Pairabi logo

असोज १७, २०८३, शनिबार                    

लुम्विनीमा प्रदेश सरकारको नेतृत्व माओवादीलाई नदिने निर्णय

डेक्स

डेक्स

लुम्विनीमा प्रदेश सरकारको नेतृत्व माओवादीलाई नदिने निर्णय
ADVERTISEMENT

नेपालगञ्ज । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको आज लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको नेतृत्वमा प्रदेश सरकार बनाउने निर्णय गरेको रुपन्देहीका सांसद वसिउद्दिन खांले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशसभामा २७ सांसद सहित कांग्रेस दोस्रो ठूलो दल हो । ‘केन्द्रमा बनेको सत्ता समीकरण अनुसार प्रदेश सरकारहरु पनि पुनर्गठन गर्न कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ’, खांले भन्नुभयो  ‘प्रदेश सभाको दोस्रो ठूलो दल भएकाले नेपाली कांग्रेसले नेतृत्व नछाड्ने कुरामा सबै माननीयको एक मत रहेको छ ।’

लुम्बिनीमा माओवादी केन्द्रले पनि सरकारको नेतृत्व दावी गरिरहेको छ । प्रदेश सभाका १० दलमध्ये माओवादी केन्द्र १० सांसदसहित तेस्रो दल हो ।
कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलको नेता दाङका डिल्ली चौधरी हुनुहुन्छ । 

अहिले एमाले नेता लिला गिरी नेतृत्वको सरकारमा माओवादी पनि छ । तर माओवादी संसदीय दलभित्र विवाद भएकाले बिहीबार संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने भनिएपनि त्यो विषयले बैठकमा प्रवेश नै नपाएपछि नयां सरकार गठन प्रक्रिया अन्योलमा छ ।

माओवादीबाट मन्त्री बनेकी कृष्णा केसी, सांसद धनबहादुर मास्कीसहितले दलको नेता जोखबहादुर महराले विधि पद्धति विपरीत मनोमानी गरेको भन्दै बहुमत सांसदहरु आफ्नो पक्षमा रहेको बताएका छन् ।

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…