Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा सम्मान

डेक्स

डेक्स

डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा सम्मान
ADVERTISEMENT

नेपालगन्ज, १ असार । सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा भव्य स्वागतसहित सम्मान गरिएको छ । गत जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै उहाँ सर्वोच्च शिखर चढनुभएको थियो । उहाँ सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार पनि हुनुहुन्छ । 

शुक्रबार उहाँलाई नेपालगन्जमा शेर्पा समुदायले भव्य स्वागतसंगै सम्मान गरेका छन् । क्याम्प २ मा डिजे कन्सर्ट गरेर आफूले विश्व कीर्तिमान बनाएको उहाँले बताउनुभयो । ‘ग्लोबल वार्मिङ रोकौं, हिमाल संरक्षण गरौं’ भन्ने नारासहित उहाँले दुई महिना लगाएर सगरमाथा चढनुभएको थियो । ‘जलवायु परिवर्तनको कारण अहिले विश्वलाई समस्या परिरहेको अवस्था छ ।

हिमाल संरक्षणको सन्देश दिने उद्देश्यले आरोहण गरेका हौं’ नेपालगन्ज आएका शेर्पाले भन्नुभयो । सगरमाथा आरोहण सोँचेअनुसार सफल भएकोमा आफू खुसी रहेको समेत उहाँले बताउनुभयो । ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ अभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गरेका उहाँले बेस क्याम्प २ मा डिजे कन्सर्ट आयोजना गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ।

तेन्जिङले विगत १२ वर्षदेखिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ मा पहिलो सगरमाथा आरोहणको सम्झनामा आयोजना हुदैँ आएको सांगितिक कार्यक्रममा डिजे मार्फत हुँदै आएको थियो । नेपालको विभिन्न स्थानहरुमा लामो समयदेखिन डिजे गर्दै आएका डिजे तेन्जिङले पर्यटन प्रर्वद्धनसंगै ग्लोबल वामिङको नारा लिएका हुन् । ‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ ।

यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामुलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ ।’ तेन्जिङले भन्नुभयो ‘सोचेअनुरुप आफू सफल भएँ, एकदमै खुसी छु ।’

नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा गरिएको उक्त सम्मान कार्यक्रममा बाँकेमा रहेका शेर्पा समुदायले खादा ओढाएर डिजे तेन्जिङलाई स्वागतसंगै सम्मान गरेका थिए । संघ बाँकेका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा शेर्पा धर्मगुरु निमा शेर्पा लामा, वरीष्ठ सल्लाहकार नुरी शेर्पा, संघका निर्वतमान अध्यक्ष पेम्बाछिरी शेर्पा, सहकोषाध्यक्ष ङतेम्बा शेर्पा लगायतले शुभकामना दिएका थिए ।

सो क्रममा उनीहरुले डिजे तेन्जिङको यो किर्तीमानी समग्र शेर्पा समुदायको मात्र नभएर सिङ्गो राष्ट्रको गौरवको विषय भएको बताउँदै हाम्रा सन्ततीहरुलाई यस्तै किर्तीमानी र गौरवमय कार्यतर्फ प्रेररीत गर्नुपर्ने बताएका थिए । सोलुखुम्बु जिल्लाको दुधकुण्डा नगरपालिका वडा नम्बर–१० लुङसा निवासी ५१ वर्षिय डिजे तेन्जिङ पछिल्लो समय काठमाण्डौंको जोरपाटी बस्दै आउनुभएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …