Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधी

डेक्स

डेक्स

आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधी
ADVERTISEMENT

नेपालगन्ज, १० कार्तिक । बाँकेको राप्तीसोनारीमा ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ । निर्धारित दूरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पूरा गर्नुभएको थियो ।

नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली  दोस्रो र मनोज थारु तेस्रो हुनुभयो । त्यसैगरी, छात्रातर्फ सुमित्रा राना दोस्रो र सन्तोषी थारु तेस्रो बन्नुभयो ।

विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहानुर पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तीर्थ ओली, नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गर्नुभएको थियो ।

राप्तीसोनारी रनको उद्घाटन गर्दै पालिका अध्यक्ष पौडेलले नेपालगन्ज म्याराथनसँग राप्तीसोनारी गाउँपालिका साझेदारी गर्न तयार रहेको बताउनुभयो । राप्तीसोनारीलाई खेलकुदमय बनाइ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पालिकाले योजना बनाइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

पालिकाको महत्त्वपूर्ण साझेदारी भइदिए राप्तीसोनारी रन हरेक वर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले बताउनुभयो । दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो । वाकाथनमा स्थानीय शिक्षक, वृद्ध लगायतको सहभागिता रहेको थियो ।

नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद परेकाले मङ्सिर २२ गते शनिबार हुन लागेको आयोजकले जनाएको छ ।


 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…