Pairabi logo

फागुन ११, २०८२, सोमबार                    

नेपालगन्जको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

डेक्स

डेक्स

नेपालगन्जको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । नगरसभाको १३औं अधिवेशनको दोस्रो वैठकबाट आज बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नगर प्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएका हुन् । असार ९ गते बसेको नगरसभाको १३औं अधिवेशनको पहिलो वैठकमा नगर प्रमुख विष्टले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गर्नुभएको थियो ।

उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८र०८१ का लागि रु.१ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ अनुमानित आय व्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।

समग्र नगर विकासका लागि वडा कार्यालयहरुसंगको सहकार्यलाई आत्मसाथ गर्दै चालू आर्थिक बर्ष जस्तै आगामी आर्थिक बर्षका लागि पनि रु.२५ करोड  सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उपप्रमुख राईले उल्लेख गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय रु.१८ करोड र राजश्वरअनुदान बचत मौज्दात रु.२० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार र प्रदेश सरकारहरुबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख राईले बताउनुभयो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रबद्र्धनलाई प्राथमिकता दिइएको बताउनुभयो । नीति तथा कार्यक्रममा विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच बर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।

यस्तै होटल व्यवसायीसंगको सहकार्यमा होटल परिसरमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक पहल गर्ने, बर्षातको समयमा हुने डुबान कम गर्नको लागि नालीहरुको प्रभावकारीरुपमा सरसफाई तथा व्यवस्थापन गर्ने, नेपालगञ्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी वडा नम्बर २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गर्ने, आफ्नै भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण कार्यलाई प्राथमिकता दिने, बागेश्वरी मन्दिरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्न पूर्वतर्फ बागेश्वरी चिल्ड्रेन पार्क निर्माण गर्ने, अब्यवस्थित बसोबासलाई व्यवस्थि तगर्न रिङरोडको विकाससंगै वरपरका जग्गाको ल्याण्ड पुलिङ मार्फत जग्गा विकास गरी सामूहिक बस्ती विकास गर्ने कार्यका लागि आवश्यक पहल गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने, नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्ने, डिजिटलाइज्ड सेवा प्रदान गर्ने विषयहरु नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा आगामी २ बर्षभित्र १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसंग पहल गर्ने, ६० बर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवम् सम्मानसहित विदाई गरिने, प्लाष्टिकको झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगञ्ज बनाउन सडकको दायाँबायाँ विरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीहरुको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, हामी सुधार्छौं हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीहरुलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै समृद्धि सम्भव छ सहकारीमार्फत भन्ने वातावरण निर्माण गर्दै लैजाने, कृषि उपजमा नेपालगञ्जलाई आत्मनिर्भर बनाउने, सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणाली ९इउफटी० मार्फत उपलब्ध गराउने, सामुदायिक कुकुरलाई बन्ध्याकरण गरी आवश्यक व्यवस्थापन गरिने, सुशासन कायम गर्नका लागि हेल्प डेस्क, डिजिटल नोटिस बोर्ड, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, अतिक्रमण भएका सडकपेटीहरु खाली गराई व्यवस्थापन र अनुगमन गर्ने उल्लेख छ ।

नगर प्रमुख विष्टले प्रस्तुत नीति तथा कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक, सामाजिक, मानवीय, पूर्वाधार लगायतको विकासका निम्ति कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गर्नुभयो । आजको वैठकमा उपप्रमुख राई, वडा नम्बर १ का वडा अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजाल, वडा नम्बर १८ का वडा अध्यक्ष दीपककुमार बर्मा, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन र वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठले बोल्नुभएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो । 

ताजा

सबै

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज, १० फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहाय…

काँग्रेस उम्मेदवार गौडेल राप्तीसोनारी ३ का विभिन्न बस्तीमा

कोहलपुर, फागुन १० । नेपाली काँग्रेस बाँकेका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिध…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि

नेपालगन्ज, । नेपालगन्जमा सम्पन्न प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२…

लोकप्रिय

सबै

एफडब्लुएलडीद्धारा निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नेपालगन्ज ९ फागुन । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पर्यवेक्षण गर्ने लुम्विनी प्रदे…

बाँकेमा तीन राजनीतिक दलका प्रतिबद्धतापत्र सार्वजनिक

नेपालगञ्ज, ६ फागुनः आगामी फागुन २१ गने हुने निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक द…

मतदाताबाट प्राप्त प्रतिक्रिया र आशिर्वादले कोइराला उत्साहित

नेपालगञ्ज, फागुन १० । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुध…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…

यो पनि

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज, ६ फागुनः बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय अ…

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका१० चौलिकाचोकमा हलुवापराठाको स्वाद लिन बिहान झि…

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…