Pairabi logo

असोज १३, २०८३, मंगलबार                    

नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

डेक्स

डेक्स

नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य
ADVERTISEMENT

नेपालगञ्ज । आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।

यो ओडिआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो। यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध यही मैदानमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो।

त्यसपछि लिग(२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो। 

युएईका आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे। ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बल खेलेर १०१ रनमा नटआउट रहे। 

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए। १३८ बल खेलेका उनले २ छक्का र ८ चौका प्रहार गर्दै शतक पुर्‍याउन ६ रनले चुके। 

सोमपाल कामीको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच हुनुअद्धि छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए।

यसअघि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए। ४९ बल खेलेका उनले सन्दीप लामिछानेको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि २ चौका र ६ छक्कासहित ६३ रन बनाए।

पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको युएईले १६।५ ओभरमा १०० रन पूरा गरेको थियो। 

३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको युएईले ४३ ओभरमा ५ विकेट गुमाएर २०० रन कटाएको थियो। अन्तिम ७ ओभरमा युएईले १ विकेट गुमाएर १०६ रन बनायो।

रोहन मुस्तफाले ३२ बलमा २० रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ३ चौका प्रहार गरे।

पूर्व कप्तान सिपी रिजवान ७ रनमा आउट हुँदा ओपनर आर्यन लक्रा ६ तथा आयन अफजाल खान ३ रनमा आउट भए। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। ललितनारायण राजबंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १(१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो। 

ताजा

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

लोकप्रिय

सबै

बाल सुधार गृहमा न्यायाधीशसंग संवाद : बालबालिकाको मुद्दामा अदालत संवेदनशील

बाँके ।बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद गौतमले बालबालिकासँग सम्बन्धित मुद्…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…