Pairabi logo

पुस २३, २०८२, बुधबार                    

मेयर कप फुटबलमा ब्राइटल्याण्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन

डेक्स

डेक्स

मेयर कप फुटबलमा ब्राइटल्याण्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन
ADVERTISEMENT

नेपालगन्ज, ४ फागुन । ब्राइटल्याण्ड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको प्रतियोगिताको पुरुष तर्फ ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपिस मावि नेपालगन्जलाई सडनडेथमा हराउँदैं च्याम्पियन बनेको हो । गल्र्स तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले आदर्श मावि नेपालगन्जलाई ४–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । 

आइतबार पुरुष तर्फको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेलको नतिजा सडनडेथमा निकालिएको थियो । 

ब्राइटल्याण्डलाई च्याम्पियन बनाउनको लागि अनमोल गुरुङ, जोन थारु, श्रीरिस रावत, जटिन लामा गुरुङ र दिक्सान बुढाले गोल गर्नु भयो । ग्रीनपीसको लागि विशाल थापामगर, बिराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारीले गोल गर्नु भयो । फाइनल खेलको प्लेयर अफ द म्याचको ट्रफी ब्राइटल्याण्डका खेलाडी दिक्सान बुढाले जित्नु भयो । उहाँलाई एचसीआरसी हस्पिटलका अध्यक्ष डा. कुमार सान शाह र युथ ओलम्पिक एम्बेसडर चाहना शाहले पुरस्कृत गर्नु भयो । 

यसैगरी गल्र्सतर्फको फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्सको लागि रमिता कुमारी बडुवाल र रेश्मा थारुले २–२ गोल गर्नु भयो । रमिताले २५औं र २६औं मिनेटमा गोल गर्नु भयो । रेश्माले ४५औं र ५७औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा नेपालगन्ज सेन्ट जेभियर्सकी रमिता कुमारी बढुवाल प्लेयर अफ द म्याचबाट पुरस्कृत गर्नु भयो । उहाँलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रशिक्षण विभाग प्रमुख जयन्त कुमार श्रेष्ठले पुरस्कृत गर्नु भयो । 

प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्ड स्कुलका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनु भयो  । उहाँहरु दुबै जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक अरुण बमले पुरस्कृत गर्नु भयो ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा फागुन २६ देखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २१ वटा पुरुष टिम र ६ वटा महिला टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता दुबै टिमले नगद ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

विजेता खेलाडीहरुलाई नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, महासचिव कमल खत्री, उप–महासचिव दिर्घराज आचार्य कौशल,एचसीआरसी हस्पिटलका अध्यक्ष डा. कुमार सान शाह, निर्देशक रमेश सिटौला, कोहलपुर नगरपालिका खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, राखेपका पुर्व सदस्य राजेन्द्र शाही, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह, गोविन्द प्रसाद श्रेष्ठ, समसुद्दिन सिद्धिकी, महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाह, निजामुद्धिन सिद्धिकी, युथ ओलम्पिक एम्बेसडर–२०२२ लगायतले पुरस्कृत गर्नु भएको थियो । 
 
ताजा

सबै

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

लोकप्रिय

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…