Pairabi logo

असोज १८, २०८३, आइतबार                    

सम्पत्ती हस्तान्तरणमा समस्या झेल्दै बेपत्ता परिवार

सम्वाददाता

सम्वाददाता

सम्पत्ती हस्तान्तरणमा समस्या झेल्दै बेपत्ता परिवार

बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेका द्धन्द्धपीडितहरुसंग छलफल गरिदै

ADVERTISEMENT

युवराज पाण्डे
नेपालगञ्ज ।  द्धन्द्धकालमा बेपत्ता भएका परिवारलाई दैनिकी एवं सम्पत्ती हस्तान्तरणमा समस्या झेल्नुपरेको छ । बाँके र बर्दियाका बेपत्ता परिवारले जिवकोपार्जन गर्न कठिनाई भएको र जग्गाको स्वामित्व, सम्पत्ती हस्तान्तरण, अंशवण्डा र आर्थिक कारोवार गर्न अप्ठेरो भएको बताएका छन । 

खास गरी द्धन्दकालमा बेपत्ता भएका परिवारलाई जग्गाको  स्वामित्व  लगायत कारोवार गर्न अनेकन समस्या र चुनौती थपीन थालेपछि आवश्यक कागजात जुटाउन गैर कानूनी बाटो अवलम्वन गर्न बाध्य भएका छन ।  आफ्ना आफन्तलाई ‘मृत्यु’ भएको कागजात बनाएर गैर कानूनी बाटो अबलम्वन गर्न बाध्य हुनुपरेको बेपत्ता परिवारको भनाइ छ । 

संक्रमणकालिन न्याय अन्र्तगत बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगले बेपत्ताका विषयलाई टुंगो लगाउन नसकेको अवस्थामा बेपत्ता परिवारले उक्त कदम चालेका हुन । बर्दियाको बारवर्दिया नगरपालिका वडा नं ५ की संगिता थारुले घरमा सम्पत्ती हस्तान्तरण लगायतको समस्याले आफूले मृत्यु दर्ता गरेको जानकारी दिनुभयो । 

‘घरमा असाध्यै दुःख थियो, काजकिरिया गरे र मृत्यु दर्ता गरेको छु’ उहाँले भन्नुभयो ।  नेपालगञ्जकी द्धन्दपीडित तथा बेपत्ता परिवार समाजकी सदस्य चन्द्रकला उप्रेतीले सम्पत्ती हस्तान्तरण लगायतका झन्झटबाट पन्छिन अदालतबाट मृत्यु घोषणा गराएर बेपत्ता परिवारले सुविधा लिन बाध्य भएको उल्लेख गर्नुभयो ।  

कयौं बर्ष पीडामा बितेको उल्लेख गर्दै उहाँले अहिले द्धन्द पीडितले आर्थिक अवस्था कमजोर भएका कारण त्यस्तो सुविधा लिन बाध्यता परेको बताउनुभयो । ‘केही बेपत्ता परिवारका साथीहरुले औषधी खानकै लागि पनि त्यस्तो कदम चाल्नुपरेको छ’उहाँले भन्नुभयो । बाँकेको डुडुवा गाउँपालिकामा एउटा बेपत्ता परिवारले त्यसरी नै सुविधा लिन बाध्य हुनुभएको छ ।  बेपत्ता परिवार अहिले पनि डिप्रेसन लगायतका रोगबाट पीडित अवस्थामा छन । 

उहाँले मुलुकको परिवर्तनका लागि आफ्ना परिवारले योगदान गरेको उल्लेख गर्दै द्धन्दपीडितलाई सरकारले प्रदान गर्ने कुनै पनि सेवा र सुविधाबाट वञ्चित गर्न नहुनेमा जोड दिनुभयो । द्धन्दपीडितलाई संरक्षण गर्ने दायित्व राज्यको भएको जिकिर गर्दै उप्रेतीले अन्य महिलाले पाउने सामाजिक सुरक्षा भत्ता द्धन्द्ध पीडित महिलाले पनि पाउनुपर्ने बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ ‘केही बेपत्ता परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक छ, त्यसैले पनि सरकारले दिने सुविधा लिन उहाँ बाध्य हुनुहुन्छ ।’ बर्दियाको बढैयाताल ८ मयुरबस्तीका द्धन्दपीडित मन बहादुर चौधरीले घरमा रहेको सम्पत्ती भोगचलन गर्न र चलअचल सम्पत्तीलाई उपयोग गर्न श्रीमान बेपत्ता भएका श्रीमतीहरुले मृत्यु दर्ता गर्न थालेको उल्लेख गर्दै नेपालको कानूनले नै मृत्यु दर्तालाई बाध्यकारी बनाएको बताउनुभयो । 

उहाँले यस्तो बाध्यकारी अवस्थाले बेपत्ता परिवार सत्य थाहा पाउने पीडितको अधिकारबाट वञ्चित हुन सक्नेमा जोड दिदै बेपत्ता परिवारको सूचिबाट बेपत्ता भएको परिवारको नाम हटन सक्ने उल्लेख गर्नुभयो । ‘परिवारमा अझै पनि आशा छ, पीडित दैनिक तनाबमा छन यसमा पनि सबैभन्दा पीडित बेपत्ता भएका श्रीमानका श्रीमती पीडित छन’उहाँले भन्नुभयो । 

बेपत्ता भएका परिवार सामाजिक रुपमा पनि अवहेलनाको शिकार भएको भन्दै चौधरीले राम्रो र रातो लुगा लगाउदा पनि उहाँहरुलाई आक्षेप आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बेपत्ता परिवारले चालेको उक्त कदमले बेपत्ता परिवारको परिपुरण र क्षतिपूर्ति प्रभावित हुने अवस्था आउन सक्छ ।’ 

चौधरीले स्वास्थ्य, शिक्षा लगायत आधारभूत आवश्यकता पुरा गर्न पनि बेपत्ता परिवारलाई कठिनाई भएको जानकारी दिदै राज्य जवाफदेही नहुँदा द्धन्द्धपीडितका समस्या बढदै जान थालेको बताउनुभयो । उहाँले भन्नुभयो‘अmभै पनि वास्तविक पीडित पत्ता लाग्न सकेको छैन र यसमा स्थानीय सरकार अझ वढी जिम्मेवार हुन आवश्यक छ ।’ अहिलेसम्म बर्दियामा ३० जना बेपत्ता परिवारले मृत्यु दर्ता गरेको बताइएको छ । 

द्धन्द्धपीडित समिति बर्दियाका संयोजक समेत रहनुभएका चौधरीले जिल्लामा बेपत्ता पारिएका परिवारले कुशको शब बनाएर अन्तिम संस्कारको अभ्यास सुरु गरेको जानकारी दिदै अहिलेसम्म १२ परिवारले अन्तिम संस्कार गरेको बताउनुभयो । परिवार, समाज र आफन्तको दवावका कारण अन्तिम संस्कार गर्ने बाध्यकारी अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले पहिलेको तुलनामा सुविधा लिनका लागि संस्कार गर्ने बढ्दै जान थालेको बताउनुभयो । 

‘धेरैजसो थारु समुदायका हुनुहुन्छ धार्मिक संस्कार र रितिरिवाज अनुसार हामी पनि सहभागि भएर अन्तिम संस्कार गर्छौ’उहाँ भन्नुहुन्छ ।  चौधरीले वि.स २०५९ साल कात्तिक १९ गते आफ्नो दाजु गुमाउनु भएको थियो । जिल्लामा द्धन्द्धकालमा २५० जना बेपत्ता भएको परिवार रहेको छ । द्धन्द्धकालमा ३२८ जनाको जिल्लामा मृत्यु भएको बताइएको छ ।

द्धन्द्धकालमा नेपालमा सबैभन्दा बढी बेपत्ता पारिएका जिल्लामा बर्दिया पर्छ । द्धन्द्धपीडित साझा चौतारीका पूर्व अध्यक्ष भागिराम चौधरीले द्धन्द्धकालमा बेपत्ता भएका परिवारले सामाजिक सुरक्षाका लागि बाध्यतामा परेर मृत्यु दर्ता गरेको उल्लेख गर्दै परिवारमा आर्थिक सुरक्षाका लागि त्यस्तो कदम चालेको बताउनुभयो । 

उहाँले एकल महिलाले भत्ता पाउने तर बेपत्ता परिवारको श्रीमतीले नपाउने अवस्थाले गर्दा पनि अदालतमा धाएर मृत्यु घोषणा गराएर सुविधा लिन बाध्य पारिएको जानकारी दिनुभयो । गम्भिर मानवअधिकार उल्लंघन पीडितहरुको राष्ट्रिय सञ्जालका महासचिव समेत रहनुभएका चौधरीले भन्नुभयो ‘आधारभूत आवश्यक्ता र सामाजिक अवस्थाका कारण मृत्यु दर्ता गराउन बेपत्ता परिवार बाध्य भएका छन’ / 

उहाँले राज्यबाट सुविधा लिनका लागि बेपत्ता परिवारका केही दीदी बहिनी अझै प्रक्रियामा रहेको जानकारी दिदै अदालत गएर मृत्यु घोषणाको मुद्दा लडनुपर्ने बाध्यता चिन्ताजनक भएको टीप्पणी गनुृभयो । 

‘बेपत्ता परिवारको मृत्यु घोषणाका लागि अदालतमा मुद्दा लडने विषय सामान्य कुरा होइन’उहाँले भन्नुभयो । चौधरीले बेपत्ता परिवारको विषय न्यायसँग जोडिएको विषय भएको उल्लेख गर्दै १७ बर्ष समय अवधीमा पनि कुनै प्रगति नभएकाले बेपत्ता परिवार आत्तिएको बताउनुभयो । 

‘बेपत्ता परिवारको विषय राजनीतिक चलखेलको विषय मात्रै बनाइयो’उहाँ भन्नुहुन्छ ।  बर्दियाको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बेपत्ता परिवारका एकल महिलाले भत्ता नपाउने भएकाले कार्यविधि निर्माण गरेर बेपत्ता परिवारका पत्नीलाई रु. २००० भत्ता वितरण गरिएको जानकारी दिनुभयो । 

उहाँले बेपत्ता परिवारले कागजात बनाएर मृत्यु घोषणा गर्दा त्यसले पहिचान गुम्ने खतरा हुने औल्याउदै सो नगरपालिकामा त्यस सम्वन्धी कुनै समस्या नरहेको बताउनुभयो । सरकारले कानूनी प्रावधान अनुसार पतिको मृत्यु भएका जुनसुकै उमेरका महिलालाई रु. २ हजार ६६० समाजिक सुरक्षाका रुपमा भत्ता दिने व्यवस्था रहेको छ । 

बर्दियाको बारवर्दिया नगरपालिका वडा नं ५ का वडाध्यक्ष लाल बहादुर थारु चौधरीले एक जनाको मृत्यु दर्ता भएको र एक जनाको मृत्यु दर्ताको प्रक्रिया अघि बढेको बताउनुभयो । बर्दियाका अधिवक्ता राजकुमार थारुले अहिलेसम्म जिल्लाको गेरुवा गाउँपालिकाको चार मुद्दा हेरेको उल्लेख गर्दै अदालतले न्यायिक मृत्यु घोषणा गरेपछि त्यहाँ पाउने प्रमाणपत्रका आधारमा मृत्यु दर्ता हुने गरेको बताउनुभयो । 

‘वडा कार्यालयबाट पाउने सेवा, सुविधाका लागि बेपत्ता परिवार यस्तो कार्य गर्न बाध्य छन’ उहाँले भन्नुभयो । नेपाल पिस विल्डङ् इनिसेएटीभका कार्यकारी निर्देशक सुबीन्द्र बोगटीले द्धन्द्धपीडितको मुख्य विषय शिक्षा, स्वास्थ्य र रोजगार भएको उल्लेख गर्दै प्रदेश सरकारलाई द्धन्द्धपीडितमैत्री नीति बनाउन सहयोग गरेको बताउनुभयो ।

सो संस्थाले लुम्विनी प्रदेशका बाँके, बर्दिया, दाङ र रोल्पामा द्धन्द्धपीडितका पक्षमा बहस तथा पैरवीको काम गर्दै आएको छ ।  
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…