Pairabi logo

फागुन २२, २०८२, शुक्रबार                    

अझैं घटेन,  बाँकेमा मातृ/बाल मृत्युदर

सम्वाददाता

सम्वाददाता

अझैं घटेन,  बाँकेमा मातृ/बाल मृत्युदर
ADVERTISEMENT

कुसुम कोरी 
नेपालगञ्ज, १८ फागुन । नेपालगञ्ज– १६ निवासी सावित्री साहुले १८ वर्षकै उमेरमा छोरी जन्माइन । पुरैना २१ माइत भएकी साहुको जैसपुर निवासी कैलाश कुमार शाह सित विवाह भएको थियो । सावित्रीको विवाह १६ वर्षको उमेरमा भएको थियो । दुई वर्ष पछि उनको गर्भबाट एउटा छोरी जन्मिइन तर निकै कष्ट सहेर ।

सुत्केरी हँुदा छोरीको अवस्था गम्भिर भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अष्पताल नेपालगञ्जको आई .सी. यूमा भर्ना गरियो । छोरीको अवस्था राम्रो भएपछि आमा र छोरीलाई घर ल्याइयो । सानै उमेरमा सुत्केरी भएकाले होला उनी कमजोर थिइन । सावित्रीको कमजोरी शरिरले गर्दा उनको दुध कम आउने भयो । सावित्रीले छोरीलाई पावडरवाला दुध खुवाउन बाध्य भइन् ।

बालिकाले प्रयाप्त मात्रामा आमाको दुध खान पाइनन । पावडरवाला दुधले नै हो कि सायद छोरी बिरामी परिन । झडापखालाले सिकीस्त भएपछि भेरी अष्पताल पनि पु¥याइयो । औषधीले नी राम्ररी काम नगरेपछि अवस्था गम्भिर भयो र अन्ततः अस्पतालमै मृत्यु भयो । 

नेपालगञ्ज– ४ टिनबङगाला बस्ने सुफिया अन्सारीले मलेरियाकै कारणले आफ्नो छोरी गुमाइन । समयमा खोप नंलगाएका कारण नै उनी मलेरियाको शिकार हुन पुगीन । अन्सारीको अर्को छोरो जन्मिदा पनि सारै समस्या झेल्नु प¥यो । गर्भदेखि उ कमजोर बन्यो  र तौल पनि कम थियो । उ सानै देखिनै पटक पटक बिरामी पर्दै आइरहेको छ । कहिले निमोनिया हुने कहिले झाडापखला हुने जस्तो अवस्था थियो ।

छोरो पाच बर्ष भइसकेको अवस्थामा  एक दिन राती उसको सा¥है पेट दुख्यो । पेट दुखाई बढेपछि अष्पताल लैजादै गर्दा उसको मृत्यु भयो । यी र यस्तै प्रकारका घटनाहरु दोहरि रहेका छन । अष्पतालमै पुगेर पनि बालक र आमाको ज्यान जाने क्रम नरोकिएको अवस्था छ । गर्भावस्था र त्यतिबेला हुने जटिलताहरुसँगै सुत्केरी हुँदा र पछि हुनसक्ने जटिलताका कारण अहिले पनि धेरै आमा÷बालकहरुले ज्यान गुमाउनु परेको छ । 

अधिकांस महिलाको सुत्केरी पश्चात पनि अस्पतालमै मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको एक तथ्यांक अनुसार अस्पतालमा ४३ प्रतिशत महिलाको मृत्यु भएको छ । यस्तै २९ प्रतिशतको बाटोमा र १४ प्रतिशतको घर र १४ प्रतिशतको अन्य ठाउँमा मृत्यु हुने गरेको छ ।  

२९ प्रतिशतको अत्यधिक रक्तश्राव र २१ प्रतिशतको रगतको कमी भएर मृत्यु भएको पाइएको छ । मृत्यु हुनेमा १९ देखि ३५ वर्ष उमेर समूहका छन् । बाँकेमा वर्षेनी ३५÷३६ जनाको आमाको मृत्यु भएको तथ्य छ । मधेसी तथा मुस्लिम समुदायमा ३६ प्रतिशत मातृमृत्युदर रहेको छ । महिलाको मृत्यु गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिन भित्र विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले हुन्छ भने त्यसलाई मातृमृत्यु भनिन्छ । 

गर्भबती भई सके पछि पनि नियमित रुपमा  गर्भबती चेकजाच र सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउनु पर्छ भन्ने जानकारी नहुदा धेरै आमाहरुले अकालमै ज्यान गुमाउनु पर्ने बिडम्बना पुर्ण अवस्था कायमै छ । हाम्रो समाजमा  छोरीहरुको २० बर्ष नपुग्दै बिहे गरि दिने चलन छ । २० बर्ष नपुग्दै हुने  विवाहलाई बाल विवाह भनिन्छ । 

‘नियमित रुपमा गर्नुपर्ने चेकजाँच गरेका हुँदैनन्, ब्यथा लागेर अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल पुग्छन्, त्यसपछि डाक्टरले  उनीहरुलाई बचाउने अवस्था नै हुदैन’–भेरी अस्पतालकी स्त्रीरोग विशेष डा कल्पना थापाको भनाई छ । कतिपयमा रक्तचाप, मधुमेह, थाइराइड जस्ता दिर्घरोग सम्बन्धी समस्या देखिने गरेको डा. थापा बताउँछिन । 

बालविवाह र किशोरावस्था मै आमा बन्ने, बच्चा जन्माउने क्रममा जटिलता आउने, समयमा उपचार नपाउने कारणले मातृ मृत्युदरको जोखिम यथावत् रहेको हो । घरपरिवारका सदस्यहरुले पनि सानै उमेरमा गर्भवती भएका छोरी तथा बुहारीहरुको नियमित गर्भवती चेक जाच, पौष्टिक खानेकुरा,   सुत्केरी गराउन समयमै स्वास्थ्य संस्थामा पु¥याउने जस्ता कुरामा ध्यान नदिदा  गर्भवती तथा सुत्केरीमा रक्तअल्पता जस्ता समस्या देखिने गरेको छ । 

पालिकास्तरका स्वास्थ्य शाखाहरुमा गर्भवती महिलाहरुको स्वास्थ्यका लागि निशुल्क चेकजाँचसँगै आइरन चक्कीहरु, पिजी टेस्स, निशुल्क वितरण भइरहेपनि त्यसको व्यापक जानकारी हुन सकेको छैन । स्वास्थ्य संस्थामा सुत्केरी हुनु आमा र शिशु दुबैको जीवन बचाउनको लागि अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने कुरा सबैलाई बुझाउन जरुरी रहेको स्वास्थ्यकर्मी विमला रेग्मी बताउछिन । 

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले  २०८० पुसमा प्रकाशन गरेको ‘०७८÷०७९ को वार्षिक प्रतिवेदन’ मा  बाँके र रूपन्देहीमा मातृ मृत्युदर उच्च रहेको देखिएको छ । सरकारले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म मातृ मृत्युदर ७० जना प्रति लाखमा झार्ने लक्ष्य राखेको छ ।       

लुम्बिनी प्रदेशमा २०७८ मा गर्भावस्थाको अवधिमा भएको महिलाको मृत्यु संख्या १ सय ६२ रहेको छ भने मातृमृत्यु संख्य १ सय ५८ रहेको छ । प्रदेश भारी जीवित जन्मेका बच्चाको संख्या ३६ हजार २ सय ४३ रहेकोमा मातृमृत्यु दर (प्रति लाखमा) २ सय ७  रहेको छ । अचम्मको कुरा के छ भने स्वास्थ्य सेवाको पहुँचको हिसाबले हेर्ने हो भने नेपालको अति दुर्गम  कर्णाली प्रदेशभन्दा पनि सुगम रहेको लुम्बिनी प्रदेशमा मातृमृत्यु दर धेरै रहेको  छ ।

लुम्बिनी प्रदेशका सुगम मानिएका तराइका जिल्लाहरु कपिलबस्तु , रुपन्देही , बाँकेमा  मातृमृत्यु दर अन्य जिल्लाहरुको तुलनामा धेरै छ । पछिल्लो तथ्याङ अनुसार गत बर्ष कपिलबस्तुमा २८, रुपन्देहीमा ३० र बाकेमा ३६  वटा मातृमृत्युका घटना भएका छन । 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या व्यवस्थापन महाशाखाको पछिल्लो तथ्याङ अनुसार अहिले पनि लुम्बिनी प्रदेशमा ५४ प्रतिशत स्वास्थ्य संस्थामा मातृमृत्यु  हुने गरेको छ भने ४६ प्रतिशत अन्यत्र मातृ मृत्यु हुने गरेको माथिको तथ्यांकबाट देखिन्छ ।

घरबाट स्वास्थ्य संस्था जादै गर्दा ५ प्रतिशत, २९ प्रतिशत घरमा र १२ प्रतिशत स्वास्थ्य संस्थाबाट स्वास्थ्यमा जादै गर्दा मातृ मृत्यु हुने गरेका देखिन्छ । त्यसैगरी सुत्केरी अवस्था ६४ प्रतिशतमा, गर्भावस्था ३२ प्रतिशत र प्रसव अवस्था ४ प्रतिशत रहेको देखिन्छ । स्वास्थ्य विज्ञकाअनुसार मातृ मुत्युको मुख्य कारण सुत्केरी हुदा अत्याधिक मात्रामा रगत बग्नु  र संक्रमण हुनु हो । त्यसै गरी गर्भावस्थमा उच्च रक्तचाप हुनु र पटक असुरक्षित गर्भपतन गराउदा पनि मृत्यु हुने जोखिम धेरै हुन्छ । 

अकालमै हुने मातृ मृत्युका कारणलाई  रोकथाम गर्न नसकिने भने होइन । त्यसका लागि  समयमै स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्छ ।  विज्ञकाअनुसार, परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्ने , नचाहादा नचाहादै वा साधन प्रयोग गर्दा गर्दै  पनि गर्भ रहेमा सुरक्षित तवरले तोकिएको स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन गराउनु पर्छ ।  गर्भवती भए पछि स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउने र स्वास्थ्यकमीहरुले दिएको सल्लाह सुझावलाई पालना गर्नु पर्छ । 

स्वास्थ्य संस्थाको पहुँचको आधारमा सुगम भनिएका स्थानमा नै मातृमृत्यु दर धेरै हुनु गम्भिर विषय भएको भेरी अष्पतालका मेडिकल सुपरीटेण्डेन्ट पवन रायमाझीले बताए । मातृ मृत्युदरलाई घटाउन नियमित  गर्भवती चेक जाच, प्रसुती ब्यथा लागे पछि स्वास्थ्य संस्था सम्म पुग्नका लागि निशुल्क एम्बुलेन्सको सुविधा र  सुरक्षित प्रसुतीका लागि बर्थिङ सेन्टर तथा अस्पतालहरुमा पु¥याउने ब्यबस्थालाई थप प्रभाबकारी बनाउनु पर्ने डा रायमाझीको सुझाव छ ।  

अझंै पनि हाम्रो समाजमा गर्भवती हुँदा नियमित चेकजाँच गराउन नजाने महिला पनि छन् । गर्भवती महिलाले नियमित चेकजाँच नगराउँदा बिभिन्न किसिमका समस्याहरु झेल्दै आएपनि स्वस्फुर्त स्वास्थ्य चौकी किन पुग्न सकिरहेका छैनन् ? जब कि नियमित स्वास्थ्य परीक्षण गराउँदा सरकारले एक हजार रुपैया यातायात खर्च र आठ सय रुपैया प्रोत्साहन भत्ता स्वरुप नगद रु एक हजार आठ सय रुपैया सुत्केरी हेरचाह भत्ता दिदै आएको छ । 


 

ताजा

सबै

बाँके-१ र ३ मा रास्वपाको अग्रता, २ मा एमालेको अग्रता

बाँके२२ फागुन : प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ बाँके जिल्लाको तीन वटै निर्वाचन क्षे…

बाँकेमा ६३.४६ प्रतिशत मतदान, मतपेटिका संकलन

नेपालगन्ज २१ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ बाँके जिल्लामा शान्तिपुर्वक मतद…

बाँकेमा किरियापुत्रीले गरे मतदान

बाँके, २१ फागुन /नेपालगन्ज उपमहानगरपालिका७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको म…

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा स…

लोकप्रिय

सबै

बाँकेमा किरियापुत्रीले गरे मतदान

बाँके, २१ फागुन /नेपालगन्ज उपमहानगरपालिका७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको म…

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा स…

स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सार्वजनिक सरोकार कानून व्यवसायी समूहको अपिल

नेपालगञ्ज, १७ फागुन । सार्वजनिक सरोकारका विषयमा निरन्तर वकालत र पैरवी गर्दै आएको सा…

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

बाँके क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले जनत…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…