Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेको एकीकृत जाँच चौकीको उद्घाटन

डेक्स

डेक्स

बाँकेको एकीकृत जाँच चौकीको उद्घाटन
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उप—महानगरपालिकाको जयसपुरमा निर्माण भएको बहुप्रतिक्षित एकीकृत जाँच चौकीको आज उद्घाटन भएको छ ।  
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त जाँच चौकीको संयुक्त रुपमा उदघाटन गर्नुभयो । दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उदघाटन गरेपछि भारततर्फबाट नेपाल आएका र नेपालबाट भारत जाने कन्टेनर सो जाँच चौकीमा प्रवेश गरेका थिए । 
सो कार्यक्रममा नेपालकातर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाय, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेल,  भारतको तर्फबाट बहराइचका डिएम मनिता रानी लगायत सहभागि हुनुहुन्थ्यो । 
‘अब पहिले आयात निर्यातमा जाँच पास गर्न समस्या हुन्थ्यो तर यसको निर्माणपछि सबै समस्याको समाधान हुनेछ र एकिकृत रुपमा काम हुने छ ’इन्टरमोडेलका कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो । 
आइसीपी उद्घाटन भएपनि सञ्चालनमा आउन केही समय लाग्ने छ । पूर्वाधार निर्माणको काम सकिए लगत्तै भन्सार सम्वन्धी काम गर्ने नेपाल र भारत दुवै तर्फका कार्यालयहरु एकिकृत जाँच चौकीमा स्थानान्तरण हुने छन । 
९६ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको एकिकृत जाँच चौकीको ६६ विगाहामा भन्सारलाई चाहिने आवश्यक संरचना निर्माण भइरहेको छ । सो चौकीमा भन्सारसँग सम्वन्धित करिव १८ संरचना निर्माण हुने बताइएको छ । 
उक्त जाँच चौकी परिसरमा भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइन लगायतका कार्यालय सहित ३०० गाडी पार्किङ गर्ने क्षमता रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । 
सन् २००६ मा नेपाल र भारतबीच आइसिपी निर्माणको सम्झौता भएको थियो । विस. २०७७ कार्तिकमा मात्रै निर्माण कार्य सुरु भएको बताइएको छ । वीरगन्ज र विराटनगरमा समेत यस्तो जाँच चौकी रहेको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…