Pairabi logo

माघ १३, २०८२, सोमबार                    

रेसुङ्गा विमानस्थलमा जहाजको उडान अनिश्चित

डेक्स

डेक्स

रेसुङ्गा विमानस्थलमा जहाजको उडान अनिश्चित
ADVERTISEMENT

नेपालगञ्ज । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भनिए पनि नेपाल वायुसेवा निगमको जहाजको उडान अनिश्चित बनेको छ । फागुन १७ पछि नियमित उडान गर्ने बताइए पनि अहिलेसम्म नियमित उडान हुन सकेको छैन ।

रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबिच हप्तामा एक दिन उडान गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतापछि उत्साहित बनेका जिल्लावासी अझै उडानको टुङ्गो नभएपछि स्थानीय निराश बनेका छन् ।

नगरपालिका र नेपाल एयरलाइन्सबिच प्रति उडान÷अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुङ्गा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने सम्झौता भएको थियो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार बक्यौता नतिरेसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ उडान तालिका स्वीकृत नगरेकाले वायुसेवा कम्पनीहरूले नयाँ गन्तव्यमा उडानको स्वीकृति नपाएका हुन् । उहाँले  गुल्मीमा मात्रै होइन, अरू ठाउँमा पनि समस्या देखिएको बताउनुभयो ।

नेपाल एयर लाइसेन्सले बक्यौता रकम छिटै तिर्ने र नियमित उडान सुरु हुनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ ।

रेसुङ्गा विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । नेपाल एयरलाइन्सले पहिलो पटक गत बुधबार परीक्षण उडान गर्ने मिति तय गरेको थियो । विमानस्थलमा प्रविधियुक्त सामग्री जडान गर्न समय लागेको भन्दै शुक्रबारका लागि मिति सारिएको थियो ।

नगरपालिका र निगमबिच सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले ‘हामीले गर्ने सबै काम गरेको र  निगमको आन्तरिक तयारी नपुगेकाले उडान नभएको बताउनुभयो । 

निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कँदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थात् १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रति उडान अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुङ्गा नगरपालिकाले गरेको हो । जिम्मेवारी अनुसार यात्री संख्या नपुगे त्यसबापत रकम नगरपालिकाले व्यहोर्ने जनाइएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…