Pairabi logo

पुस २७, २०८२, आइतबार                    

किशोरीको सशक्तिकरणका लागि ६ बुदे संकल्प

सम्वाददाता

सम्वाददाता

किशोरीको सशक्तिकरणका लागि ६ बुदे संकल्प
ADVERTISEMENT

बर्दिया ४, फागुन । स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरुको सहभागिता र सवालको विषयमा बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा आयोजना गरिएको दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ । 

बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुलाई सहभागि गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको थियो । 

सो सम्मेलनको मुख्य उद्देश्य बालिका सशक्तिकरण, बाल तथा किशोर अधिकार, किशोरकिशोरीका समस्या र स्थानीय तहको योजना प्रक्रियामा उनिहरुको सहभागिता बढाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको बताउनुभयो । 

सम्मेलनले पारित गरेका संकल्पहरुमा बिवाहको उमेर २० वर्षनै कायम राख्नुपर्ने, बाल विवाह अन्त्यका लागि किशोरी क्लबको अगुवाईमा समुदायमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने, बालिका तथा किशोरीको समग्र विकासका लागि स्थानीय तहलाई बजेट बिनियोजन गर्न दवाव दिने, किशोरी क्लबले नियमित रुपमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा सडक नाटक, र्याली र अन्तरक्रियामार्फत सचेतना फैलाउने, हरेक वर्ष बाल भेला, किशोरी भेला गरेर योजना तयार पारी स्थानीय सरकारलाई बुझाउने रहेका छन् । 

सोही प्रकारले बालिकाहरुको समस्या समाधानकालागि सम्मेलनमा तयार पारिएको नौ बुँदे ज्ञापन पत्र तया गुलरिया र मधुवन नगरपालिकाका उपमेयरलाई बुझाईएको थियो । सम्मेलनको समापन समारोहमा मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी र गुलरियाकी उपमेयर सावित्रा गौतमले सम्मेलनले गरेको निर्णयहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँहरुले योजना बनाउँदा बालिका र किशोरीका समस्या पनि सम्बोधन गरिने बताउनुभयो । 

सम्मेलनको सहजीकरण कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो भने कार्यक्रमको संचालन बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर विकले गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरूलाई स्थानीयस्तरको योजना कसरी बनाइन्छ र उनीहरूलाई योजना प्रक्रियामा कसरी समावेश गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराईएको थियो । 

कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पंचम गुरुङ र कार्यकारी सह निर्देशक महेश नेपालीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा सशक्त बालिका परियोजनाका संयोजकहरु गोविन्दप्रसाद लामिछाने र मनोज पौडेल तथा फिल्ड कर्मचारीहरु बगवती विक, नग्मा मनिहार, रामबहादुर थारु र मिनु थारुको पनि उपस्थिति रहेको थियो ।

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…