Pairabi logo

पुस २४, २०८२, बिहीबार                    

नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

डेक्स

डेक्स

नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य
ADVERTISEMENT

नेपालगञ्ज । आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।

यो ओडिआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो। यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध यही मैदानमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो।

त्यसपछि लिग(२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो। 

युएईका आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे। ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बल खेलेर १०१ रनमा नटआउट रहे। 

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए। १३८ बल खेलेका उनले २ छक्का र ८ चौका प्रहार गर्दै शतक पुर्‍याउन ६ रनले चुके। 

सोमपाल कामीको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच हुनुअद्धि छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए।

यसअघि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए। ४९ बल खेलेका उनले सन्दीप लामिछानेको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि २ चौका र ६ छक्कासहित ६३ रन बनाए।

पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको युएईले १६।५ ओभरमा १०० रन पूरा गरेको थियो। 

३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको युएईले ४३ ओभरमा ५ विकेट गुमाएर २०० रन कटाएको थियो। अन्तिम ७ ओभरमा युएईले १ विकेट गुमाएर १०६ रन बनायो।

रोहन मुस्तफाले ३२ बलमा २० रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ३ चौका प्रहार गरे।

पूर्व कप्तान सिपी रिजवान ७ रनमा आउट हुँदा ओपनर आर्यन लक्रा ६ तथा आयन अफजाल खान ३ रनमा आउट भए। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। ललितनारायण राजबंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १(१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो। 

ताजा

सबै

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

लोकप्रिय

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…