Pairabi logo

माघ १९, २०८२, आइतबार                    

लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदै

डेक्स

डेक्स

लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थाल्नुभएको छ ।  वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गर्नुभएको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कांग्रेसकै संस्थापन इतर पक्षसँग पनि सरकार विस्तारका विषयमा छलफल गरेर काठमाडौँबाट फर्किएका उनले दाङ आइपुगेपछि सत्ता साझेदार दलका नेताहरुसँग छलफल अघि बढाउनु भएको छ । 

वैशाख १९ गते प्रदेशसभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिनेतर्फ गृहकार्य थालेको उहाँको सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकार अहिले चार सदस्यीय छ, जसमध्ये तीन मन्त्री बिनाविभागीय छन् ।

बिनाविभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन् । प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा आबद्ध ८ दल छन् ।

गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको संस्था थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने अवस्था रहेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफ्नो पार्टीले मन्त्रीहरूको नाम टुङ्ग्याएको जानकारी दिनुभयो । 

माओवादीबाट अहिले बिनाविभागीय मन्त्री रहेका धनबहादुर मास्कीलाई अर्थमन्त्री बनाउने तयारी छ भने रोल्पाबाट स्वतन्त्र रूपमा जितेर माओवादीमा प्रवेश गरेका दीपेन्द्र पुन र बाँकेबाट जितेकी कृष्ण केसी ९नमुना० माओवादीबाट मन्त्री बन्ने निश्चित छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि छिटै सरकार विस्तार हुने बताउनुभयो । 

मन्त्री पाण्डेयले भनेजस्तै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसभित्र दुई गुटबाट मन्त्रीका लागि आकांक्षी धेरै भएका कारण समस्या देखिएको छ । नेपाली कांग्रेसबाट अहिले प्रदेश उपसभापति राजु खनाल, पाल्पाका वीरबहादुर राना, रुपन्देहीका अब्दुल रज्जाक, प्रमुख सचेतक जन्मजय तिमिल्सिना, रुपन्देहीका बसिउद्दिन खाँ, बर्दियाका भुवनेश्वर चौधरी, पश्चिम नवलपरासीका बैजनाथ कलवारले मन्त्रीका लागि दाबी गरिरहेका छन् ।
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …