Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

टाढैबाट पार्टनरलाई चुम्बन गर्ने चीनको उपकरण

डेक्स

डेक्स

टाढैबाट पार्टनरलाई चुम्बन गर्ने चीनको उपकरण
ADVERTISEMENT


नेपालगञ्ज । एक अर्काबाट टाढा बस्न बाध्य अर्थात् लङ् डिस्ट्यान्स रिलनसिपमा रहने जोडीहरुका लागि चिनियाँ वैज्ञानिकहरुले एउटा अनौठो डिभाइस आविष्कार गरेका छन् ।

उक्त उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ । उक्त डिभाइसको सहयोगमा टाढा रहेका जोडीहरुले एक आपसमा चुम्बन गर्न सक्नेछन् । उक्त उपकरण निर्माताहरुका अनुसार टाढा रहेका जोडीहरुले सो ग्याजेटको मद्दतले जोडीहरुले वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन् ।

ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार उक्त चुम्बन उपकरणको ओठ सिलिकनबाट तयार गरिएको छ । त्यसमा सेन्सर पनि जडान गरिएको छ जसबाट चुम्बन गर्ने समयमा ओठमा वास्तविक चुम्बन गरेजस्तै अनुभूति हुनेछ । यो डिभाइसले ओठको दबाब, गति तथा तापमानको पनि अनुभूति गराउन सक्दछ ।

झांगझाउ भोकेसनल इन्स्टिच्यूट अफ मेक्ट्रोनिक टेक्नोलोजीका वैज्ञानिकहरुले उक्त डिभाइस तयार पारी पेटेन्ट दर्ता गरेका छन् । उक्त डिभाइस आविष्कार गर्ने वैज्ञानिक जियांग झोंगलीका अनुसार उनी आफ्नी प्रेमिकासँग लामो दूरीको सम्बन्धमा थिए र केवल फोनमा मात्रै सम्पर्क गर्दथे । त्यहीँ बाध्यताकाबीच उनलाई त्यो चुम्बन डिभाइस बनाउने प्रेरणा प्राप्त भयो ।

चिनिया इ कमर्श प्लाटफर्म ताओबाओमा उक्त उपकरणको मूल्य २ सय ८८ युआन राखिएको छ । तर एकैपटकमा २ वटा डिभाइस अर्डर गर्दा साढे ५ सय युआनमा पाइनेछ । कम्पनीले हरेक महिना १ सय भन्दा धेरै ती किसिङ डिभाइसहरु बिक्री गरिरहेको बताइएको छ ।

उक्त डिभाइस प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुले एक मोबाइल एप डाउनलोड गर्नुपर्दछ । त्यसपछि सो डिभाइसलाई फोनको चार्जिङ पोर्टमा जोड्नु पर्दछ । एपमा आफ्नो पार्टनरलाई पेयर गरेपछि भिडियो कल गर्न सकिन्छ र रिमोट किसिङ गर्न सकिन्छ ।

– एजेन्सीको सहयोगमा


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…