Pairabi logo

असोज २६, २०८३, सोमबार                    

आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधी

डेक्स

डेक्स

आयुश र अनिशालाई ‘राप्तीसोनारी रन’को उपाधी
ADVERTISEMENT

नेपालगन्ज, १० कार्तिक । बाँकेको राप्तीसोनारीमा ५ किलोमिटर रनको उपाधि आयुस केसी र अनिशा थारुले जित्नुभएको छ । निर्धारित दूरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पूरा गर्नुभएको थियो ।

नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली  दोस्रो र मनोज थारु तेस्रो हुनुभयो । त्यसैगरी, छात्रातर्फ सुमित्रा राना दोस्रो र सन्तोषी थारु तेस्रो बन्नुभयो ।

विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहानुर पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तीर्थ ओली, नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गर्नुभएको थियो ।

राप्तीसोनारी रनको उद्घाटन गर्दै पालिका अध्यक्ष पौडेलले नेपालगन्ज म्याराथनसँग राप्तीसोनारी गाउँपालिका साझेदारी गर्न तयार रहेको बताउनुभयो । राप्तीसोनारीलाई खेलकुदमय बनाइ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पालिकाले योजना बनाइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

पालिकाको महत्त्वपूर्ण साझेदारी भइदिए राप्तीसोनारी रन हरेक वर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले बताउनुभयो । दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो । वाकाथनमा स्थानीय शिक्षक, वृद्ध लगायतको सहभागिता रहेको थियो ।

नेपाल सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस वर्ष कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद परेकाले मङ्सिर २२ गते शनिबार हुन लागेको आयोजकले जनाएको छ ।


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…