Pairabi logo

असोज १७, २०८३, शनिबार                    

लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदै

डेक्स

डेक्स

लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थाल्नुभएको छ ।  वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्नुभएको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेसकै संस्थापन इतर पक्षसँग पनि सरकार विस्तारका विषयमा छलफल गरेर काठमाडौँबाट फर्किएका उनले दाङ आइपुगेपछि सत्ता साझेदार दलका नेताहरुसँग छलफल अघि बढाउनु भएको छ । 

वैशाख १९ गते प्रदेशसभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिनेतर्फ गृहकार्य थालेको उहाँको सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकार अहिले चार सदस्यीय छ, जसमध्ये तीन मन्त्री बिनाविभागीय छन् ।

बिनाविभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन् । प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा आबद्ध ८ दल छन् ।

गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको संस्था थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने अवस्था रहेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टीले मन्त्रीहरूको नाम टुङ्ग्याएको जानकारी दिनुभयो । 

माओवादीबाट अहिले बिनाविभागीय मन्त्री रहेका धनबहादुर मास्कीलाई अर्थमन्त्री बनाउने तयारी छ भने रोल्पाबाट स्वतन्त्र रूपमा जितेर माओवादीमा प्रवेश गरेका दीपेन्द्र पुन र बाँकेबाट जितेकी कृष्ण केसी ९नमुना० माओवादीबाट मन्त्री बन्ने निश्चित छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि छिटै सरकार विस्तार हुने बताउनुभयो । 

मन्त्री पाण्डेयले भनेजस्तै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्र दुई गुटबाट मन्त्रीका लागि आकांक्षी धेरै भएका कारण समस्या देखिएको छ । नेपाली कांग्रेसबाट अहिले प्रदेश उपसभापति राजु खनाल, पाल्पाका वीरबहादुर राना, रुपन्देहीका अब्दुल रज्जाक, प्रमुख सचेतक जन्मजय तिमिल्सिना, रुपन्देहीका बसिउद्दिन खाँ, बर्दियाका भुवनेश्वर चौधरी, पश्चिम नवलपरासीका बैजनाथ कलवारले मन्त्रीका लागि दाबी गरिरहेका छन् ।
 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…