Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बुटवलको लम्साल पेट्रोल पम्प सिल

डेक्स

डेक्स

बुटवलको लम्साल पेट्रोल पम्प सिल
ADVERTISEMENT

नेपालगञ्ज ।  जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल–१२ स्थित लम्साल आयल सप्लायर्समा समितिले सिल गरेको हो ।
प्रत्येक ५ लिटरमा १५ एमएल कम वा बढीमा ३० एमएलसम्म बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड छ । तर उक्त पेट्रोल पम्पले ६५ एमएलसम्म बढी बिक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर बिक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने ऐनमा व्यवस्था छ ।

‘यदि कसैले नियतबस पेट्रोलियम पदार्थ बिक्री गर्दा घटीबढी गरेर बिक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ’, उहाँले भन्नुभयो, ‘लम्साल पेट्रोल पम्पको नियत के हो रु हामीले अनुसन्धान गर्छौं र आवश्यक कारबाही हुन्छ ।’

अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको बताउनुभयो । तीन दिनभित्र सञ्चालक पशुपति लम्साललाई गुणस्तर तथा नापतौल कार्यालय बुटवलमा उपस्थित हुन अल्टिमेट दिइएको उहाँले बताउनुभयो । 

अनुगमन टोली आउने सूचना पाएपछि सञ्चालकले कम बिक्री गरिरहेको मात्रालाई मिलाउँदा बढी बिक्री गरेको देखाउन यस्तो प्रयास गरेको हुन सक्ने आशंका समितिको छ ।

‘पाँच लिटरमा ६५ एमएलसम्म बढी तेल उपभोक्तालाई सित्तैमा कसैले दिँदैन, पक्कै पनि अनुगमन समितिलाई छल्न यस्तो गरिएको हुनुपर्छ’, अर्यालले भन्नुभया् । , ‘अनुसन्धानको क्रममा केही तथ्य खुल्ला, यदि मेसिन नै बिग्रिएको हो भने प्रक्रिया पूरा गरेर मेसिन बनाएपछि पम्प सञ्चालनका लागि अनुमति दिन्छौं ।’

अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्ट्रिब्युटर्स, लुम्बिनी डिजल सेन्टर र एसके डिजल सेन्टरमा अनुगमन गरेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…