Pairabi logo

पुस १७, २०८२, बिहीबार                    

दादुरा–रुबेलाविरुद्धको खोप अभियानबारे अन्तरक्रिया

सम्वाददाता

सम्वाददाता

दादुरा–रुबेलाविरुद्धको खोप अभियानबारे अन्तरक्रिया
ADVERTISEMENT

नेपालगन्ज, ११ फागुन : बाँके जिल्लामा १ लाख ६५ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदैछ । यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुन लागेको हो । 

स्वास्थ्य कार्यालय बाँकेद्धारा आज यहाँ आयोजित दादुरा–रुबेला खोप अभियानसम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरुसंग अन्तरक्रियामा खोप अभियानको तयारीबारे जानकारी गराइएको हो । 

९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार नौ महिनादेखि पाँच वर्ष मुनिका ४८ हजार आठ सय १ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार सात सय ६५ जना बालबालिकालाई खोप लगाइनेछ । त्यसका लागि एक हजार दुई सय ९६ जना स्वास्थ्यकर्मी खटिनेछन् भने एक हजार दुई ७३ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन हुनेछन् ।

त्यसैगरी चार सय ५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिनेछ । यो अभियान फागुन ३० गतेसम्म चल्नेछ । बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण एक बालिकाले ज्यान गुमाएका थिए भने सयौं बालबालिका संक्रमित भएका थिए ।

बाँकेको राप्तीसोनारीमा १८ हजार छ सय ६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार सात सय १३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार दुई २३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । 

त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार एक ४९, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार दुई ७० जना, डुडुवा गाउँपालिकामा १३ हजार सात सय ५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार सात सय ७६ जना बालबालिकालाई यो अभियानमा समेट्ने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । 

अन्र्तक्रियाको समपन गर्दै जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले लक्षित सबै बालबालिकाकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन आवहान गर्दै यो अभियानमा विशेष गरि बालबालिकाहरुका अभिभावकको भुमिका बढी रहेकाले रोगबाट बचाउन ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले स्वास्थ्य जस्तो जटिल विषयमाथी खेलवाड तथा लापरवाही नगरी अहिले समयमै आफ्ना बालबालिकालाई खोप लगाई रोगबाट बचाउनुपर्नेमा जोड दिदै जिल्ला तहका सबै निकायलाई यो अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा विनोद खेतान, डा पियुष कानोडिया, डा रोमा बोरा, भेरी अस्पताल नेपालगन्जका निमित्त सुपरिटेन्डट डा दिनेशकुमार चौधरीले दादुरा रुवेलाविरुद्धको अभियानलाई सफल बनाउन प्रतिबद्धता गर्नुभएको थियो । 


 

ताजा

सबै

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

लोकप्रिय

सबै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

यो पनि

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…