Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बाँकेका चार पालिकाबाट मानब बेचविखन विरुद्धको कार्य सुरु

डेक्स

डेक्स

बाँकेका चार पालिकाबाट मानब बेचविखन विरुद्धको कार्य सुरु
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा स्थानीय तहले मानवबेचविखन विरुद्धको कार्य सुरु गरेका छन । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र  खजुरा गाउँपालिकामा कार्यविधि बनाएर कार्यक्रम सुरु भएको आज यहाँ आयोजना भएको अन्र्तराष्ट्रिय मानबबेचविखन विरुद्धको दिवसमा जानकारी दिइएको हो । 

लुम्विनी प्रदेशसभाका सदस्य कृष्णा केसीले प्रदेश सरकारले मानव बेचविखन विरुद्ध प्रभावकारी काम गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार मानबबेचविखन विरुद्धको काममा पछि परेको बताउनुभयो । खजुरा गाउँपालिकाका अध्यष डम्मर विकले मानब बेचविखन विरुद्धको कार्य संठित अपराध भएकाले यस कार्यका पीडक कसैका पक्षमा बोल्न नहुने उल्लेख गर्दै सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । 

बैजानाथ गाउँपालिकाका कार्यवाहक अध्यक्ष निर्मला रोकायाले महिलालाई आर्थिक शशक्तीकरणसँग जोडन आग्रह गर्द पालिकासँग प्रयाप्त बजेट नहुने भएपनि यस बिषयमा परामर्श भइरहेको बताउनुभयो ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा केही पालिकाले मात्रै कार्य गर्नुुले जिल्लामा हुने मानब बेचविखन विरुद्धको कार्य प्रभावकारी हुन नसकेको भन्दैे जिल्लामा बिभिन्न नाका भएपनि सबै संघ संस्था जमुनाहा नाकामा मात्र सिमीत हुँदा अन्य नाकाबाट पनि मानब बेचविखन कार्य हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।  

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद शर्माले मानब बेचविखन विरुद्धको अभियानमा सबै स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिदै जिल्लाका पुनः स्थापना गृह मापदण्ड विपरित भएको बताउनुभयो । मानब बेचविखन विरुद्धका अभियन्ता केशव कोइरालाले मानव बेचबिखन विरुद्ध पालिकास्तरमा संरचना निर्माण भएपनि कार्यान्वयनमा चुनौती भएको उल्लख गर्दै बयस्क मनोरन्जन क्षेत्रको अनुगमन तथा व्यवस्थापन निर्देशिका निर्माण भएको जानकारी दिनुभयो ।  

‘नीति नभएका कारण देश बाहिरका पिडितलाई उद्धार गर्न गाह्रो भएको र उद्धार संयन्त्रको राज्यले कल्पना गरेको भएपनि काम हुन सकेको छैन ।’उहाँले भन्नुभयो । 

यसरी अन्तराष्ट्रिय दिवस मनाउने पर्ने आवश्यकतामा बारेमा वितरक हाम्रो सम्मान परियोजनाका उपप्रमुख टंक राज आर्यालले अन्तराष्ट्रिय स्तरमा करिब साढे दुई लाख मानव बेचविखनका पीडितहरूको पहिचान पश्चात दिवस मनाउने सुरु गरिएको बताउनुभयो। उपप्रमुख आर्यालले भन्नुभयो, मानव बेचविखन भनेको निकै ठुलो विषय भएको हुँदा यसलाई दिवसका रूपमा मनाउने पर्ने हुन्छ, उद्देश्यका रूपमा हेर्दा मानव बेचविखनका विषयमा जानकारी गराउन लगायतका विषयहरूलाई सम्बोधनका लागि हुने गर्दछ । 

मानव बेचविखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष सिंह राठौरले बाँके अन्य जिल्ला भन्दा अलि बढी संवेदनशिल जिल्ला भएको कारणले आफुहरूले यसमा खेल्नु पर्ने सकारात्मक भूमिका खेल्दै आएको बताउनुभयो । 

राठोरले खासगरी सामाजिक संजालले युवा पुस्तालाई गलत कार्यमा सक्रिय बनाएका कारण समाजमा अपराधका घटना बढेको बताउनुभयो । लुम्विनी प्रदेशको रुपन्देहीका तीन, कपिलवस्तुका तीन, बर्दियाका तीन स्थानीय पालिकाले मानब बेचविखन विरुद्धको कार्य सुरु गरेका छन । 

 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

ग्रामिण समुदायका महिला अझै हिंसा पिडित

नेपालगन्ज १६ मसिंर । अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि …