Pairabi logo

असोज २१, २०८३, बुधबार                    

मेयर कप फुटबलमा ब्राइटल्याण्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन

डेक्स

डेक्स

मेयर कप फुटबलमा ब्राइटल्याण्ड र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन
ADVERTISEMENT

नेपालगन्ज, ४ फागुन । ब्राइटल्याण्ड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स स्कुल मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । नेपालगन्ज रंगशालामा भएको प्रतियोगिताको पुरुष तर्फ ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपिस मावि नेपालगन्जलाई सडनडेथमा हराउँदैं च्याम्पियन बनेको हो । गल्र्स तर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले आदर्श मावि नेपालगन्जलाई ४–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । 

आइतबार पुरुष तर्फको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेलको नतिजा सडनडेथमा निकालिएको थियो । 

ब्राइटल्याण्डलाई च्याम्पियन बनाउनको लागि अनमोल गुरुङ, जोन थारु, श्रीरिस रावत, जटिन लामा गुरुङ र दिक्सान बुढाले गोल गर्नु भयो । ग्रीनपीसको लागि विशाल थापामगर, बिराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारीले गोल गर्नु भयो । फाइनल खेलको प्लेयर अफ द म्याचको ट्रफी ब्राइटल्याण्डका खेलाडी दिक्सान बुढाले जित्नु भयो । उहाँलाई एचसीआरसी हस्पिटलका अध्यक्ष डा. कुमार सान शाह र युथ ओलम्पिक एम्बेसडर चाहना शाहले पुरस्कृत गर्नु भयो । 

यसैगरी गल्र्सतर्फको फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्सको लागि रमिता कुमारी बडुवाल र रेश्मा थारुले २–२ गोल गर्नु भयो । रमिताले २५औं र २६औं मिनेटमा गोल गर्नु भयो । रेश्माले ४५औं र ५७औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा नेपालगन्ज सेन्ट जेभियर्सकी रमिता कुमारी बढुवाल प्लेयर अफ द म्याचबाट पुरस्कृत गर्नु भयो । उहाँलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रशिक्षण विभाग प्रमुख जयन्त कुमार श्रेष्ठले पुरस्कृत गर्नु भयो । 

प्रतियोगितामा पुरुष तर्फ ब्राइटल्याण्ड स्कुलका सिरिस रावत र महिला तर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनु भयो  । उहाँहरु दुबै जनालाई वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक अरुण बमले पुरस्कृत गर्नु भयो ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा फागुन २६ देखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २१ वटा पुरुष टिम र ६ वटा महिला टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता दुबै टिमले नगद ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

विजेता खेलाडीहरुलाई नेपालगन्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, महासचिव कमल खत्री, उप–महासचिव दिर्घराज आचार्य कौशल,एचसीआरसी हस्पिटलका अध्यक्ष डा. कुमार सान शाह, निर्देशक रमेश सिटौला, कोहलपुर नगरपालिका खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, राखेपका पुर्व सदस्य राजेन्द्र शाही, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह, गोविन्द प्रसाद श्रेष्ठ, समसुद्दिन सिद्धिकी, महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाह, निजामुद्धिन सिद्धिकी, युथ ओलम्पिक एम्बेसडर–२०२२ लगायतले पुरस्कृत गर्नु भएको थियो । 
 
ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…