Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सरकारको बजेट पास गर्ने तयारी

डेक्स

डेक्स

सरकारको बजेट पास गर्ने तयारी
ADVERTISEMENT


नेपालगन्ज । सरकारले आज बजेट पास गर्ने तयारी गरेको छ। बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा त्यसको प्रक्रिया अघि बढ्नेछ। मंगलबार दिनभर भएका विभिन्न छलफलबाट सरकारमा सहभागी दलहरू बजेट पास गर्ने पक्षमा उभिएका छन्। गठबन्धनका केही दलले भने अझै निर्णय गरिसकेका छैनन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। यथास्थितिमा बजेट पास नगर्ने अडान लिएका एकीकृत समाजवादी, जसपालगायत दलले उठाएका केही विषय सम्बोधन गर्न तयार भएपछि बजेट पास गरेर जाने निर्णय भएको स्रोतले जानकारी दियो।

‘सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको छ,’ स्रोतले भनेको छ  ‘दलहरूले ह्विप नै जारी गर्नुभएको छ।’कांग्रेस र माओवादीले मंगलबार नै सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।

जसपाले पनि बजेटका पक्षमा मतदान गर्ने भएको छ, बुधबार बिहान संसदीय दलको बैठकबाट औपचारिक निर्णय गरिने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।  

‘हाम्रो पार्टीले बजेट पासका पक्षमा मतदान गर्छ,’ उहाँले भन्नुभयो  ‘बुधबार बिहान १० बजे दलको बैठक बसेर यसबारे औपचारिक निर्णय गर्छौं।’आफूहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता पाएको एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बताउनुभयो । 

‘बालुवाटारमा प्रधानमन्त्रीसहित नेताहरूको बैठकले निर्णय गरेको सुनेँ,’ सांसद थापाले भने, ‘छलफल सकारात्मक भएपछि बजेट पासकै पक्षमा मतदान हुन्छ।’यस्तै, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि बजेट पासकै पक्षमा मत दिनेछन्।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले बजेट पास गर्ने पार्टीको नीति रहेको बताउनुभयो। ‘फुलफ्रेजमा बजेट पास गर्न हाम्रा सांसदलाई ह्विप नै लगाएका छौँ,’ भण्डारीले भन्नुभयो । 

तर, सरकारलाई समर्थन दिएको जनमत पार्टीले मंगलबार बेलुकासम्म यस विषयमा कुनै निर्णय गरेको छैन।
अर्थमन्त्रीले बजेट संशोधन नगरी पास हुन्छ भनेर बोलेपछि सत्तारुढ दलहरु नै बिच्किएका थिए। त्यसपछि बिग्रिएको माहोललाई प्रधानमन्त्री प्रचण्ड आफैँ सक्रिय भएर सहज बनाएका हुन्। 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…