Pairabi logo

माघ १३, २०८२, सोमबार                    

धमाधम नेपाल भित्रिदै पर्यटक

डेक्स

डेक्स

धमाधम नेपाल भित्रिदै पर्यटक
ADVERTISEMENT

नेपालगञ्ज । हवाई मार्ग हुँदै एक महिनाको अन्तरालमा ७२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले जारी गरेको विवरणअनुसार जुन महिनामा मात्र हवाईमार्ग हुँदै ७२ हजार २ सय ५० पर्यटकको आवागमन भएको छ।
यी मध्ये भारतबाट ३८ हजार ८४५ , अमेरिकाबाट ८ हजार ४७०  र चीनबाट ४ हजार ३४३ पर्यटक नेपाल आएको बोर्डको तथ्यांकले देखाएको छ।

सन् २०१९ को तुलनामा विदेशी पर्यटक आवागमन संख्या लगभग शतप्रतिशत ९९६।४८५० सामान्य अवस्थामा आएको बोर्डले तयार पारेको विवरणमा उल्लेख गरिएको छ। सन् २०१९ को जुन मा ७८ हजार ३ सय २९ पर्यटकको आवागमन भएको रेकर्ड छ।

पछिल्लो समय विभिन्न मुलुकमा सुरु गरिएको प्रचारप्रसारका कारण पर्यटकको आवागमन उल्लेख्य रुपमा वृद्धि हुँदै आएको बोर्डका निर्देशक मणि लामिछानेले बताए।

‘पछिल्लो समय दक्षिण कोरिया, बंगलादेश लगायत विभिन्न मुलुकमा प्रचार प्रसार अघि बढिसकेको छ। यही कारणले पनि पर्यटक आवगमनमा वृद्धि भएको हो,’ निर्देशक लामिछानेले भने,’अधिकांश पर्यटक लिजर ट्राभलमा आएका छन्। यी पर्यटक साइट सिइङमा केन्द्रित छन्।’

दक्षिण एसियाभरका मुलुकमध्ये नेपालको पर्यटन द्रुत गतिमा सामान्य अवस्थामा आइरहेको बोर्डले दाबी गरेको छ।

सन् २०२३ जुन महिनामा सन् २०१९ को तुलनामा पर्यटक आवागमन संख्या ६ हजार ७९ ले कम छ।

गत वर्ष सन् २०२२ मा यो महिनामा  नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ४६ हजार ९५७ थियो भने सन् २०२१ मा १ हजार १८७ पर्यटक आएका थिए।   

कोभिड संक्रमण नियन्त्रणमा आएसँगै हवाई यातायात सहज भएसँगै सिजन नहुँदा पनि विदेशी पर्यटकको आवागमन संख्या पुरानै लयमा फर्किएको बोर्डले जनाएको छ।           


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…