Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेको जानकीमा रु. ४६ करोड बढी बजेट

डेक्स

डेक्स

बाँकेको जानकीमा रु. ४६ करोड बढी बजेट
ADVERTISEMENT

नेपालगन्ज ।  बाँकेको जानकी गाउँपालिकाले रु.४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०र८१ का लागि जानकीले रु.४६ करोड १० लाख ८९ हजार ६१६ को बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्नुभएको थियो । 

सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गरिएको छ । शिक्षामा रु.१४ करोड ७४ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै स्वास्थ्यतर्फ रु.५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ कुल रु.२० करोड ४७ लाख  विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ जानकीले रु.१ करोड ६९ लाख पचास हजार रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासतर्फ कृषि शाखाका लागि रु.४१ लाख ५० हजार रुपैयाँ छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो । 

यस्तै पूर्वाधार विकासतर्फ रु.१२ करोड ९१ लाख, वन वातावरण तथा विपततर्फ छब्बिस लाख र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ रु.१० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँसभाको समापन अध्यक्ष छब्बन खाँले गरेका थिए । त्यसअघि जानकी गाउँपालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । १४औं गाउँसभामा आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले तोकेका कार्यपालिका सदस्य एवम् प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…