Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्छः महामन्त्री थापा

डेक्स

डेक्स

सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्छः महामन्त्री थापा
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको उद्देश्य सरकारमा जानेमात्र नभई सरकारमा गएर नतिजा दिनेगरी काम गर्नुपर्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै महामन्त्री थापाले पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अगाडि बढ्न नसके जनताको धैर्यता टुट्ने छ । त्यसैले नतिजा देखिने गरी काम गर्न आवश्यक भएको बताउनुभयो । 
 अबको पाँच महिनाभित्र परिणाम दिने दिशामा सरकार अघि बढ्न सक्नुपर्ने बताउदै महामन्त्री थापाले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई छुटको सुविधा नभएको भन्दै परिणाम नदिने मन्त्रीहरुलाई फिर्ता बोलाइने बताउनुभयो । 

उहाँलेगत चुनावमा बनेको गठबन्धन भत्केर पनि पुनः निर्माणका साथमा आएको उल्लेख गर्दै यसलाई पुरै कार्यकाल संसद चल्ने गरी गठबन्धनलाई मजबुद बनाउन पर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले २०८४ मा हुने निर्वाचनमा अब कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । निर्वाचन अघिको गठबन्धनले प्रजातन्त्रलाई विकृत बनाउने र नागरिकको छनौट अधिकारलाई साँघुरो बनाउने तर्क गर्दै उहाँले अबको निर्वाचनमा कांग्रेस एक्लै लड्ने गरी संगठित हुनुपर्ने उल्लेख गर्नुभयो।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको सम्मेलनमा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटालगायत, जिल्लाका पूर्व पार्टी सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेशकुमार गुप्ता लगायतले सम्बोधन गर्नुभएको थियो । 

सम्मेलनमा सभापति गौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, सचिव सुधांशु कोइरालाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष यज्ञबहादुर बस्नेतको आर्थिक प्रतिवेदन पारित गरिएको छ । त्यसक्रममा प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेलाई सम्मान समेत गरिएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…