Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

संगठन सुदृढिकरणमा जोड

डेक्स

डेक्स

संगठन सुदृढिकरणमा जोड
ADVERTISEMENT

नेपालगन्ज ३१ असार । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको क्रियाशिल सदस्यको भुमिका प्रभावकारी बनाउन जोड दिनुभएको छ । नेपाली कांग्रेस डुडुवा गाउँपालिकाको प्रथम पालिकास्तरिय सम्मेलनलाई आज आइतबार सम्बोधन गर्दै सहमहामन्त्री राठौरले स्थानीयस्तरमा रहेका क्रियाशिल सदस्यले आफ्नो भुमिका नबुझेर पार्टीको संगठन सुदृढिकरण हुन नसकेको बताउनुभयो । 

सहमहामन्त्री राठौरले व्यक्ती भन्दा पनि पार्टीको नीति र विचारमा अघि बढन सुझाव दिदै कसैको दबाब र लोभ लालचमा कुनै पनि कार्यक्रता विक्नु हुदैन भन्नुभयो, उहाँले भन्नुभयो, “नेपाली काँग्रेस लामो इतिहास बोकेको पार्टी हो, यसमा धेरै कार्यक्रता नेताहरु छन, तर सबैले टिकट पाउन्दैनन । टिकट नपाउनेले गर्ने अन्तरघातले संगठन सिधिने छ ।” जनताका समस्या बुझ्ने, दुःख सुखमा साथ दिने नेता कार्यकर्ता भएमा मात्र जनताका प्यारो बन्न सकिने भएकाले संगठन बनाउनेतर्फ लाग्न सबै कार्यक्रतालाई आग्रह गर्नुभयो । 

प्रतिनिधीसभा सदस्य समेत रहनुभएका नेता राठौरले कसैलाई ब्यक्ती मन नपर्न पनि सक्छ, तर पार्टी त चाहिन्छ, त्यसैले पार्टीको हितविपरित कसैलाई जान मिल्दैन, व्यक्ती गलत छ भने छलफल गर्न मिल्ने उहाँले सुझाव दिनुभयो । 

नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले अहिले देशकै पहिलो पार्टीको रुपमा रहेको कांग्रेसका नीती नियम र विधानलाई मानेर सबै कार्यक्रतालाई अघि बढन जोड दिदै पार्टीले विकास निमार्णसंगै समाबेशी मुद्दालाई बिशेष जोड दिएको बताउनुभयो । 
सम्मेलनमा पार्टीका लुम्विनी प्रदेश सचेतक सांसद जन्मजय तिम्लिसेना, बाँके सभापति नारायण प्रसाद गौडेल, महासमिति सदस्य तथा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, राजकुमार बर्मा, नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्य, क्षेत्र नंं २ प्रदेश (क)का सभापति तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपाली कांग्रेस बाँकेका पुर्व सभापति तथा पुर्व मन्त्री गजेन्द्र हमाल, क्षेत्र नंं २ का सभापति रमेश गुप्तालगायतले बोल्नुभएको थियो । 
काँग्रेस डुडुवा गाउँपालिका सभापति विजयकुमार यादवको अध्यक्षतामा सम्पन्न सम्मेलनमा लिलावती यादवले स्वागत गर्नुभएको थियो । नेपाली कांग्रेस प्रदेश सभा (क) का सचिव बेलबहादुर बोहराले संचालन गरेको सम्मेलनमा गाउँपालिकाका ६ वटै वडाका करिब सात सय क्रियाशिल सदस्य, कार्यक्रताहरुको सहभागिता रहेको थियो । 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…