Pairabi logo

बैशाख ०६, २०८१, बिहीबार                    

वन, पैदावर संकलन गर्न पाउदा खुशियाली

डेक्स

डेक्स

वन, पैदावर संकलन गर्न पाउदा खुशियाली
ADVERTISEMENT

नेपालगन्ज । बाँकेका सामुदायिक वनले वन संवर्द्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार संकलन गरेका छन् ।

सबडिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेका ती वनबाट लामो समयपछि वन पैदावार संकलन गर्न पाउँदा उपभोक्ता खुशी भएका छन् ।

शम्शेरगञ्ज सबडिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी–८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिले १७ हजार ४४१ क्युफिट वन पैदावार संकलन गरेको छ । यसअन्तर्गत ५ हजार ७५८ क्युफिट आन्तरिक रूपमा उपभोक्तालाई वितरण गरेको छ । २१९ जना उपभोक्ता रहेको वन समूहले ४ वर्षपछि रुख कटान गरेको अध्यक्ष उमा बस्नेतले बताइन् ।
त्यसैगरी राप्तीसोनारी–२ कोटही देवी युवा प्रगति वन समूहले १५ हजार ७६६ क्युफिट वन पैदावार संकलन गरेको छ । अध्यक्ष तुल्सीराम भण्डारीका अनुसार ४ वर्षपछि कटान गरिएको वन पैदावारमा ३ हजार ३०० क्युफिट काठ उपभोक्तालाई वितरण गरिएको छ । ४५१ हेक्टर क्षेत्रफलमा रहेको वन समूहलाई ३१६ घरधुरीले उपभोग गर्दै आएका छन् । 
विशेष गरेर सामाजिक कार्यमा लगानी गर्दै आएको समूहले स्थानीय लक्ष्मी माविलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । अन्य स्थानीय विद्यालयमा शिक्षकको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई छात्रवृद्धि उपलब्ध गराउँदै आएको छ । 

पालिकाअन्तर्गत वडा नम्बर २ माथेबास जनमुखी वन समूहले पनि वन पैदावार गरेको छ । यसमा २९७ रुख कटान गरेको छ । ११० ढलापडाको व्यवस्थापन गरेको छ । २ हजार सालको रुख कटान गरेको छ ।

गत चैतबाट गरिएको वन कटान गरिएको काठ लिलाम प्रक्रियामा रहने अध्यक्ष टोपबहादुर खड्काले बताए ।

विक्रम संवत् २०५८ सालमा दर्ता भएको वनमा शुरूमा बाउबाजेले अन्न उठाएर परम्परातग शैलीमा वन संरक्षण गरेको जनाउँदै उनले वैज्ञानिक वनको अवधारणा आएपछि वनको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम लागू गरिएको र सोही कार्यक्रमबाट उत्पादन भएको वन पैदावार नै अहिले आम्दानीको प्रमुख स्रोत भएको बताए । ४३४ दशमलव ३४ क्षेत्रफलमा रहेको वन समूहमा १७५ जना उपभोक्ता छन् ।

शम्शेरगञ्ज सबडिभिजन वन कार्यालय ओभरीका प्रमुख सुशील सुवेदीका अनुसार हालसम्म १ लाख ९४ हजार ६७१ दशमलव ६१ क्युफिट काठ र ६६३ दशमलव ९१ चट्टा दाउरा घारगद्दी गरिएको छ । २५ प्रतिशत वन पैदावार आपूर्ति समितिलाई छुट्याएर बाँकी लिलामी प्रक्रियामा रहेको उनले जानकारी दिए ।

उनका अनुसार सबडिभिजन वन कार्यालयको मातहतमा १९ सामुदायिक वन, एउटा धार्मिक वन र सरकारद्वारा व्यवस्थित चकला वनसहित २१ वन रहेका छन् । १९ वटामध्ये ११ वनमा वन संवद्र्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापन भइरहेको प्रमुख सुवेदीले बताए ।

७ सामुदायिक वनमा ढलापडा संकलन लगायत अन्य संरक्षणको काम भइरहेका छन् । समय अभावका कारण यसपालि सरकारद्वारा व्यवस्थित गरिएको वनमा उक्त कार्य योजनाको तयारी अन्तिम चरणमा भइरहेको पनि उनले जानकारी दिए ।

बाँके जिल्लामा कूल १३  सामुदायिक वनमा वन संवर्द्धन प्रणालीमा आधारित दीगो वन व्यवस्थापन प्रणालीअनुसार हालसम्म काठ संकलनबाट कटान, मुछान र ढुवानीबाट करीब ६० हजारलाई रोजगारी सिर्जना भएको र ४ वन प्राविधिकले रोजगारी पाएको प्रमुख सुवेदीले बताए । उनका अनुसार विगत ३ वर्षदेखि काठदाउरा नपाएका उपभोक्तालाई वन पैदावारको माग पूर्ति हुँदा उपभोक्ता खुशी भएका छन् ।

जिल्ला डिभिजन वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीयरूपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन शुरू भएका वनमा स्थानीय सुकेका, ढलेका, रोगी तथा बूढा पुराना तथा उमेर पुगेका रुख कटान गर्ने, कटान भएको क्षेत्रमा पुनरुत्पादनलाई हुर्काउने तथा बढाउने कार्यक्रम लागू गर्दा वनको उत्पादन र उत्पादकत्व बढ्ने उनले बताए ।

वन व्यवस्थाबाट काठ दाउरा सहज उपलब्ध भई वन पैदावारको आपूर्ति निरन्तर र सहज हुने, जैविक विविधता संरक्षण एवं वनको हैसियतमा सुधार आउने, समूहमा हुने आम्दानीले स्थानीय विकासमा टेवा पुग्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र राज्यलाई राजस्व प्राप्त भई प्रादेशिक तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले वन व्यस्थापनबाट वनको सघन व्यवस्थापन हुने बताए ।

विक्रम संवत् २०७३ सालमा बाँकेका १७ सामुदायिक वनमा लागू भएको दीगो विकासमा आधारित वैज्ञानिक वन व्यवस्थापन अहिले १३ सामुदायिक वनमा मात्र लागू भएको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ । 

वन प्राविधिक श्याम भण्डारीका अनुसार वन व्यवस्थापन गरेपछि त्यसको अनुगमन गर्नुपर्छ त्यसमा अध्ययन अनुसन्धान हुनुपर्छ, अरु ठाउँको वन व्यवस्थापन हेरेर आफ्नो ठाउँमा त्यो लागू गर्न सकिँदैन । ठाउँ भौगोलिक अवस्था त्यहा पायने प्रजाति विशेष आफ्नो आवश्यकता विशेष त्यसको व्यवस्थपन गर्नुपर्छ ।

‘दीगो वन व्यवस्थापनको मुख्य पाटो भन्नु नै रुख काट्नु हो । निश्चित उमेरको रुख काट्नु त्यसको ठाउँमा नयाँ बोट बिरुवालाई संरक्षण गर्ने वन व्यवस्थापनको मुख्य उद्देश्य हो,’ उनले भने, ‘यसले वन संवर्द्धन प्रणाली लागू गर्ने हो । वैज्ञानिक औजार विधि लागू गर्ने त्यसबाट दिगो वन बनाउनु र  पारिस्थिकीय सेवा पाउनु यसको उद्देश्य हो ।’ बाँकेमा डिभिजन वन कार्यालयको मातहतमा ६ वटा सबडिभिजन वन कार्यालय छन् । 

यसैबीच, वैज्ञानिक वन व्यवस्थापनका नाममा घना जङ्गलमा भएका काँचा रुख व्यापक मात्रामा फँडानी गरिएको र वन विनास तीव्ररुपमा भएको जनाउँदै यसअघिको सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो । 

 

ताजा

सबै

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

डुडुवा (बाँके) ६ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितर…

गनापुरस्थित जडिबुटी प्रशोधन उद्योगमा आगलागी

नेपालगन्ज, ६ बैशाख ः बाँकेको जानकी गाउँपालिका वार्ड नं. ६ पिपरहवास्थित राजेश जैनले…

साहु समाजद्धारा भक्तजनलाई प्रसाद वितरण

पवन जायसवाल । नेपालगन्ज ५ बैशाख । नेपालगन्जमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) पर्वको …

नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले जिब्रो छेडे

नेपालगन्ज, ५ वैशाख : रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपाल…

लोकप्रिय

सबै

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सु…

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

नेपालगन्ज, ५ वैशाखः बाँकेको कोहलपुर नगरपालिका१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्ल…

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

डुडुवा (बाँके) ६ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितर…

साहु समाजद्धारा भक्तजनलाई प्रसाद वितरण

पवन जायसवाल । नेपालगन्ज ५ बैशाख । नेपालगन्जमा श्रीराम नवमी (श्रीराम जन्मोत्सव) पर्वको …

यो पनि

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवाद्धारा दोस्रो र तेस्रो त्रेमासिक सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवा (बाँके) ४ बैशाख । बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सु…

अनाथ बालबालिका कपडा खरिद गर्न भाटभटेनी पुगे

अनाथ बालबालिका कपडा खरिद गर्न भाटभटेनी पुगे

नेपालगन्ज, चैत २३। नेपालगन्जका १३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्व ख…

शेयर बजारमा आइपीओ बेच्नेको घुइँचो

शेयर बजारमा आइपीओ बेच्नेको घुइँचो

नेपालगन्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक निष्कासन (आइपिओ) बेच्न…

कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

कोहलपुरमा घोङी खाने प्रतियोगिता हुँदै

नेपालगन्ज । आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै बाँकेको कोहलपुरमा घोङ्ी खाने प्रतियोगिता…