Pairabi logo

असोज १८, २०८३, आइतबार                    

विपद जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत परिचालनवारे कानुनी समस्या

डेक्स

डेक्स

विपद जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत परिचालनवारे कानुनी समस्या
ADVERTISEMENT

नेपालगञ्ज । कानुन अभावले विपद जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत परिचालनमा समस्या देखिएको छ । नेपालगञ्जमा भएको दुई दिने विपद जोखिम व्यवस्थापनका लागि अन्तर–प्रदेश स्रोत परिचालन कार्यशालामा सरोकार भएकाले आवश्यक कानुन र कार्यविधि निर्माणका लागि सरकारलाई सुझाब समेत दिएका छन । उनीहरुले पूर्व तयारी, खोज उद्दार र प्रतिकार्यमा सहकार्य गर्न अन्तर–प्रदेश संयुक्त आपतकालीन कोष खडा गर्नुपर्नेमा समेत जोड दिएका छन ।

लुम्बिनी प्रदेश गृह मन्त्रालयको आयोजना र भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को सहयोगमा भएको कार्यशाला गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सरोकार भएकाको सहभागिता रहेको छ । कार्यशालामा स्रोतलाई केन्द्रिकृत गर्न सहयोग पुर्याई प्रयोगकर्ताहरूलाई स्रोतहरू ९मौद्रिक, भौतिक, जनशक्ति वा अन्य स्रोत० को अधिकतम् लाभ वा जोखिम न्यूनीकरण गर्ने विषयमा छलफल गरिएको थियो । विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्टिय एकिकृत सूचना व्यस्थापन प्रणलीका उप सचिव कृष्ण गैरेले विपदका विषयमा स्थानीय तहलाई अधिकार दिइएको उल्लेख गर्दै संघले समन्वयकारी भूकिा निर्वाह गर्ने बताउनुभयो । लुम्विनी प्रदेश गृह मन्त्रालयका उपसचिव यम बहादुर कुँवरले पहाडी क्षेत्रमा विपदको उच्च जोखिम रहेको उल्लेख गर्दै सिमुलेसले कार्यविधीको परीक्षण गरिएको बताउनुभयो । नेपाल सरकारका पूर्व सचिव एवम् विषय विज्ञ शंकर कोइरालाले विपदको जोखिम हुने क्षेत्रमा एउटा प्रदेशले् अर्को प्रदेशलाई सहयोग गर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल भएको जानकारी दिदै खो तथा उद्धार र राहत लगायतका विषयमा अन्त प्रदेश समन्वयमा जोड दिइएको बताउनुभयो । कर्णली प्रदेशको आन्तरिक तथा कानून मन्त्रालयका अधिकृत कृष्ण बहादुर रोकायाले भूगोलको हिसावले कठिन भएकाले विपदका कारण ठूलो धनजनको क्षति हुने गरेको जानकारी दिदै अन्तर प्रदेश सम्वन्य र रहकार्य आवश्यक भएको बताउनुभयो । धेरै अध्ययन र विपद् प्रभाव मोडेलहरूले नेपालमा प्रकोपबाट गम्भीर प्रभाव पार्ने अनुमान गरेका छन् । डरहम युनिभर्सिटीले गरेको एउटा अध्ययनले विभिन्न म्याग्निच्युड प्रयोग गरी भूकम्पको प्रभावको अनुमान गरेको छ । अध्ययनको एक अनुमानित परिदृश्यले पश्चिम क्षेत्रका विभिन्न प्रान्तमा प्रभावसहित ७.८ म्याग्निच्युडको भूकम्पको सम्भावना देखाएको छ । भूकम्पको सम्भावित परिदृश्यमा क्षतिग्रस्त सडक, ट्रेल र पुलहरूका कारण पश्चिम क्षेत्रमा पहुँच नराम्ररी प्रभावित हुने अनुमान गरिएको छ । मध्यमदेखि ठूला स्तरका घटनाहरू भएमा स्थानीय स्रोतहरूले बढ्दो माग पूरा गर्न नसक्ने भएकाले भौगोलिक र प्रशासनिक सिमाना भन्दा बाहिरको सहयोग चाहिने भन्दै अन्तर–प्रदेश स्रोत परिचालनमा जोड दिइएको छ । कार्यशालामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट करिव ६० जनाको सहभागिता रहेको थियो ।

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…