Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेको एकीकृत जाँच चौकीको उद्घाटन

डेक्स

डेक्स

बाँकेको एकीकृत जाँच चौकीको उद्घाटन
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको नेपालगन्ज उप—महानगरपालिकाको जयसपुरमा निर्माण भएको बहुप्रतिक्षित एकीकृत जाँच चौकीको आज उद्घाटन भएको छ ।  
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त जाँच चौकीको संयुक्त रुपमा उदघाटन गर्नुभयो । दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उदघाटन गरेपछि भारततर्फबाट नेपाल आएका र नेपालबाट भारत जाने कन्टेनर सो जाँच चौकीमा प्रवेश गरेका थिए । 
सो कार्यक्रममा नेपालकातर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाय, नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेल,  भारतको तर्फबाट बहराइचका डिएम मनिता रानी लगायत सहभागि हुनुहुन्थ्यो । 
‘अब पहिले आयात निर्यातमा जाँच पास गर्न समस्या हुन्थ्यो तर यसको निर्माणपछि सबै समस्याको समाधान हुनेछ र एकिकृत रुपमा काम हुने छ ’इन्टरमोडेलका कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो । 
आइसीपी उद्घाटन भएपनि सञ्चालनमा आउन केही समय लाग्ने छ । पूर्वाधार निर्माणको काम सकिए लगत्तै भन्सार सम्वन्धी काम गर्ने नेपाल र भारत दुवै तर्फका कार्यालयहरु एकिकृत जाँच चौकीमा स्थानान्तरण हुने छन । 
९६ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको एकिकृत जाँच चौकीको ६६ विगाहामा भन्सारलाई चाहिने आवश्यक संरचना निर्माण भइरहेको छ । सो चौकीमा भन्सारसँग सम्वन्धित करिव १८ संरचना निर्माण हुने बताइएको छ । 
उक्त जाँच चौकी परिसरमा भन्सार कार्यालयका साथै पशु क्वारेन्टाइन, अध्यागमन, खाद्य प्रविधि, प्लान्ट क्वारेन्टाइन लगायतका कार्यालय सहित ३०० गाडी पार्किङ गर्ने क्षमता रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । 
सन् २००६ मा नेपाल र भारतबीच आइसिपी निर्माणको सम्झौता भएको थियो । विस. २०७७ कार्तिकमा मात्रै निर्माण कार्य सुरु भएको बताइएको छ । वीरगन्ज र विराटनगरमा समेत यस्तो जाँच चौकी रहेको छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…