Pairabi logo

कात्तिक ०५, २०८३, बुधबार                    

क्यान्सर पिडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील

डेक्स

डेक्स

क्यान्सर पिडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील
ADVERTISEMENT

नेपालगञ्जका स्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधीरहनु भएको छ । ६९ वर्षिय वरिष्ट कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहीले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचाररत हुनुहुन्छ ।

हस्तकला, चित्रकला, गीत÷संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार सिंह ठकुरी यतीबेला मृत्यूसँग संर्घषरत हुनुहुन्छ । सिंहले नेपालगञ्ज– ९ बाँकेगाउँस्थित आफनो घरको दोस्रो तलाका चार कोठालाई वर्षौदेखि संग्राहलय बनाउनु भएको छ ।  कला पारखी , शुभेच्छुक एवं आम नागरिकका लागि उहाँले निशुल्क अवलोकनको अवसर दिदै आउनु भएको थियो ।

संग्रहालयमा सिंहद्धारा सिर्जीत हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् । जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतीबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान सम्मान, प्रमाण पत्र सयौं छन् तर यतीबेला उहाँलाई आर्थिक सहयोग चाहिएको छ ।

आर्थिक सहयोग गेरर बाबाको जीवन बचाइ दिन छोरा सागरले अपील गर्नु भएको छ ।  सहयोगका लागि श्यामानन्द सिंह, ग्लोवल आइएमइ बंैक खाता न ०२१०८०१००००२९४ र इसेवा आईडी ९८४८०१८८२७, खल्ती आईडी ९८५१०३९४२७ मा जम्मा गर्न सक्नु हुने छ । 

क्यान्सरले थलीएका ठकुरीको अन्तिम इच्छा र कामना छ – घरको संग्राहलयलाई राज्यले संरक्षण गरेर कहीं स्थापीत गरिदियोस् ।  झन्डै सय सडक नाटक लेखन र अभिनय गरिसक्नु भएका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गर्नु भएको थियो ।

सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो । 


 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…