Pairabi logo

असोज २६, २०८३, सोमबार                    

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन

डेक्स

डेक्स

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन
ADVERTISEMENT


नेपालगञ्ज । निकै तामझाले वि.स ०७९ जेठ २ गते देखि सञ्चलनमा आएको  रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन भएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले  उद्घाटन गरेको उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडानको नाममा सेवा दिँदै आएको एक मात्र वायुसेवा कम्पनी जजिरा एयरलाइन्सले उडान रोकेपछि विमानस्थल आन्तरिक उडानमा सीमित भएको छ । 
 नेपाल वायु सेवा निगमले  अहिलेसम्म यहाँबाट अन्तर्राष्ट्रिय उडान नगरेपछि र अन्य कम्पनीहरूले समेत चासो नदेखाएपछि यो विमानस्थल सञ्चालनको चुनौती बढेको हो ।

पहिलो फेजको काम सकिएपछि दोस्रो फेजको कामका लागि ढिलाइ गरिएको छ । विदेशी एयरलाइन्सले मात्र नभएर स्वदेशकै हिमालय एयरलाइन्सले पनि दुई महिना चलाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पूर्वाधार तयार भएर पनि विमान कम्पनीले चासो नदेखाएका कारण अर्बौँ लगानी गरेको निजी क्षेत्र अहिले त्रासमा छ ।

एक वर्षअघि जेठ २ मा पहिलो उडान गरेको जजिराले समेत पटक पटक आफ्नो सेवा बन्द गर्दै चलाउँदै गरेपनि अहिले पुनः रोकेको अवस्था छ । गत पुसमा तीन महिना विमानस्थलमा समस्या देखाउँदै उडान रोकेको जजिराले व्यावसायिक कारण देखाउँदै अहिले उडान रोकेको छ ।

अबौं लगानीको यो आयोजनामा अन्तर्राष्ट्रिय उडानको नाममा कुवेत–भैरहवा उडान गरिरहेको एकमात्र विमान सेवा कम्पनी जजिरा एयरलाइन्सले एक महिनादेखि उडान रोकेपछि यो विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जजिरा एयरलाइन्ससँग कुराकानी भइरहेको बताए । गत पुस ६ देखि फागुन २५ सम्म जजिराले उडान रोकेको थियो । यो विमानस्थलमा नयाँ विमान कम्पनीले उडानका लागि चासो नदेखाउनु र चलिरहेका विमान कम्पनीले समेत विभिन्न कारण उडान बन्द गरेपछि अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था संकटतर्फ धकेलिएको हो ।

नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले जेठ २ गते अन्तर्राष्ट्रिय उडान गरेको विमानस्थलमा पहिलो वार्षिकोत्सव मनाउने दिन शून्य उडानले यहाँको अवस्था झल्काउने बताएकी छन् ।

‘अवस्था यस्तो छ, व्यवसायीले यही योजना देखेर अर्बौँ लगानी गरेका छन्, यही योजना पूरा गर्न सरकारको अर्बौँ ऋण लगानी भएको छ, हाम्रो नेतृत्व कहाँ चुक्यो रु ’ उनले प्रश्न गरेकी छन् ।

पर्यटन व्यवसायी सागर अधिकारीले विमानस्थलमा उडान बढ्दै जानुपर्नेमा भएका उडान पनि रोकिनु राम्रो नभएको बताए ।

उनले भने, ‘विमानस्थल निर्माण भएको १ वर्ष नपुग्दै अन्य विमान कम्पनीहरूको उडान थप्नु पर्नेमा भएका उडान पनि रोक्नु राम्रो सङ्केत होइन, यसले व्यवसायीलाई चुनौती थपेको छ ।’

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…