Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

घट्दै बैंकको ब्याज दर

डेक्स

डेक्स

घट्दै बैंकको ब्याज दर
ADVERTISEMENT

नेपालगञ्ज । वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ ।

सानिमा बैंकले आधारदरमा लिने गरेको अतिरिक्त प्रिमियममा २ प्रतिशतसम्म घटाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले यसअघि ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब ४ प्रतिशतभन्दा बढी नलिने गरी व्यवस्था गरिएको बताउनुभयो।

‘जुन खालको ऋणमा ६ प्रतिशत प्रिमियम थियो । त्यसमा २ प्रतिशत घटेको छ । ५ प्रतिशत भएकोमा १ प्रतिशत घटेको छ र ४।५ प्रतिशत प्रिमियम भएकोमा ०।५ प्रतिशतले घटेको छ’, उहाँले भन्नुभयो ।  

प्रिमियमसँगै ऋणको ब्याजदर पनि केही घटेको छ । अहिले सानिमा बैंकको आधारदर माघ मसान्तसम्मको तथ्यांकअनुसार १०।८५ प्रतिशतसम्म छ । यस आधारमा ४ प्रतिशत प्रिमियम थप्दा बैंकको अधिकतम ब्याजदर १४।८५ प्रतिशतसम्म हुन आउँछ ।

सिटिजन्स बैंकले पनि प्रिमियम घटाएको छ । बैंकका प्रवक्ता नारायण अधिकारीले प्रिमियम घटेको जानकारी दिनुभयो।

सिटिजन्सले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिँदै आएको थियो । उसको आधारदर ११।३९ प्रतिशत छ । उसले २ प्रतिशतसम्म प्रिमियम घटाएको जनाएको छ ।

त्यस्तै एभरेष्ट बैंकले १ प्रतिशत प्रिमियम घटाएको छ । उसले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिँदै आएको थियो । एभरेष्टको आधारदर ९।८६ प्रतिशत छ ।

बैंकहरुले प्रिमियम घटाएसँगै ब्याजदर पनि घट्ने संकेत दिएका छन् । प्रिमियम घटाएका बैंकहरुले ऋणीलाई ब्याजदर घटेको जानकारी दिनुभएको छ ।


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…