Pairabi logo

असोज १५, २०८३, बिहीबार                    

डिजिटल प्रविधी र मिडिया कार्यशाला

डेक्स

डेक्स

डिजिटल प्रविधी र मिडिया कार्यशाला
ADVERTISEMENT

नेपालगन्ज २८, असोज । डिजिटल प्रविधी र मिडिया बारे दुईदिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । पत्रकारहरुले डिजिटल प्रविधीको प्रयोग, सञ्चार सामाग्री उत्पादन तथा प्रकाशन, सामाजिक सञ्जालको प्रयोग, खोजमुलक रिपोटिङ्गमा सूचनाको हकको प्रयोग र पत्रकार आचारसंहिताका विषयमा क्षमता अभिबृद्धि गर्न कार्यशाला संचालन गरिएको हो । 

युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत दुईदिने कार्यशाला शुरु भएको छ । 

कार्यशालाको आज शुभारम्भ गर्दै उच्च अदालत नेपालगन्ज इजलासका न्यायधिस टंक गुरुङ्गले पत्रकार भनेको समाजको ऐना भएकाले सम्बेदनशिल भएर पेशा व्यवसाय गर्नुपर्नेमा जोड दिदै कानूनको मापदण्डलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नागरिकले बढी विश्वास गर्ने भएकाले पत्रकारले सत्य तथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै सबै क्षेत्र वर्ग समुदायको सम्बेदशिलता बुझेर मात्र पत्रकारिता गर्न आवहान गर्नुभयो ।

न्यायधिस गुरुङ्गले अदालती तथा कानूनसंग जोडिएको विषयमा समाचार सम्पे्रषण गर्दा भाषा र कानूनी टर्मलोजीलाई बढी ध्यान दिनुपर्ने बताउनुभयो । सूचना तथा डिजिटल प्रविधी विज्ञ टंकराज अर्यालले अहिले डिजिटल प्रविधीको प्रयोग गर्दा नागरिकले प्रयोग गर्ने विभिन्न डिभाइसको सुरक्षाका लागि खासै ध्यान नदिएकाले विभिन्न टिजिटल समस्या निम्त्याउने गरेको बताउनुभयो । 

तालिममा प्रविधी अधिकार, साइबर कानून, मिडिया र डिजिटल प्रविधी, पत्रकारितामा डिजिटल प्रविधीको प्रयोग, सामाजिक सञ्जाल, फोटो, भिडियो, खोजमुलक रिपोर्टिङ्गमा सूचनाको हकको प्रयोग, सार्वजनिक सरोकारको सवाल, पत्रकार आचारसंहिता लगायतका विषयमा टंकराज अर्याल, अधिबक्ता विश्वजित तिवारी, पत्रकार कृष्ण अधिकारी, राकेशकुमार मिश्र र रुपा गहतराजले सहजीकरण गर्ने संस्थाका प्रोग्राम म्यानेजर रविन्द्रकुमार ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम संचालन गरेको छ । 
–––

ताजा

सबै

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…