Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

जोर्डन युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाह हुँदै

डेक्स

डेक्स

जोर्डन युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाह हुँदै
ADVERTISEMENT

नेपालगन्ज । जोर्डनका युवराजको एक साउदी महिलासँग विवाहको तयारी, यसका लागि हुने समारोह र दुवैको जीवनबारे मध्य–पूर्वमा मात्रै नभई पुरा विश्व भरी निकै रुचि देखिएको छ । 

हुन त जोर्डनका युवराज शहजादा हुसैन बिन अब्दुल्लाह द्वितीय र साउदी आर्किटेक्ट रजवा अल सैफको विवाह जून १ मा हुँदै छ तर यसअघिका पारम्परिक समारोहका झलक सोसल मिडियामा आकर्षणको केन्द्र बनेको छ । 
यो जोडीको इन्गेजमेन्टको औपचारिक सरकारी घोषणा अघिल्लो वर्ष १० अगस्टमा गरिएको थियो र अब यस वर्ष मे र जूनमा उनीहरूको विवाहसम्बन्धी शाही समारोहका तयारी जोडतोडले जारी छ । 
शाही जोडीको विवाहको दिन जोर्डनमा सरकारी छुट्टी हुनेछ, समारोहमा विश्वभरिका चर्चित मानिसको सहभागिता हुनेछ । यस्तै, राजधानीमा अरब गायकको निःशुल्क कन्सर्ट पनि हुनेछ ।
जोर्डनका राजकुमार हुसेनले हालै एक कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा रजवा अल सैफसँगको आफ्नो चिनजानको कथा अन्य प्रेमकथाभन्दा फरक नभएको र उनीहरूको भेटमा एक साझा साथीको हात रहेको बताए । 

हालै जोर्डनकी महारानी रानयाले विवाह अघि परम्परागत मेहन्दी पार्टीको आयोजना गरिन् । मेहन्दीको यस समारोहमा जोर्डन र साउदीका परम्परागत गीत गाइए र खुसी व्यक्त गर्न परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।

यस अवसरमा रानी रानयाले भनेकी थिइन्, ‘हुसैन मेरो जेठो छोरा हो । उनी एक ९हाशमी कुलका ० नौजवान हुन् । अन्य आमाले झैँ मैले पनि उनलाई दुलहाको रूपमा हेर्ने सपना देखेको थिएँ । हुसैन तपाईंको छोरा हो, तपाईं उसको परिवार हुनुहुन्छ र यो समारोह तपाईंहरुको हो ।’

उनले भनिन्, ‘अन्ततः मैले एक बुहारी पाएँ तर उनी साधारण बुहारी होइनन् । भगवानले रजवाको रक्षा गरुन् । उनी मेरो लागि मेरा छोरीहरू ९इमान र सलमा० जस्तै मूल्यवान् छिन् ।’

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…