Pairabi logo

असोज २६, २०८३, सोमबार                    

जानकी गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु

डेक्स

डेक्स

जानकी गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु
ADVERTISEMENT

नेपालगञ्ज २ । मधेसी समुदायको बाहुल्य रहेको बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक यस शैक्षिक सत्रबाट बल्ल ११ कक्षाको अध्ययन सुरु भएको छ । 
नेपालगन्जबाट नजिकै रहेर पनि दुर्गम  क्षेत्रको रुपमा रहेको गाउँपालिकाको वडा नं ४ स्थित जानकी माध्यमिक विद्यालयमा कक्षा ११ को विज्ञान संकायमा अध्ययन सुरु भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण आर्चायले जानकारी दिनुभयो । 
१३ जना मधेसी समुदायका विद्यार्थी भर्ना भएको सो विद्यालयमा ८ जनाले मात्रै नियमित अध्ययन गरिररको जानकारी दिदै प्रधानाध्यापक आर्चायले त्यसका लागि तीन जना शिक्षकको दरबन्दी भएको बताउनुभयो । १३ विद्यार्थीमध्ये ६ जना छात्रा हुन । 
‘हामीले धेरै बर्षदेखि दश जोड दुईको लागि प्रयास ग¥यौ तर अहिले बल्ल सफल भएका छौ’उहाँले भन्नुभयो । जानकी गाउँपालिकाको अनुदानमा सो कक्षा सञ्चालन भएको हो । दरबन्दी भएका शिक्षकलाई प्रतिमहिना रु. ४०००० तलब तोकिएको छ । 
४०० को हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा माध्यमिक तहमा पाँच, निम्न माध्यमिक तहमा तीन शिक्षकको दरबन्दी रहेको छ । 
जानकी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले यस शैक्षिकसत्रदेखि ११ कक्षा सुरु गरिएकोे र अर्को बर्षदेखि १२ कक्षा सुरु भएपछि विद्यार्थी संख्या बढदै जाने बताउनुभयो । 
गाउँपालिकामा ११ कक्षाको अध्ययन सुरु भएको पहिलो पटक हो । मदरसा र गुरुकुल विद्यालय सहित ३९ विद्यालय रहेको सो पालिकामा १४ मदरसा, एउटा गुरुकुल र ६ संस्थागत विद्यालय रहेको जानकी गाउँपालिकाले जनाएको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…