Pairabi logo

बैशाख १६, २०८१, आइतबार                    

पवित्र महिना रमजान र रोजाको वास्तविकता के ?

सम्वाददाता

सम्वाददाता

पवित्र महिना रमजान र रोजाको वास्तविकता के ?
ADVERTISEMENT

शाहिदा शाह 
नेपालगन्ज ।  रमजान करीम हुन् त इस्लामी पात्रो नौ औं महिना हो यो पवित्र महीनामा सम्पूर्ण मुस्लिम समुदायले एक महिना रोजा बस्छन् । जुन रोजा बस्नु हरेका बालिग मुसलमान महिला र पुरुषका लागि अनिवार्य छ ।

यदि बिना शराअई कारण कसैले रमजान शरीफको रोजा छोड्छ भने उसले वर्ष भरी उपासना गरेपनि त्यो पुण्य रमजानको रोजा बराबर हुदैन् ।

यो महिनामा एउटा पुण्यको कार्य गर्यो भने त्यसको अजर सत्तरी गुणा बढी पाईन्छ । यात्री र बिरामीलाई यो रोजामा छुट हुन्छ भन्नाले यदि कुनै कारणवश कसैलाई यात्रा गर्नु पर्यो र त्यो यात्राको दौरानमा ऊ रोजा बस्न सक्दैन् भने नबसोस् । अनि कोही यदि बिरामी छ भने उसलाई पनि छुट यी दुबैले छुटेका रोजा पछि पुरा गर्नुपर्छ ।

माथि उल्लेख गरिएका कुरा त आम जनमानस लाई थाहा छ । तर आज हामी रमजान बारे अलि फरक जानकारी गराउनेछौं जसमा रमजान शरीफ वास्तव हो के र हामीले के गर्नु पर्छ भनी चर्चा गर्छौं । अरुको भोकतिर्खा आफु पनि महसुश गर्ने , इफ्तारीको रुपमा खुशी बाड्ने, सम्पतिको अढाई प्रतिशत निकाली जकात दिएर जरुरतमंदहरुको मद्दत गर्ने, प्रेम र सद्भाव बाड्ने, रिसराग र मोह त्याग्ने, भलो गर्ने बढी भन्दा बढी उपासना र अर्चना गर्ने भनी इस्लामले छुट्टियाईएको खास समय त हो नै ।

वास्तवमा रमजानको वर्ष भरीको लागि तालिम अवधि हो । जसरी एउटा सैनिक रणभूमि जानु अघि आफ्नो शत्रुसंग लड्न र जित्नका लागि तयारी गर्छ । त्यसरी नै तयारी गर्ने तालिम अवधी हो रमजान करीम अब सोच्दै हुनुहोला कसरी यो तालिम अवधि हो वा किन यस्तो भनेको होला ।

हो रमजान सैनिकसंग लड्नु अघि गरिने तालिम अवधि नै हो । हेर्नुस् जब एक सैनिक युद्धभूमिमा जानका लागि तयारी गर्छ तब उसंग वास्तविक शत्रु हुदैंन् तर आफ्नो शत्रुसंग लड्ने कसरी र जित्ने कसरी भनी शत्रुको अनुपस्थिति र योग्य, दक्ष एंव क्षमतावान प्रशिक्षकद्वारा ती सबै तरिका र उपाय सिकाईन्छ ।

जसले गर्दा उसलाई शत्रुलाई पराजित गरी विजय हासिल होस् । हुन् त रणभूमिमा शत्रुलाई पराजित गर्न त्यतिखेर झन् चुनौती हुन्छ जतिबेला शत्रु आफु भन्दा बलवान हुन्छ । तर विभिन्न कठिनाई र चुनौतीका बावजूद पनि एउटा योद्धाका लागि शत्रु हार र आफ्नो जीत अहम् हुन्छ । तर यो कुरा रमजान संग किन दांज्दैं भन्नु भन्दा पुर्व माथि उल्लेख गरिएका छूटका कुरा गरिहालौं जसले गर्दा बुझ्न सजिलो होस् ।

बिरामी र यात्रीलाई रोजा नबस्न छुट हुन्छ तर त्यो त्यतिखेर जब बिरामी सिकिस्तै होस् र यात्रा पनि नगरी नहुने होस् । रमजानमा यात्रा गर्न नपरोस् भनी त्यसबेला चाहिने आवश्यक सामग्री रमजान सुरु हुनु पुर्व नै एकत्रित वा किनमेल गरी हाल्नु पर्छ अनि रमजानको बेला बिरामी न परियोस् भने पहिले नै चेकजांच गराइ औषधी उपचार गरी स्वास्थ्य भइहाल्नुपर्छ र रोजा बस्दा गाह्रोसाह्रो न होस् भनी एघार महिना सम्म त्यसको तयारी गर्न खानपान विशेष ध्यान दिनुपर्ने हुन्छ ।

 किनभने हामी यहां युद्धसंग दाजेर कुरा गरीरहेछौं त्यसकारण त्यही सन्दर्भलाई जोड्छौं । एउटा योद्धाका लागि उसको स्वास्थ्य स्थिति एकदमै फिट हुनुपर्छ र युद्ध नीति अनुसार  सम्पूर्ण हातहतियार, खाद्यान्न,चाहिने आवश्यक औषधी र सैन्यवस्त्र जस्ता महत्वपूर्ण कुरा युद्धभुमिमा जानु पुर्व तयारी गर्नुपर्छ । 

पवित्र रमजान करीम पनि मुस्लिम समुदायका लागि तालिम अवधि यसकारण हो किनभने यतिबेला मुसलमान हरुको सबभन्दा ठूलो शत्रु सैतान कैद गरिएको हुन्छ जससंग वर्षभरी नै युद्ध गर्नुपर्छ । रणभूमि मुसलमानहरु एक्लै बसी सैतानसंग वर्ष भरी लड्न र जित्न तयारी गर्छन् ।

त्यो तयारी हो गुनाहबाट बच्ने, त्यो तयारी हो झूठबाट बच्ने, त्यो तयारी हो नराम्रो दृश्य फिल्म आदि हेर्नबाट बच्ने , त्यो तयारी हो कुरा काट्न र कुरा लाउन बच्ने, त्यो तयारी हो गलागलौच सुन्नबाट बच्ने , त्यो तयारी हो चोरी गर्नबाट बच्ने त्यो तयारी हो कसैको कुभलो गर्न र गराउनबाट बच्ने,  त्यो तयारी हो गलत बाटोमा हिड्नबाट बच्ने, कसैको बारे नराम्रो सोच्नबाट बच्ने, त्यो तयारी हो जिनाकारीबाट बच्ने, त्यो तयारी हो शराबखोरीबाट बच्ने , त्यो तयारी हो आफ्नो बोलीबाट कसैको चित्त दुखाउनुबाट बच्ने , अश्लीलताबाट बच्न गरिने तयारी हो ।

समग्रमा भन्दा  हरेक पाप र गलत कार्यबाट आफुलाई रोक्ने र बचाउने  तयारी हो  ताकि वर्षका एघार महिना आफु लाई यी गलत र पापकार्यबाट आफुलाई रोक्न र बचाउन सकियोस् । ताकि रमजान पछि जब मोमिन मुसलमानका शत्रु सैतान आजाद भइसक्छ र एघार महिना सम्म तिनीहरु संग युद्ध होस् तब शत्रु अर्थात सैतानको हार होस् ।

 किनभने इस्लाम भन्छ रोजा मात्र मुख र पेटको हुदैंन् ,रोजा आंखाको पनि हुन्छ ,जिब्रोको पनि रोजा हुन्छ , कानको पनि रोजा हुन्छ , हातको पनि रोजा हुन्छ, खुट्टा को पनि रोजा हुन्छ, मुटुको पनि रोजा हुन्छ र मगजको पनि रोजा हुन्छ । भनाइको अर्थ यो छ कि जब रमजान करीममा व्यक्ति रोजा बस्छ ऊ रोजेदार हुन्छ तब उसको आंखा पनि रोजेदार हुन्छन् , कान पनि रोजेदार हुन्छन्, जिब्रो पनि रोजेदार हुन्छ, हात पनि रोजेदार हुन्छन् , खुट्टा पनि रोजेदार हुन्छन्, मुटु पनि रोजेदार हुन्छ र उसको दिमाग पनि रोजेदार हुन्छ ।

अनि यी अंगहरुले अल्लाहद्वारा मनाही गरेका कामबाट आफुलाई रोकिनु नै सही अर्थमा रमजानको रोजा हो जसले वर्षभरी नै शरीरका विभिन्न अंग ९आंखा, कान, मुख, जिब्रो, हात, खुट्टा, मुटु र मगज आदि० लाई गुनाह गर्न पापको भागिदार बनाउनबाट रोक्नका लागि प्रतिरक्षात्मक शक्ति वृद्धि गरी सैतानलाई हराउन सफल भई वर्ष भरी नै पुण्य कमाउन प्रशिक्षण लिनु नै रमजानका एक महिने रोजा हुन्   ।

अनि रमजान बारे एउटा अरु बुझाइ छ कि सत्तरी गुणा सवाब बढाईन्छ तर त्यस बारे अलि फरक जानकारी समेत साझा गर्छु । 

हो सत्तरीको सही हो तर यो सत्तरी गुणा सवाब रोजाको लागि होईन् । यो त रमजान गरिने पुण्यका कार्यहरुको बारे भनिएछ । रोजाका बारे इस्लाम भन्छ यो मोमिन रोजा नितांत अल्लाहका लागि बस्छन् र यसको सवाब अर्थात पुण्य कति हुन्छ त्यो अल्लाह माथि छ ।

जस बारे अल्लाहको फरमाउन छ कि रमजान शरीफको रोजा नितांत मेरो लागि बस्छन् र यसको सवाब पनि म दिन्छु र बेहिसाब दिन्छु । त्यो बेहिसाब भन्दा एक रोजा बराबर एक लाख रोजाको सवाब दिने हुन् कि एक करोड सवाब दिने हुन् यो कुरा अल्लाह बाहेक कसैलाई थाहा छैन् ।


 रोजाको परिभाषा

आम जनमानसमा भएको बुझाइ यो छ कि रोजा भनेको निराहार बस्नु भोकै बस्नु नै रोजा बस्नु हो ,तर हेरौं इस्लाम ले के भन्छ रोजा बारेमा । रोजा इस्लामको पांच आधारस्तंभ मध्ये तेस्रो आधारस्तंभ हो । रोजालाई अरबीमा सोमू भनिन्छ सोमको अर्थ हुन्छ रोकिनुू वा बन्द गरिनुू वा छोड्नुू हो । अब रोजा बस्दा केही कार्य रोकिनु पर्छ , बन्द गरिनुपर्छ वा छोड्नुपर्छ ।

तर सामान्य बुझाइ हेर्दा खानापानी बन्द गर्नु, खानेकुरा न खानु वा तोकिएको समय सम्म बन्द गर्नु वा केही समयका लागि खाने कार्य छाड्नु नै रोजा हो । 

इस्लामले रोजालाई यसरी परिभाषित गरेकोछ अर्थात रोजा बस्नु भनेको के गर्ने र के नगर्ने । रोजा बस्दा ती सबै कुरा रोक्नु जुन मानिसले आफ्नो लागि गरिरहेका हुन्छन् र ती कार्य गर्नु जुन अल्लाहको लागि गरिन्छ । इस्लाम भन्छ रोजा मात्र मुख र पेटको हुदैंन् ,रोजा आंखाको पनि हुन्छ ,जिब्रोको पनि रोजा हुन्छ , कानको पनि रोजा हुन्छ , हातको पनि रोजा हुन्छ, खुट्टा को पनि रोजा हुन्छ, मुटुको पनि रोजा हुन्छ र मगजको पनि रोजा हुन्छ । 

रोजा अर्थात गरिआएका काम अल्लाहको लागि रोकिनु वा छाड्नु वा बन्द गर्नु हो । मुख र पेटको रोजा भनेको खानपिउन छाड्नु हो भनी सबलाई थाहा छ । तर आंखाको रोजा भन्नाले नराम्रो दृश्य न हेर्नु, जिब्रोको रोजा भन्नाले आफ्नो बोलि वचनबाट कसैलाई दुखी नबनाउनु गाली गलौज अपशब्द र झूठ नबोल्नु आदि हो ।

कानको रोजा कसैको कुरा नकाट्ने गीत गाली अपशब्द आदि नसुन्नु हो । चोरी नगर्नु कसैलाई चोट न पुर्याउनु हातको रोजा हो । नराम्रो बाटो नहिड्नु खुट्टाको रोजा हो । कसै बारे गलत धारणा न राख्नु माफ गर्नु मुटुको रोजा हो र कसैलाई हिनी नोक्सानी पुर्याउन नराम्रो नसोच्नु मगज अर्थात दिमागको रोजा हो । 

अब बुझ्नु भयो होला कि रोजा बस्दा आफु भित्र रहेका सबै नकारात्मक काम विकार र सोच आदिलाई रोक्नु छाड्नु वा बन्द गर्नु नै वास्तवमा रोजा हो । साथै वर्ष भरी शरीरमा जम्मा भएको विकारलाई व्यवस्थापन गर्ने कार्य हो रोजा ।

ताजा

सबै

सुनाखरी रेष्टुरेन्टले आफ्नो छैठौ स्थापना दिवस मनायो

नेपालगन्ज १५ बैशाख । नेपालगन्जस्थित सुनाखरी रेष्टुरेष्टले आफ्नो छैठौ स्थापना दिवस विभि…

निप्स बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक …

कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानी

नेपालगन्ज १३ वैशाख :बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्…

नेपालगन्जबाट नौ महिनामा नौ हजार बढी उडान

नेपालगन्ज विमानस्थलबाट चालु आर्थिक वर्षको नौ महिनामा नौ हजार बढी उडान भएका छन्।नागरि…

लोकप्रिय

सबै

बालबालिका सम्वन्धी ऐनलाई कार्यान्वय गर्न अदालतद्धारा स्थानीय सरकारको नाममा परमादेश

नेपालगन्ज १२ बैशाख । बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्वन्धी ऐनलाई प…

निप्स बाँकेको नयाँ कार्यसमिति चयन

नेपालगन्ज १५ बैशाख । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाईटी (निप्स) बाँकेको ५औं वार्षिक …

लैङ्गिक रूपान्तरणीय, समावेशी शिक्षणविधि व्यवस्थापन तालिम

नेपालगन्ज, १२ बैशाख । बर्दियाका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि लैङ्गिक रूपान्त…

कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानी

नेपालगन्ज १३ वैशाख :बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्…

यो पनि

जकात अर्थात इस्लामी टेक्स

जकात अर्थात इस्लामी टेक्स

शाहिदा बानो शाह नेपालगन्ज, ४ चैत। जकात इस्लामका पांच आधारस्तम्भहरु मध्ये चौथो आधारस्त…

पवित्र महिना रमजान र रोजाको वास्तविकता के ?

पवित्र महिना रमजान र रोजाको वास्तविकता के ?

शाहिदा शाह नेपालगन्ज ।रमजान करीम हुन् त इस्लामी पात्रो नौ औं महिना हो यो पवित्र महीन…

पत्रकारको श्रमका पक्षपाति सुशील’दा

पत्रकारको श्रमका पक्षपाति सुशील’दा

विचार विपुल पोख्रेल काठमाडौँ, २७ माघ : नेपाल पत्रकार महासङ्घको एउटा महाधिवेशनलाई स…

कृतिम चेतनशीलता

कृतिम चेतनशीलता

विचार रविन्द्र ज्ञवाली । कृतिम चेतनशीलता अर्थात अंग्रेजीमा Artificial Intelligence ल…