Pairabi logo

असोज ०४, २०८३, आइतबार                    

नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

डेक्स

डेक्स

नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या
ADVERTISEMENT

अल्का  मिश्र

नेपालगन्ज १८ फागुन । पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ ।  

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भीडभाड हुने बजारका विभिन्न चोक तथा सार्वजनिक स्थानमा सार्वजनिक शौचालय नहुँदा सबैले सास्ती खेप्दै आएका छन् । हाल भएका सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन । 

नेपालगञ्ज धम्बोझी चोक नजिकै कृषि विकास बैंकको छेउमा सार्वजनिक शौचालय देखेर बाँकेको डुडुवा गाउँपलिका–४ का भोला गुप्ताले रिक्सा रोक्नुभयो । तर शौचालय बन्द देखेपछि उहाँ फर्किनुभयो । अरु पनि यसैगरी आउने र फर्किने गरेका स्थानीय वासुदेव पन्तले बताउनुभयो ।  

स्वचालित शौचालयमा आफँै सफा हुने प्रविधि जडान गरिएको छ । विजुली नभए पनि सोलारबाट चल्ने र प्रविधिमा समस्या आए व्यक्ति आफैले सफाइ गर्न सक्थे । महिला र पुरुष गरी आठ कोठाको शौचालय सञ्चालनको छ महिना नपुग्दै अस्तव्यस्त बनेको छ । सार्वजनिक शौचालय नहुँदा खाजा नास्ताको बहानामा होटेल रेष्टुराँ धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज आउनुभएका दाङका कुमार डिसी बताउनुहुन्छ । 
 
धम्बोझी चोकमा करिब तीन वर्षअघि सञ्चालनमा आएको स्वचालित शौचालय केही समयमै प्रयोगविहीन भएको छ । “लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ”, नेपालगञ्ज उमहानगरपालिकाका वातावरण विभागका इन्जिनियर प्रकाश डिसीले भन्नुभयो, “शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।”

स्वचालित शौचालयमा समय समयमा समस्या आउने गरेको छ । समस्या समाधानका लागि दक्ष प्राविधिकको अभाव छ । त्यसैले शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाले एशियाली विकास बैंक ९एडीबी०को सहयोगमा रु ५९ लाखमा चार घुम्ती शौचालय २०७५ सालमा ल्याएको हो । नेपालगञ्जका मुख्य चोक तथा बजार साघुरिएकाले स्थान अभावका कारण घुम्ती शौचालयको व्यवस्थापन गर्न सकिएको छैन । उहाँले भन्नुभयो, “हामीले नगरका विभिन्न स्थानमा घुम्ती शौचालय राख्यो, त्यसपछि स्थानीयद्वारा नै विरोध भएपछि त्यसलाई अहिले थन्काएका छौँ, मुख्य समस्या अहिले स्थानको छ ।” 

नेपालगञ्ज बजारमा भेरी अस्पताल, जिल्ला सहकारी सङ्घ, नगरभवन, रानीतलाउ तरकारी मण्डी, महेन्द्रपार्क, बागेश्वरी मन्दिरलगायतका ठाउँमा गरी करिब एक दर्जन बढी सार्वजनिक शौचालय रहेका छन् तर तीमध्ये अधिकांश शौचालय व्यवस्थापनको अभावमा प्रयोगविहीन छन् । नेपालगञ्जको मुख्य चोक सुर्खेतरोड र घरबारीटोल तथा खजुरारोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुने गरेको छ ।
 
ताजा

सबै

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

लोकप्रिय

सबै

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल

बर्दिया, असोज २ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र ग…

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

यो पनि

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

साहसी र कर्मशील अधिकृत लक्ष्मीकान्त मिश्राको बढैयाताल गाउँपालिकामा सरुवा

​बाँके २ असोज । बाँके नरैनापुर गाउँपालिकामा एक दशकभन्दा बढी समय निष्ठापूर्वक सेवा …

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…