Pairabi logo

असोज ०७, २०८३, बुधबार                    

बुटवलको लम्साल पेट्रोल पम्प सिल

डेक्स

डेक्स

बुटवलको लम्साल पेट्रोल पम्प सिल
ADVERTISEMENT

नेपालगञ्ज ।  जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको लम्साल आयल सप्लायर्स पेट्रोल पम्प सिल गरेको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत इन्धन बिक्री गरेको पाइएपछि बुटवल–१२ स्थित लम्साल आयल सप्लायर्समा समितिले सिल गरेको हो ।
प्रत्येक ५ लिटरमा १५ एमएल कम वा बढीमा ३० एमएलसम्म बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड छ । तर उक्त पेट्रोल पम्पले ६५ एमएलसम्म बढी बिक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी पेट्रोलियम पदार्थ कम र बढी गराएर बिक्री गर्ने पम्पलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने ऐनमा व्यवस्था छ ।

‘यदि कसैले नियतबस पेट्रोलियम पदार्थ बिक्री गर्दा घटीबढी गरेर बिक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ’, उहाँले भन्नुभयो, ‘लम्साल पेट्रोल पम्पको नियत के हो रु हामीले अनुसन्धान गर्छौं र आवश्यक कारबाही हुन्छ ।’

अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा ४ वटा पेट्रोल पम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लार्यमा कैफियत देखिएको बताउनुभयो । तीन दिनभित्र सञ्चालक पशुपति लम्साललाई गुणस्तर तथा नापतौल कार्यालय बुटवलमा उपस्थित हुन अल्टिमेट दिइएको उहाँले बताउनुभयो । 

अनुगमन टोली आउने सूचना पाएपछि सञ्चालकले कम बिक्री गरिरहेको मात्रालाई मिलाउँदा बढी बिक्री गरेको देखाउन यस्तो प्रयास गरेको हुन सक्ने आशंका समितिको छ ।

‘पाँच लिटरमा ६५ एमएलसम्म बढी तेल उपभोक्तालाई सित्तैमा कसैले दिँदैन, पक्कै पनि अनुगमन समितिलाई छल्न यस्तो गरिएको हुनुपर्छ’, अर्यालले भन्नुभया् । , ‘अनुसन्धानको क्रममा केही तथ्य खुल्ला, यदि मेसिन नै बिग्रिएको हो भने प्रक्रिया पूरा गरेर मेसिन बनाएपछि पम्प सञ्चालनका लागि अनुमति दिन्छौं ।’

अनुगमन समितिले बुटवलको लम्साल आयलसँगै जिल्लाको सैनामैनामा रहेको भुसाल डिजल्स, गैरे टायर्स एण्ड ओइल डिस्ट्रिब्युटर्स, लुम्बिनी डिजल सेन्टर र एसके डिजल सेन्टरमा अनुगमन गरेको थियो ।

ताजा

सबै

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…

राजापुरमा मानव बेचबिखन रोकथाम तथा सीमापार समन्वय संयन्त्रसम्बन्धी तालिम

बर्दिया, असोज ६ । मानव बेचबिखन, लागुऔषध दुव्र्यसन रोकथाम तथा सीमापार समन्वय संयन्त्रस…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

यो पनि

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…