Pairabi logo

असोज १८, २०८३, आइतबार                    

किशोरीको सशक्तिकरणका लागि ६ बुदे संकल्प

सम्वाददाता

सम्वाददाता

किशोरीको सशक्तिकरणका लागि ६ बुदे संकल्प
ADVERTISEMENT

बर्दिया ४, फागुन । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुलाई सहभागि गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको थियो । 

सो सम्मेलनको मुख्य उद्देश्य बालिका सशक्तिकरण, बाल तथा किशोर अधिकार, किशोरकिशोरीका समस्या र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुको सहभागिता बढाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको बताउनुभयो । 

सम्मेलनले पारित गरेका संकल्पहरुमा बिवाहको उमेर २० वर्षनै कायम राख्नुपर्ने, बाल विवाह अन्त्यका लागि किशोरी क्लबको अगुवाईमा समुदायमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने, बालिका तथा किशोरीको समग्र विकासका लागि स्थानीय तहलाई बजेट बिनियोजन गर्न दवाव दिने, किशोरी क्लबले नियमित रुपमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा सडक नाटक, र्याली र अन्तरक्रियामार्फत सचेतना फैलाउने, हरेक वर्ष बाल भेला, किशोरी भेला गरेर योजना तयार पारी स्थानीय सरकारलाई बुझाउने रहेका छन् । 

सोही प्रकारले बालिकाहरुको समस्या समाधानकालागि सम्मेलनमा तयार पारिएको नौ बुँदे ज्ञापन पत्र तया गुलरिया र मधुवन नगरपालिकाका उपमेयरलाई बुझाईएको थियो । सम्मेलनको समापन समारोहमा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी र गुलरियाकी उपमेयर सावित्रा गौतमले सम्मेलनले गरेको निर्णयहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुले योजना बनाउँदा बालिका र किशोरीका समस्या पनि सम्बोधन गरिने बताउनुभयो । 

सम्मेलनको सहजीकरण कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर विकले गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरूलाई स्थानीयस्तरको योजना कसरी बनाइन्छ र उनीहरूलाई योजना प्रक्रियामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराईएको थियो । 

कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पंचम गुरुङ र कार्यकारी सह निर्देशक महेश नेपालीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सशक्त बालिका परियोजनाका संयोजकहरु गोविन्दप्रसाद लामिछाने र मनोज पौडेल तथा फिल्ड कर्मचारीहरु बगवती विक, नग्मा मनिहार, रामबहादुर थारु र मिनु थारुको पनि उपस्थिति रहेको थियो ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…