Pairabi logo

माघ ०७, २०८२, मंगलबार                    

“रासस अवधी समाचार सेवा”को अवधी पत्रकार संघद्धारा स्वागत

सम्वाददाता

सम्वाददाता

“रासस अवधी समाचार सेवा”को अवधी पत्रकार संघद्धारा स्वागत
ADVERTISEMENT

बाँके २५ पुस : सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरु गरेको प्रति अवधी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले खुशी व्यक्त गरेको छ । 

राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको सम्मान संगसंगै विकास तथा सम्बद्र्धनमा टेवा पुग्ने छ । 

आज संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रद्धारा जारी विज्ञप्तीमा “यो ऐतिहासिक कार्यका लागि राससका अध्यक्ष धर्मेन्द्र झा एवं रासस परिवार र प्रत्यक्षरुपमा सहयोग गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हार्दिक धन्यवाद दिन चाहान्छौँ”,उल्लेख गरिएको छ । 

पश्चिम नेपालको लुम्विनी प्रदेश अन्र्तगत परासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधी भाषीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले अवधी भाषाको विकास तथा संरक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकासंगको सहकार्यमा राससले सुरु गरेको सकारात्मक प्रयासलाई विशेष धन्यवाद दिदै आगामी दिनमा यो सहयोग र सहकार्यको निरन्तरताको समेत कामना गरिएको छ । 

राससले राष्ट्रिय, क्षेत्रीय र स्थानीय समाचार स्थानीय भाषामै उत्पादन र अनुवाद गरी भाषाको बाहुल्य भएका क्षेत्रमा सेवा पु¥याउने नीति अन्र्तगत यो सेवाले नेपालका अवधी भाषाको प्रयोग गर्ने सञ्चारमाध्यम र सरोकारवालालाई सेवा पुग्ने विश्वास लिइएको संघले जनाएको छ । 

संघले राससलाई मातृभाषा समाचार सेवा सुरु गर्न दिएको प्रतिबद्धताप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र मन्त्रालयलाई धन्यवाद व्यक्त गरेको छ । 

राससले अवधी भाषाका समाचार तथा अन्य कन्टेन्ट उपलब्ध गराएपछि अवधी भाषाका नयाँ सञ्चालन हुने सञ्चार माध्यम र भएका सञ्चार माध्यमलाई संचालनमा सहयोग पुग्ने विश्वास लिएको विज्ञप्तीमा भनिएको छ । 
 

ताजा

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

लोकप्रिय

सबै

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …

यो पनि

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालको कलालाई संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड

नेपालगन्ज २ मङ्गसिर । उच्च अदालत नेपालगन्ज इजलासका वरिष्ठतम न्यायधिस बामदेव ज्ञवालीले …

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्जमा दुई दिने इस्लामिक कला प्रर्दशनी

नेपालगन्ज, १ मसिंर । अन्तर्राष्ट्रिय इस्लामिक कला दिवस २०२५को अवसरमा नेपालगन्जमा दुई द…

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज, २३ कात्तिक स् बाँके राप्तीसोनारी४ स्थित चुरे पहाडमा रहेको बर्फानी बाबा मन्द…