Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

रेसुङ्गा विमानस्थलमा जहाजको उडान अनिश्चित

डेक्स

डेक्स

रेसुङ्गा विमानस्थलमा जहाजको उडान अनिश्चित
ADVERTISEMENT

नेपालगञ्ज । गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने भनिए पनि नेपाल वायुसेवा निगमको जहाजको उडान अनिश्चित बनेको छ । फागुन १७ पछि नियमित उडान गर्ने बताइए पनि अहिलेसम्म नियमित उडान हुन सकेको छैन ।

रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबिच हप्तामा एक दिन उडान गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतापछि उत्साहित बनेका जिल्लावासी अझै उडानको टुङ्गो नभएपछि स्थानीय निराश बनेका छन् ।

नगरपालिका र नेपाल एयरलाइन्सबिच प्रति उडान÷अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुङ्गा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने सम्झौता भएको थियो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार बक्यौता नतिरेसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ उडान तालिका स्वीकृत नगरेकाले वायुसेवा कम्पनीहरूले नयाँ गन्तव्यमा उडानको स्वीकृति नपाएका हुन् । उहाँले  गुल्मीमा मात्रै होइन, अरू ठाउँमा पनि समस्या देखिएको बताउनुभयो ।

नेपाल एयर लाइसेन्सले बक्यौता रकम छिटै तिर्ने र नियमित उडान सुरु हुनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ ।

रेसुङ्गा विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । नेपाल एयरलाइन्सले पहिलो पटक गत बुधबार परीक्षण उडान गर्ने मिति तय गरेको थियो । विमानस्थलमा प्रविधियुक्त सामग्री जडान गर्न समय लागेको भन्दै शुक्रबारका लागि मिति सारिएको थियो ।

नगरपालिका र निगमबिच सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँले ‘हामीले गर्ने सबै काम गरेको र  निगमको आन्तरिक तयारी नपुगेकाले उडान नभएको बताउनुभयो । 

निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कँदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थात् १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रति उडान अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुङ्गा नगरपालिकाले गरेको हो । जिम्मेवारी अनुसार यात्री संख्या नपुगे त्यसबापत रकम नगरपालिकाले व्यहोर्ने जनाइएको छ । 

ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

यो पनि

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

समाजसेवी शकिल जसगढद्धारा दुई लाख एघार हजार सहयोग

नेपालगन्ज १३ भदौ । नेपालगन्जका प्रसिद्ध व्यवसायी वरिष्ठ समाजसेवी नेपाल ज्वेलर्सका सञ्चाल…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…