Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

संगठन सुदृढिकरणमा जोड

डेक्स

डेक्स

संगठन सुदृढिकरणमा जोड
ADVERTISEMENT

नेपालगन्ज ३१ असार । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको क्रियाशिल सदस्यको भुमिका प्रभावकारी बनाउन जोड दिनुभएको छ । नेपाली कांग्रेस डुडुवा गाउँपालिकाको प्रथम पालिकास्तरिय सम्मेलनलाई आज आइतबार सम्बोधन गर्दै सहमहामन्त्री राठौरले स्थानीयस्तरमा रहेका क्रियाशिल सदस्यले आफ्नो भुमिका नबुझेर पार्टीको संगठन सुदृढिकरण हुन नसकेको बताउनुभयो । 

सहमहामन्त्री राठौरले व्यक्ती भन्दा पनि पार्टीको नीति र विचारमा अघि बढन सुझाव दिदै कसैको दबाब र लोभ लालचमा कुनै पनि कार्यक्रता विक्नु हुदैन भन्नुभयो, उहाँले भन्नुभयो, “नेपाली काँग्रेस लामो इतिहास बोकेको पार्टी हो, यसमा धेरै कार्यक्रता नेताहरु छन, तर सबैले टिकट पाउन्दैनन । टिकट नपाउनेले गर्ने अन्तरघातले संगठन सिधिने छ ।” जनताका समस्या बुझ्ने, दुःख सुखमा साथ दिने नेता कार्यकर्ता भएमा मात्र जनताका प्यारो बन्न सकिने भएकाले संगठन बनाउनेतर्फ लाग्न सबै कार्यक्रतालाई आग्रह गर्नुभयो । 

प्रतिनिधीसभा सदस्य समेत रहनुभएका नेता राठौरले कसैलाई ब्यक्ती मन नपर्न पनि सक्छ, तर पार्टी त चाहिन्छ, त्यसैले पार्टीको हितविपरित कसैलाई जान मिल्दैन, व्यक्ती गलत छ भने छलफल गर्न मिल्ने उहाँले सुझाव दिनुभयो । 

नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले अहिले देशकै पहिलो पार्टीको रुपमा रहेको कांग्रेसका नीती नियम र विधानलाई मानेर सबै कार्यक्रतालाई अघि बढन जोड दिदै पार्टीले विकास निमार्णसंगै समाबेशी मुद्दालाई बिशेष जोड दिएको बताउनुभयो । 
सम्मेलनमा पार्टीका लुम्विनी प्रदेश सचेतक सांसद जन्मजय तिम्लिसेना, बाँके सभापति नारायण प्रसाद गौडेल, महासमिति सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, राजकुमार बर्मा, नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्य, क्षेत्र नंं २ प्रदेश (क)का सभापति तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपाली कांग्रेस बाँकेका पुर्व सभापति तथा पुर्व मन्त्री गजेन्द्र हमाल, क्षेत्र नंं २ का सभापति रमेश गुप्तालगायतले बोल्नुभएको थियो । 
काँग्रेस डुडुवा गाउँपालिका सभापति विजयकुमार यादवको अध्यक्षतामा सम्पन्न सम्मेलनमा लिलावती यादवले स्वागत गर्नुभएको थियो । नेपाली कांग्रेस प्रदेश सभा (क) का सचिव बेलबहादुर बोहराले संचालन गरेको सम्मेलनमा गाउँपालिकाका ६ वटै वडाका करिब सात सय क्रियाशिल सदस्य, कार्यक्रताहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…