Pairabi logo

पुस २६, २०८२, शनिबार                    

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन

डेक्स

डेक्स

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन
ADVERTISEMENT


नेपालगञ्ज । निकै तामझाले वि.स ०७९ जेठ २ गते देखि सञ्चलनमा आएको  रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान विहीन भएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले  उद्घाटन गरेको उक्त विमानस्थल अन्तर्राष्ट्रिय उडानको नाममा सेवा दिँदै आएको एक मात्र वायुसेवा कम्पनी जजिरा एयरलाइन्सले उडान रोकेपछि विमानस्थल आन्तरिक उडानमा सीमित भएको छ । 
 नेपाल वायु सेवा निगमले  अहिलेसम्म यहाँबाट अन्तर्राष्ट्रिय उडान नगरेपछि र अन्य कम्पनीहरूले समेत चासो नदेखाएपछि यो विमानस्थल सञ्चालनको चुनौती बढेको हो ।

पहिलो फेजको काम सकिएपछि दोस्रो फेजको कामका लागि ढिलाइ गरिएको छ । विदेशी एयरलाइन्सले मात्र नभएर स्वदेशकै हिमालय एयरलाइन्सले पनि दुई महिना चलाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पूर्वाधार तयार भएर पनि विमान कम्पनीले चासो नदेखाएका कारण अर्बौँ लगानी गरेको निजी क्षेत्र अहिले त्रासमा छ ।

एक वर्षअघि जेठ २ मा पहिलो उडान गरेको जजिराले समेत पटक पटक आफ्नो सेवा बन्द गर्दै चलाउँदै गरेपनि अहिले पुनः रोकेको अवस्था छ । गत पुसमा तीन महिना विमानस्थलमा समस्या देखाउँदै उडान रोकेको जजिराले व्यावसायिक कारण देखाउँदै अहिले उडान रोकेको छ ।

अबौं लगानीको यो आयोजनामा अन्तर्राष्ट्रिय उडानको नाममा कुवेत–भैरहवा उडान गरिरहेको एकमात्र विमान सेवा कम्पनी जजिरा एयरलाइन्सले एक महिनादेखि उडान रोकेपछि यो विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जजिरा एयरलाइन्ससँग कुराकानी भइरहेको बताए । गत पुस ६ देखि फागुन २५ सम्म जजिराले उडान रोकेको थियो । यो विमानस्थलमा नयाँ विमान कम्पनीले उडानका लागि चासो नदेखाउनु र चलिरहेका विमान कम्पनीले समेत विभिन्न कारण उडान बन्द गरेपछि अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था संकटतर्फ धकेलिएको हो ।

नाटा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले जेठ २ गते अन्तर्राष्ट्रिय उडान गरेको विमानस्थलमा पहिलो वार्षिकोत्सव मनाउने दिन शून्य उडानले यहाँको अवस्था झल्काउने बताएकी छन् ।

‘अवस्था यस्तो छ, व्यवसायीले यही योजना देखेर अर्बौँ लगानी गरेका छन्, यही योजना पूरा गर्न सरकारको अर्बौँ ऋण लगानी भएको छ, हाम्रो नेतृत्व कहाँ चुक्यो रु ’ उनले प्रश्न गरेकी छन् ।

पर्यटन व्यवसायी सागर अधिकारीले विमानस्थलमा उडान बढ्दै जानुपर्नेमा भएका उडान पनि रोकिनु राम्रो नभएको बताए ।

उनले भने, ‘विमानस्थल निर्माण भएको १ वर्ष नपुग्दै अन्य विमान कम्पनीहरूको उडान थप्नु पर्नेमा भएका उडान पनि रोक्नु राम्रो सङ्केत होइन, यसले व्यवसायीलाई चुनौती थपेको छ ।’

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…