Pairabi logo

पुस १३, २०८२, आइतबार                    

अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै

डेक्स

डेक्स

अत्यधिक गर्मीले विद्यालय बन्दको अवधी बढ्दै
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि स्थानीय सरकारले विद्यालय बन्दको अवधी बढाउदै लगेका छन । 
तीन दिनसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय भएकोमा नेपालगञ्ज उप महानगरपालिकाले पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा तथा युवा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापाले बर्षे विदाबाट कट्टा हुने गरी विद्यालयमा विदा थप गरिएको जानकारी दिनुभयो । उप महानगरपालिकाले पहिले जेठ २१ गतेदेखि २३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । 
बढ्दो गर्मीका कारण पठापाठनमा समस्या भएकोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २८ गतेबाट खुल्ने विद्यालयलाई व्यवसाथपन समितिको निर्णय अनुसार विहानी सत्रमा सञ्चालन गर्न भनिएको छ । 
कोहलपुर नगरपालिकाले पनि गर्मी अत्यधिक बढदै गएकाले विद्यालय बन्दको अवधी बढने जनाएको छ । 
नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकालले विद्यालय बन्दको अवधी बढने संकेत गर्नुभयो । ‘गर्मी बढदै गएको छ, सभ्भवत विदा थप हुन्छ’ उहाँले भन्नुभयो । नगरपालिकाले थप तीन दिन विदा थप हुने जनाएको छ  । यस अघि २२ गतेदेखि तीन दिन विद्यालय बन्द हुने जनाइएको थियो । 
जानकी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख कृष्णा भण्डारीले  विद्यालय बन्दको अवधी थप गरिएको जानकारी दिनुभयो । 
उहाँले तीन दिन थप भएकोमा पुनः तीन दिन थप गरी २६ गतेसम्म विद्यालय बन्द हुने जानकारी दिनुभयो । 
खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने अवधी बन्द हुने संकेत गरेको छ । शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्लले गर्मी बढ्दै जान थालेपछि विद्यालय बन्दको माग भएको बताउनुभयो । 
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खरालले विहानी सत्रका विद्यालय सञ्चालन भइरहेको तर बन्द गर्ने निर्णय नभइसकेको बताउनुभयो । 
बन्द गर्ने विषयमा सल्लाह भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । 
बाँकेका केही स्थानीय तहमा रहेका सामुदायिक, मदरसा र संस्थागत विद्यालयहरु गर्मीले बन्द हुने छन । 
अत्याधिक गर्मी भएका कारण विद्यार्थीलाई  पठनपाठनमा कठिनाई भएकाले शिक्षा समितिको निर्णय अनुसार बर्षे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको थियो । नेपालगञ्जको अधिकतम तामक्रम ३८ देखि ४१ डीग्रीको हाराहारीमा रहेको छ । जसका कारण अत्याधिक गर्मी महसुस गरिएको छ । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बाँसगढीमा लैगिंक हिंसाविरुद्ध सचेतनामुलक कार्यक्रम

बासगढी (बर्दिया)। बाँके युनेस्को क्लबले बर्दियाको बाँसगढीमा १६ दिने लैङ्गिक हिंसा वि…

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

मधुवनमा पाँच दिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

नेपालगन्ज, ११ मंसिर। बाँके युनेस्को क्लबले मधुवन१, बर्दियामा सञ्चालन गरेको पाँचदिने …

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

डुडुवाका शैक्षिक संस्थामा सार्वजनिक विदा

मुस्लिम धर्मालम्बीहरुको पर्व मोहम्मद डे को अवसरमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदाद…

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत डुडुवाद्धारा साइकिल वितरण

डुडुवा (बाँके) ६ असार । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई …