Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपाली कांग्रेसका विभिन्न कार्यालयको शुभारम्भ

डेक्स

डेक्स

नेपाली कांग्रेसका विभिन्न कार्यालयको शुभारम्भ
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ५ मा काँग्रेस क्षेत्र नं १ प्रदेशसभा ‘क’ को कार्यालय, गाउँपालिका कार्यालय र वडा कार्यालयको संयुक्तरुपमा शुभारम्भ भएको छ । सो अवसरमा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले संगठन विस्तारमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति गौडेलले जिल्ला नेतृत्व पार्टीलाई गतिशील, चलायमान र धारिलो संगठन बनाउने अभियानमा लागेकाले त्यही अनुसार कार्यकर्ताहरु पनि लाग्नुपर्ने बताए । उनले भने–‘पार्टीलाई चलायमान र गतिशील बनाउन तपाईंहरुको भूमिका पनि महत्वपूर्ण छ । संगठन चुस्तदुरस्त बनाउने अभियानमा जसले सक्रियता र क्रियाशीलता देखाउँछ उसको पार्टीले उचित समयमा उचित मूल्यांकन गर्नेछ ।’

उनले नेपाली काँग्रेस नै मुलुकको विकास र सम्बृद्धि गर्ने पार्टी भएकाले ढुक्क भएर पार्टीका गतिविधिमा क्रियाशील हुन आग्रह गरे । ‘यहाँ धेरै थरिका विचार र भावनाहरु पोख्नेहरु छन् । आवेश र कुन्ठा अनि आक्रोश पोख्नेहरु छन् । यसले न पार्टीलाई हित गर्छ न त विकास र सम्बृद्धिलाई । त्यसैले मेरो आग्रह छ, पार्टी बनाउने र यहाँको पालिकालाई सम्बृद्ध बनाउन रचनात्मक सहयोग र सहकार्य गरौं,ु उनले भने । यस्तै नेपाली काँग्रेस बाँकेका सचिव सुधान्शु कोइरालाले पार्टीलाई अगाडि बढाउन गुट उपगुटमा अल्झिन नहुने बताए । उनले चुनावको बेला समूह बन्नु फरक भएपनि चुनावपछि भने गुटउपगुटमा अल्झिन नहुने र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए ।

कार्यक्रममा जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले पार्टीलाई एक बनाउन सबैले आफ्नो स्वार्थ त्याग्नुपर्ने बताए । यस्तै निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्रीले गाउँगाउँमा पार्टीका गतिविधिहरुलाई क्रियाशील बनाएर लैजानुपर्ने सुझाव दिए । पछिल्ला दिनमा पार्टीप्रतिको विश्वास कार्यकर्तामा गुम्दै गएको भन्दै उनले विश्वास भर्ने काम सबै तहतप्का बाट हुन जरुरी रहेको बताए ।

महाधिवेशन प्रतिनिधि लाहुराम थारुले पार्टीबाट प्रतिनिधित्व गरेर स्थानीय सरकारले नेतृत्व गरेकाहरुले पार्टीलाई पनि जोड्नुपर्ने बताए । महासमिति सदस्य महावीर वलीले पार्टीलाई एक ढिक्का बनाउन सबैलाई मिलाएर लैजानुपर्ने सुझाव दिए । वडा सभापति बालकिसुन थारुको सभापतित्वमा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य राप्तीसोनारी गाउँपालिकाका सभापति भीम रानाले राखेका थिए ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…