Pairabi logo

माघ १६, २०८२, बिहीबार                    

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण

डेक्स

डेक्स

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा रहेका पशुमध्ये सात हजारमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । सो सङ्क्रमणबाट जिल्लामा अहिलेसम्म २५ पशुको मृत्यु भएको भएको छ । उक्त सङ्क्रमण जिल्लाभर फैलिएपनि किसानले भ्याक्सीनेसनको सुविधा पाएका छैनन । 
‘केही किसानले नीजि स्तरबाट भ्याक्सीन लगाउनुभएको होला तर जिल्लामा भ्याक्सीन आएको छैन ’ भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ,बाँकेका पशु चिकित्सक रुपेन्द्र कुमार ओलीले भन्नुभयो । 
उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै जिल्लामा रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको बताउनुभयो । 
घाउ, खटिरा आएको छ भने त्यसलाई ड्रेसिङ गर्ने काम भएको जानकारी दिदै डा.ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताउनुभयो । 
नेपालगन्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा सो भाइरसको सङ्रक्रमण देखिएनि राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटरीनरी अस्पतालले जनाएको छ । 
नेपाल भेटरीनरी एसोसियसनका सचिव डा. शंकर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै किसानको पशुबाट दूधको उत्पादन घटनु, पशु सङ्क्रमणबाट मुक्त भएपनि पहिलेकै अवस्थामा नर्फकनुले किसान मारमा परेको बताउनुभयो । 
उहाँले पशुलाई धेरै ज्वरो आउनु, शरिर र मुखमा फोका जस्ता खटिरा निस्कनु, पशुलाई श्वाशप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिनुभयो । 
डा.न्यौपाने भन्नुहुन्छ ‘यसको रोकथामका लागि मास भ्याक्सीनेशन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ ।’ 
सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाई गरेर पनि यसको न्यूनिकरण हुन सक्ने डा. न्यौपानेले सुझाव दिनुभयो । एउटा रोगी पशुलाई लामखुट्टे, ंझिङ्गा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्ने बताइएको छ । बाँकेमा करिव एक लाखको हाराहारीमा भैसी र ६० हजार हाराहारीमा गाई रहेका छन । 
लुम्विनी प्रदेशमा ७४ हजार २८९ पशु लम्पी स्किन डिजिजबाट सङ्क्रमित भएका छन । अहिलेसम्म २ हजार ७८० पशुको मृत्यु भएको र ५ हजार ७५० भ्याक्सीनेशन भएको पशु अस्पताल, बाँकेले जनाएको छ । 


 

 

 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…