Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

नेपालगन्जको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

डेक्स

डेक्स

नेपालगन्जको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरसभाको १३औं अधिवेशनको दोस्रो वैठकबाट आज बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएका हुन् । असार ९ गते बसेको नगरसभाको १३औं अधिवेशनको पहिलो वैठकमा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८र०८१ का लागि रु.१ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ अनुमानित आय व्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।

समग्र नगर विकासका लागि वडा कार्यालयहरुसंगको सहकार्यलाई आत्मसाथ गर्दै चालू आर्थिक बर्ष जस्तै आगामी आर्थिक बर्षका लागि पनि रु.२५ करोड  सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उपप्रमुख राईले उल्लेख गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय रु.१८ करोड र राजश्वरअनुदान बचत मौज्दात रु.२० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार र प्रदेश सरकारहरुबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख राईले बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रबद्र्धनलाई प्राथमिकता दिइएको बताउनुभयो । नीति तथा कार्यक्रममा विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच बर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।

यस्तै होटल व्यवसायीसंगको सहकार्यमा होटल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने, बर्षातको समयमा हुने डुबान कम गर्नको लागि नालीहरुको प्रभावकारीरुपमा सरसफाई तथा व्यवस्थापन गर्ने, नेपालगञ्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी वडा नम्बर २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गर्ने, आफ्नै भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण कार्यलाई प्राथमिकता दिने, बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गर्ने, अब्यवस्थित बसोबासलाई व्यवस्थि तगर्न रिङरोडको विकाससंगै वरपरका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गरी सामूहिक बस्ती विकास गर्ने कार्यका लागि आवश्यक पहल गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने, नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्ने, डिजिटलाइज्ड सेवा प्रदान गर्ने विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा आगामी २ बर्षभित्र १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसंग पहल गर्ने, ६० बर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवम् सम्मानसहित विदाई गरिने, प्लाष्टिकको झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगञ्ज बनाउन सडकको दायाँबायाँ विरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीहरुको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, हामी सुधार्छौं हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीहरुलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै समृद्धि सम्भव छ सहकारीमार्फत भन्ने वातावरण निर्माण गर्दै लैजाने, कृषि उपजमा नेपालगञ्जलाई आत्मनिर्भर बनाउने, सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणाली ९इउफटी० मार्फत उपलब्ध गराउने, सामुदायिक कुकुरलाई बन्ध्याकरण गरी आवश्यक व्यवस्थापन गरिने, सुशासन कायम गर्नका लागि हेल्प डेस्क, डिजिटल नोटिस बोर्ड, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, अतिक्रमण भएका सडकपेटीहरु खाली गराई व्यवस्थापन र अनुगमन गर्ने उल्लेख छ ।

नगर प्रमुख विष्टले प्रस्तुत नीति तथा कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधार लगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गर्नुभयो । आजको वैठकमा उपप्रमुख राई, वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दीपककुमार बर्मा, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन र वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठले बोल्नुभएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो । 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

सानिमा रिलायन्सद्धारा नेपालगन्जमा ‘स्टार एजेन्सी मिट’ सम्मान

नेपालगन्ज, २३ कात्तिक । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपालगन्जमा स्टार एजेन्सी मि…

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), १७ कात्तिक । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न श…