Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु
ADVERTISEMENT

नेपालगन्ज, ६ चैत । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।

चैत ९ गतेसम्म सञ्चालन हुने कोर्समा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौँ लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दीप जङ्ग शाहले कोर्सको शुभारम्भ गर्नुभयो । 

आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, एन्फा हेड अफ कोच एजुकेसन संजित सिंह, एन्फाका पूर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल सङ्घका सदस्य गोवर्धन सिंह सम्झना, साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी दिपबहादुर महतारा, निजामुद्दिन सिद्धिकी९मुन्ना० लगायतको उपस्थिति रहेको थियो । 

चार दिनसम्म चल्ने एन्फा कम्युनिटी कोचिङ कोर्समा सहभागी भएकाहरूलाई एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र एन्फा हेड अफ कोच एजुकेसन संजित सिंहले प्रशिक्षण दिनु हुनेछ । 

कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले खेलाडीलाई संरक्षण र सम्मान गर्ने वातावरण निर्माण गरिनु पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘खेलकुदका पूर्वाधार निर्माणमा राज्यले करोडौँ रुपियाँ लगानी गरेको छ । तर प्रयोग गर्न नपाएको गुनासो आइरहेको छ । खेलाडी उत्पादन गर्न राज्यले लगानी पर्छ । तर हामीले शोषण गरिरहेका छौँ । खेलाडीहरूले जुत्ता लगाएर होइन चप्पल लगाएर खेल्नु पर्ने अवस्था छ । यसलाई बुझेर नेपालगन्जले राष्ट्रिय मात्र होइन स्थानीय खेलाडीलाई सहयोग गर्ने वातावरण निर्माण गरिरहेका छौँ ।’’

नेपालगन्ज उप–महानगरपालिकाले छिटै खेलकुद विकास समिति निर्माण गरेर अगाडी बढ्ने मेयर विष्टले बताउनुभयो । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् एन्फा सदस्य भोजराज शाहीले मैदान अभावका कारण फुटबलका गतिविधिमा असर गरिरहेको छ । नेपालगन्जमा सुरु भएको एन्फा कम्युनिटी कोचिङ कोर्सले सामुदायिक स्तरबाट फुटबल खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘‘खेलाडीहरूमा नयाँ उत्साह र आकर्षित गर्न जरुरी छ । तालिम लिने प्रशिक्षकहरूको लागि यो ठुलो जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको छ । यो राम्रो अवसर पनि हो । सबै खेलाडी कोच बन्न सक्दैन । हामीले पूर्व कप्तान हरि खड्का र संजित सिंह जस्तो दक्ष प्रशिक्षक पाएका छौँ । यो गर्वको कुरा हो । यसलाई प्रशिक्षकले सदुपयोग गर्न सक्नु पर्छ ।’’ 

बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दीप जङ्ग शाहले नेपालमा खेलाडीहरूलाई संरक्षण गर्न नसक्नु ठुलो समस्या बन्दै गएको बताउनुभयो । 

कार्यक्रममा एन्फाका पूर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल सङ्घका सदस्य गोवर्धन सिंह सम्झना, संजित सिंह, साबिक मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतले कोर्षको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

एन्फाले ५ वर्षअघि देखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भइरहेको कोर्समा ३२औँ ब्याचले प्रशिक्षण लिइरहेको छ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…