीले सबैको समन्वय र सहकार्यबाट मातृ र शिशु मृत्युदर घटाउन सकिने बताउनुभयो । 

प्रदेशसभा सदस्य सन्जु कुमारी थारुले लुम्बिनी प्रदेशमा बढ्दो मातृ र शिशु मृत्युदर घटाउन संसदमा बहसको बिषय बनाइएको भन्दै स्वास्थ्य क्षेत्रको सुधारमा स्वमसेविकाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई प्रदेश सरकारले प्रोत्साहित गर्नु पर्ने बताउनुभयो । 

प्रदेशसभा सदस्य अम्बिका काफ््लेले मातृ तथा नवजात शिशु सुरक्षाका लागि यो अभियान उपयोगीपूर्ण हुने भन्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रबाहका लागि मन्त्रालयले गरेका कार्यक्रमहरु प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले किशोरीहरुमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) को पहुँच नपुगेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठले बाँकेमा मातृ मृत्युदर र बाल मृत्युदर घटाउन यो अभियानले सघाउ पुग्ने भन्दै गर्भवती महिलाले नियमित चेकजाँच नगर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउने गरेकाले पनि मातृ मृत्युदर र बाल मृत्युदर न्यूनीकरण चुनौतीपूर्ण बनेको औल्याउनुभयो । 

लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार विशेष अनुदान कार्यक्रम संचालन मार्गनिर्देशन अनुसार महिला, बालबालिका, किशोरकिशोरीको स्वास्थ्य सुधार्ने अभियान अन्तर्गत अभियान सुरु गरिएको बताउनुभयो । 

अभियान शुभारम्भ कार्यक्रमको सहजीकरण गर्दै लुम्बिनी प्रदेशका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले महिला, बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको बताउनुभयो । बाँकेमा १४ प्रतिशत गर्भवतीले गर्भ जाँच नगराउने र २७ प्रतिशत महिलाले सुत्केरी पश्चात गराउनु पर्ने जाँच समेत नगराउने गरेको पाइएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार प्रदेशमा ८० प्रतिशत महिलाहरुको मृत्यु सुत्केरी भए पश्चात् हुने गरेको तथ्यांक छ । पारिवारिक विवरण संकलनका लागि बाँकेका १ लाख २९ हजार ३०७ घरधुरीमा स्वास्थ्यकर्मी पुग्ने स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य निरिक्षक अंगदबहादुर शाहीले बताउनुभयो । 

यो अभियान अन्तर्गत गर्भवती महिलादेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत् जटिल अवस्थाका गर्भवती महिलादेखि खोपबाट बञ्चित बालबालिका र पोषणबृद्धि अवस्थाको अनुगमन गरिनेछ । नियमित सेवामा ल्याउनका लागि हरेक परिवार घरधुरीमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ । उनीहरुले पारिवारिक स्वास्थ्य विवरण तयार पार्न यो पाइलटिङ् कार्यक्रमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र बहादुर चौधरी, सम्पुर्ण स्थानीय तहको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर उप प्रमुख कमरुद्दिन राई, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा निराजन सुवेदी लगायतले आ–आफ्नो धारणा राख्नुभयो । 


 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…