Pairabi logo

माघ १३, २०८२, सोमबार                    

खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन

डेक्स

डेक्स

खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन
ADVERTISEMENT

नेपालगञ्ज ।  पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरेको छ । थप १० मेगावाट उत्पादनको अन्तिम चरणमा पुगेको छ ।

सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिहीबार देखि परीक्षणका लागि जोडिँदैछ । पियोर ईनर्जी लिमिटेडले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको उक्त विद्युत् आज देखि परीक्षणका लागि जोडिन लागेको हो ।

३३ केभी विद्युत् कोहलपुर सवस्टेशनमा जोडिने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ । सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो । उक्त कम्पनीले सोलारबाट थप १० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । जसको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

तत्काललाई १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने पियोर ईनर्जी लिमिटेडका केन्द्रीय प्रमुख शुभम गुप्ताले जानकारी दिनुभयो  । अहिले तत्कालका लागि १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्को उहाँले उल्लेख गर्नुभयो ।  गुप्ताले ‘करिब हप्तापछि उक्त विद्युत् नियमित प्रसारण हुने र  त्यसको करिब दुई महिनापछि थप १० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको बताउनुभयो । 

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ–६, कोहलपुर–३, कोहलपुर– ४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भइ चटार हुँदै कोहलपुर सवस्टेसनसम्म परीक्षण गरिने ट्रान्समिटर सुपरभाइजर लिलाधर चापागाईले बताउनुभयो  । 
रनियापुरस्थित घिया गाउँमामा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् आजबाट  सुरु गरिने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताउनुभयो । 
गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उनको भनाइ छ । ‘अब गर्मी बढ्यो । यतिबेला अलि बढी विद्युत् चाहिन्छ,’ उनले भने, ‘आजबाट प्रारम्भिकरुपमा शुरु हुने विद्युतले केही सहयोग पुर्याउने छ ।’

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…