Pairabi logo

असोज २६, २०८३, सोमबार                    

आत्महत्याको रोकथाम कसरी गर्ने ?

डेक्स

डेक्स

आत्महत्याको रोकथाम कसरी गर्ने ?
ADVERTISEMENT

आज सेप्टेम्बर १० तारीखका दिन संसारभरी विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ। यसको मुख्य उद्देश्य विश्वमा आत्महत्या बारे जनचेतना एवं जागरुकता फैलाउनु तथा यस सम्बन्धि समाजमा विद्यमान भ्रमहरुलाई निर्मूल पारी यसको रोकथाम तथा न्यूनीकरण गर्नु हो।

यसवर्ष पनि “कार्यमार्फत आशाको सिर्जना” भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस २०२३ मनाइंदैछ।आत्महत्या विश्वकै एउटा जटिल मनोसामाजिक समस्या हो। यो शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक तथा पारिवारिक कारणहरुको समिश्रणले हुने गर्दछ।

विश्वमा बर्षेनी करीब ७ लाखभन्दा बढी व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गर्दछ।नेपालमा हरेक दिन १९ जनाभन्दा बढी व्यक्तिहरुले आत्महत्या गरेर आफ्नो ज्यान गुमाईरहेका छन्। कोरोना महामारीपश्चात आत्महत्या गर्ने युवाहरुको संख्या असामान्यरुपमा बढीरहेको छ।

समयमै सतर्कता अपनाउने हो भने धेरै हदसम्म आत्महत्याको रोकथाम गरी ती व्यक्तिहरुलाई नयाँजीवन प्रदान गर्न सकिन्छ। प्रायःजसो आत्महत्याका घटनाहरु क्षणिक रूपमा नभई योजनाबद्धरूपमा हुने गर्दछन र आत्महत्या गर्ने व्यक्तिहरुले केही पूर्वसंकेत पनि दिने गर्दछन।जसको सहायताले व्यक्तिको पहिचानगरी आत्महत्याको रोकथाम गर्न सकिन्छ।

आत्म हत्याका संकेतहरु :
 आत्महत्याको बारेमा पटक पटक कुरा गरिरहनु, योजना बनाउनु वा कोशिश गर्नु।
 आफु, संसार तथा भविष्यप्रति नकारात्मक दृष्टिकोण हुनु, जीवनबाट अत्यन्त निराश हुनु।
 बिना सोचविचार ठूलाठूला अपरिपक्क निर्णयहरुलिनु वा कुनै निर्णय लिन नसक्नु।
 बिनाकारण निन्द्राको औषधि, विषालु पदार्थ, डोरी तथा हातहतियार किनेर राख्नु।
 आफुलाई हानि पुर्याउने जोखिमपूर्ण कार्यहरु गर्नु वा पटक पटक आत्महत्या गर्ने धम्की दिनु।
 एक्कासी धेरै खुशी वा दुखी हुनु, व्यवहारमा असामान्य परिवर्तन देखिनु, अत्याधिक नशालु पदार्थ सेवन गर्नु।
 आफ्ना सरसमानहरु बाड्नु,अन्तिम इच्छा लेख्नु र परिवार तथा साथीभाईहरुलाई विदाई भेटगर्नु।

आत्महत्या रोकथामका उपायहरु : 
 आत्महत्या गर्ने जोखिममा रहेका व्यक्तिहरुको पहिचान गर्ने र आवश्यक सतर्कता अपनाउने।
 आत्महत्या कुनै समस्याको समाधान होइन बरु झन्समस्या थपिन्छ भन्ने कुरा बुझाउन कोशिश गर्ने।
 पटकपटक आत्महत्याको सोच वा कोसिस गरेमा यथाशीर्घ मनोरोग विशेषज्ञलाई देखाउने।
 धेरै दुख वा पीडामा भएका व्यक्तिहरुलाई समाज तथा परिवारले चाहिने साथ र सहयोग गर्ने।
 सरकारले आत्महत्या रोकथामसम्बन्धी दीर्घकालीन राष्ट्रिय नीति तथा कार्ययोजना बनाई लागू गर्ने।
 समाजमा जातपात, भेदभाव जस्ता असामाजिक तत्वहरुलाई निर्मूलपारी सामाजिक सद्भाव कायम गर्ने।
 सरकारले आत्महत्या दुर्रुत्साहन गर्ने र गराउने माथि कडा कानूनी कारवाहीको व्यवस्था गर्ने।
 सरकारले सामाजिक संजालमार्फत आत्महत्याको गलत प्रचार प्रसारलाई नियंत्रण गर्ने।
 स्थानीयस्तरमा प्रत्येक वडामा एक जना तालीम प्राप्त मनोपरमर्शदाताको व्यवस्था गर्ने।
 जाँड रक्सी तथा अन्य नशालु पदार्थहरुको सेवनलाई नियन्त्रण गरी नशामुक्त समाज निर्माण गर्ने।
 मानसिक स्वास्थ्य समस्याहरुको समयमै मनोरोग विशेषज्ञसंग उचित औषधि उपचार गराउने।

आत्महत्याले परिवार,समाज, देश र विश्वलाई नै गम्भीर रूपमा प्रभावित पार्दै गइरहेकोछ। साथै समाजले यसले गर्दा थुप्रै प्रतिभाशाली व्यक्तिहरुलाई गुमाइरहेको आवस्था छ।

हाम्रो समाज र सरकार चनाखो भए यस्ता व्यक्तिहरुलाई हामी समयमै सहयोग गरी उनीहरुको अमूल्य जीवनलाई बचाउन सफल हुन्सक्दछौं। (लेखक :नेपालगन्ज मेडिकल कलेजका नशा, यौन तथा मनोरोग विशेषज्ञ  (न्यूरोसाइकियाट्रिस्ट) हुनुहुन्छ) 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…