Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण

डेक्स

डेक्स

ठगी मुद्दाको आरोपीलाई प्रहरीको संरक्षण
ADVERTISEMENT

नेपालगन्ज, २५ बैशाख । ऋण दिने भन्दै झोक्याएर कागज गरी ठगी गर्ने बाँके डुडुवाका एक आरोपीलाई प्रहरीले संरक्षण गरेको खुलासा भएको छ । बाँके डुडुवा–२ रामनगरका करिब ४५ वर्षिय रामआसरे यादवलाई ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रहरीले पैसा लिएर खोजविन नै नगरी मान्छे फेला नपरेको भन्दै कागज बनाएर जिल्लामा पठाएको स्थानीय प्रत्यक्षदर्शी बताउछन । 
ठगी मुद्दाका आरोपी यादव खुलेआम रुपमा गाउँघरमै घुमिरहेपनि प्रहरीले नखोजेरै नभेटिएको भनी मुचुल्का कागज गर्नु कहाको नियम संगत कानून हो, एक स्थानीय बताउछन । उहाँ भन्नुहुन्छ, “पैसा दिएमा कुनै कानून पनि कानून नलाग्ने यो कस्तो प्रहरी प्रशासन हो, अदालतले पक्राउ गर्ने आदेश गरेको छ, तर प्रहरीले समात्दैन उल्टै पैसा खान्छ ।” 
यस विषयमा बेतहनी प्रहरी चौकीका इन्चार्ज असई गंगा थापाले स्पष्ट जवाफ नदिई यादवलाई खोजविन गरि जिल्लामा पठाउने भनि आदेश अनुसार आफुले घरमा खोजेको तर नभेटेपछि मुचुल्का कागज बनाएर पठाएको बताउनुभयो । उहाँले आफुले पैसा लिएर कागज बनाएको विषयमा केही बोल्नुभएन । 
घरपरिवारको एक्लो घरमुलीको रुपमा रहनुभएकी बाँके डुडुवा–२ उचुवा बाबाकुट्टीकी ७५ वर्षिय कबुतरादेबी अहिरले डेढ वर्ष अघि राम आसरेसंग ऋणका लागि पैसा मागेको बेला राम आसरेले नेपालगन्जस्थित मालपोत कार्यालयमा ल्याएर रु आठ लाखमा करिब दुई कठठा जग्गाको झोक्काएर दृष्टिबन्धक गरि बजारमा पैसा चोरी हुने डर रहेको र घरमा दिने भनेर ल्याएको तर उनलाई यादवले कति पनि पैसा नदिएर आलटाल गरेर टार्दै गए । 
कबुतराले तमसुक भनेर सही छाप गरेको तर पछि जग्गा नै कब्जा गरेपछि आफु न्यायका लागि अदालतसम्म पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई फकाएर ऋणको पैसा दिने लोभमा एक रुपिया पनि दिएन, उल्टै मेरो जग्गा हड्प्यो, मैले पछि थाह पाए ।” कबुतराको ठगीविरुद्धको निवेदन समेत प्रहरी कार्यालयले दर्ता गर्न मानेन त्यसका लागि उच्च अदालतको परामादेशपछि मात्र मुद्दा दर्ता भयो र हाल अदालतले उक्त मुद्दामा पक्राउ पुर्जी जारी गरेपनि आरोपी अझै पक्राउ नपरेर प्रहरीले समेत संरक्षण गरेको छ । 
लेनदेनको कार्यमा निकै सक्रिय यादवले गाउँका अन्य व्यक्तीहरुलाई समेत ठगी गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तिमगरसंग बुझ्दा आफुलाई यस घटनाबारे जानकारी नभएको भन्दै तत्काल बुझेर अनुसन्धान गर्ने बताउनुभयो । 
 
ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

यो पनि

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

काठमाडौं, १२ साउन। सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धि, सम्झौंतालाई…

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

एक वर्षमा उच्च अदालत नेपालगन्ज इजलासद्धारा ६२.६० प्रतिशत मुद्दा फच्यौर्ट

नेपालगञ्ज १ साउन । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२र८३ मा ६२.…

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

मुक्त कमैया र सुकुम्वासीको जग्गा दर्ता तथा नामसारी सम्बन्धमा उच्च अदालतको आदेश

नेपालगन्ज ३२ असार । मुक्त कमैया तथा भूमिहीन सुकुम्वासीहरूले प्राप्त गरेको जग्गाको अंश…

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन डुडुवामा दुईदिने प्रशिक्षण

डुडुवा (बाँके) २० असार । डुडुवा गाउँपालिकामा दुई दिने न्यायिक समिति सम्बन्धी प्रशिक्…