Pairabi logo

असोज १८, २०८३, आइतबार                    

बाँकेका चार पालिकाबाट मानब बेचविखन विरुद्धको कार्य सुरु

डेक्स

डेक्स

बाँकेका चार पालिकाबाट मानब बेचविखन विरुद्धको कार्य सुरु
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा स्थानीय तहले मानवबेचविखन विरुद्धको कार्य सुरु गरेका छन । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र  खजुरा गाउँपालिकामा कार्यविधि बनाएर कार्यक्रम सुरु भएको आज यहाँ आयोजना भएको अन्र्तराष्ट्रिय मानबबेचविखन विरुद्धको दिवसमा जानकारी दिइएको हो । 

लुम्विनी प्रदेशसभाका सदस्य कृष्णा केसीले प्रदेश सरकारले मानव बेचविखन विरुद्ध प्रभावकारी काम गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार मानबबेचविखन विरुद्धको काममा पछि परेको बताउनुभयो । खजुरा गाउँपालिकाका अध्यष डम्मर विकले मानब बेचविखन विरुद्धको कार्य संठित अपराध भएकाले यस कार्यका पीडक कसैका पक्षमा बोल्न नहुने उल्लेख गर्दै सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । 

बैजानाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष निर्मला रोकायाले महिलालाई आर्थिक शशक्तीकरणसँग जोडन आग्रह गर्द पालिकासँग प्रयाप्त बजेट नहुने भएपनि यस बिषयमा परामर्श भइरहेको बताउनुभयो ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा केही पालिकाले मात्रै कार्य गर्नुुले जिल्लामा हुने मानब बेचविखन विरुद्धको कार्य प्रभावकारी हुन नसकेको भन्दैे जिल्लामा बिभिन्न नाका भएपनि सबै संघ संस्था जमुनाहा नाकामा मात्र सिमीत हुँदा अन्य नाकाबाट पनि मानब बेचविखन कार्य हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।  

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद शर्माले मानब बेचविखन विरुद्धको अभियानमा सबै स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिदै जिल्लाका पुनः स्थापना गृह मापदण्ड विपरित भएको बताउनुभयो । मानब बेचविखन विरुद्धका अभियन्ता केशव कोइरालाले मानव बेचबिखन विरुद्ध पालिकास्तरमा संरचना निर्माण भएपनि कार्यान्वयनमा चुनौती भएको उल्लख गर्दै बयस्क मनोरन्जन क्षेत्रको अनुगमन तथा व्यवस्थापन निर्देशिका निर्माण भएको जानकारी दिनुभयो ।  

‘नीति नभएका कारण देश बाहिरका पिडितलाई उद्धार गर्न गाह्रो भएको र उद्धार संयन्त्रको राज्यले कल्पना गरेको भएपनि काम हुन सकेको छैन ।’उहाँले भन्नुभयो । 

यसरी अन्तराष्ट्रिय दिवस मनाउने पर्ने आवश्यकतामा बारेमा वितरक हाम्रो सम्मान परियोजनाका उपप्रमुख टंक राज आर्यालले अन्तराष्ट्रिय स्तरमा करिब साढे दुई लाख मानव बेचविखनका पीडितहरूको पहिचान पश्चात दिवस मनाउने सुरु गरिएको बताउनुभयो। उपप्रमुख आर्यालले भन्नुभयो, मानव बेचविखन भनेको निकै ठुलो विषय भएको हुँदा यसलाई दिवसका रूपमा मनाउने पर्ने हुन्छ, उद्देश्यका रूपमा हेर्दा मानव बेचविखनका विषयमा जानकारी गराउन लगायतका विषयहरूलाई सम्बोधनका लागि हुने गर्दछ । 

मानव बेचविखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष सिंह राठौरले बाँके अन्य जिल्ला भन्दा अलि बढी संवेदनशिल जिल्ला भएको कारणले आफुहरूले यसमा खेल्नु पर्ने सकारात्मक भूमिका खेल्दै आएको बताउनुभयो । 

राठोरले खासगरी सामाजिक संजालले युवा पुस्तालाई गलत कार्यमा सक्रिय बनाएका कारण समाजमा अपराधका घटना बढेको बताउनुभयो । लुम्विनी प्रदेशको रुपन्देहीका तीन, कपिलवस्तुका तीन, बर्दियाका तीन स्थानीय पालिकाले मानब बेचविखन विरुद्धको कार्य सुरु गरेका छन । 

 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

वरिष्ठ अधिवक्ता उपाधि वितरण मापदण्ड व्यवस्थित र वस्तुनिष्ठ हुनुपर्नेमा जोड

नेपालगञ्ज १४ असोज । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने हालको मापदण्डलाई समयानुकूल प…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…