Pairabi logo

माघ ०९, २०८२, बिहीबार                    

बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

डेक्स

डेक्स

बाँकेको नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग
ADVERTISEMENT

नेपालगञ्ज  । बाँकेको बैजानाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग उद्योग बाणिज्य संघ, नेपालगञ्जले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले यसको व्यवस्थापनबाट उद्योगीका केही समस्या समाधान हुने बताए । 
उद्योगी तथा व्यवसायीहरुले वि.स २०७२ सालमा स्थापना भएको सो औद्योगिक क्षेत्र वि.स २०७७ मा शिलान्यास भएपनि अहिलेसम्म कुनै प्रगति नभएको भन्दै नेपालगन्जमा रहेको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) उदघाटन भएको लामो समयसम्म पनि सञ्चालन नभएकाले अविलम्व सञ्चालन गर्न आग्रह गरेका छन । 
बाँकेमा जडीबुटीमा आधारित औषधी उद्योग स्थापना गर्ने वातावरण बनाउन माग गर्दै उनीहरुले नेपालबाट नियमित रुपमा निर्यात भइरहेका १२ प्रकारका जडीबुटीलाई भारतको प्लान्ट क्वारेन्टाइनले सूचिकृत नगरेकाले व्यवासीयले तराई, पहाड र हिमालबाट संकलन भएर प्रशोधन समेत भएको जडीबुटी नेपालगञ्ज लगायतका क्षेत्रमा थन्कीएकाले समस्या समाधान गर्न माग गरेका छन । 
सो अवससरमा उद्योग वाणिजय तथा आपूर्ति मन्त्री रमेश रिजालले मुलुकमा देखिएको अर्थतन्त्रको संकटको समस्या लामोसमयसम्म नजाने उल्लेख गर्दै उद्योगी तथा व्यवसयीलाई निराश नहुन आग्रह गर्नुभयो । 
‘यो मुलुक सबैको साझा हो, निराश हुनपर्ने आवश्यकता छैन’ उहाँले भन्नुभयो । 
मन्त्री रिजालले नौबस्ता क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भिर भएको उल्लेख गर्दै छलफल गरेर टुंगोमा पुग्ने बताउनुभयो । 
उहाँले भन्नुभयो‘ सरकार उद्योगी तथा व्यवसायीलाई सबै प्रकारको सुविधा उपलब्ध गराउछ’
मन्त्री रिजालले नौबास्ता क्षेत्रमा न्यूनतम शुल्कमा उद्योगी तथा व्यवसायीलाई जग्गा उपलब्ध गराउनेमा जोड दिदै सुन, चाँदी र जडीबुटीमा देखिएका समस्यालाई पनि सम्वोधन गरिने बताउनुभयो । 
उद्योग बाणिज्य, महासंघका केन्द्रीय सदस्य अबदुल वाहिद मनसुरीले उद्योगी तथा व्यवसायी पीडामा हुँदा सरकारले प्रभावकारी कदम चाल्न नसकेको गुनासो गर्नुभयो । 
उद्योग बाणिज्य संघ, नेपालगञ्जका अध्यक्ष टेक बहादुर धामीले भन्सार नीति सच्चाउन र जमुनाह नाकालाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 
संघका उपाध्यक्ष चिरञ्जिवी ओलीले सरकारको नीतिका कारण उद्योगी तथा व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउनुभयो । 
उक्त अवसरमा मन्त्री रिजाललाई उद्योगीका विभिन्न समस्यासँग सम्वन्धित रहेर उद्योग बाणिज्य संघ, नेपालगञ्जले ज्ञापनपत्र बुझाएको थियो । 
 

ताजा

सबै

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

लोकप्रिय

सबै

स्थानीय तहले लैङ्गिक हिंसा न्युनीकरण गर्न कानून बनाउनुपर्नेमा जोड

नेपालगन्ज, ५ माघः महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहले …

बाँकेको खजुरा र जानकीमा महिला हिंसा न्युनीकरण गर्न नीति कार्यन्वयन

नेपालगन्ज ४ माघ । बाँकेको खजुरा र जानकी गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने…

बढैयाताल गाउँपालिकामा ‘पुर्नस्थापना तथा सेवा कोष ऐन’ सार्वजनिकीकरण

बर्दिया ६ माघ । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको…

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…